खिमराज चालिसे
वाहुनको छोरो हु तर पिल्सीएको मान्छे हु ।
संस्कारको आडम्बरले पिल्सीएको मान्छे हुँ ।।
उच्च जाति भएकैले कुल्चिएको मान्छे हुँ ।
र भोकोपेट पाल्न प्रदेश पसेको मान्छे हुँ ।।
सानैमा जातिगत विभेद देखेको मान्छे हुँ ।
दलीत हेप्ने संरचनामा हुर्केको मान्छे हुँ ।।
त्यसैले जातिय र धार्मिक अहंकार मान्दैन ।
जातपातको झुटो आडम्बर मान्दै मान्दैन ।।
न त मन्दिर मस्जिदको मुर्तीमा शिरजान्छ ।
नत ढोंगीहरु कै पक्षमा मेरो मन जान्छ ।।
मलाई अंधविश्वास को संस्कार मान्न पर्दैन ।
कृतन, भजनको स्वाद पनि लिन पर्दैन ।।
किनकी मैले गन्हाउने जाड खादै खाँदैन ।
जुवातास खोल्ने जुवाडीको माझ मैं जाँदैन।।
न कुनै चेलीप्रति नै गिद्धे दृष्टि राख्ने मान्छे ।
न ऋणमा पिल्सीएकालाइ दवाउने मान्छे ।।
परोपकारलाई धर्म मान्ने हाम्रो संस्कार ।
दिन दुःखीको सहयोग गर्ने हाम्रो संस्कार ।।
दुःखीका वस्ती गल्ली पुग्न सिकाउने संस्था छ ।
अन्यायका विरुद्ध वोल्न सिकाउने संस्था छ ।।
न तो मलाई दुखीलाइ सताउन मन छ ।
न जातपात, धर्ममा रमाउन मेरो मन छ ।।
ब्रामणवादी संस्कार विरुद्ध नै उठदै छु ।
सामाजिक विभेद विरुद्ध रणमा जुटदै छु ।।
तिरस्कार दलितका सम्मानका आवाज वन्दै ।
महिला मुक्ति आन्दोलनको एक स्वर वन्दै ।।
एकतामा गोलवन्द गर्दै वस्ती जगाउँदै ।
कुसंस्कार विरुद्ध गर्विलो यात्रामा डोर्याउँदै ।।
दुःखीका वस्ती विगुल फुक्दै जाग अव भन्दै ।
पिडितमा जोस भर्न सकौ मूल प्रवाह भन्दै ।।
अन्याय विरुद्ध जनचेतना जाग्दै जाÞओस ।
मेरो रक्त कणकणमा क्रान्ति जोस आओस ।।
टाउकाले टेकेको संरचना खुट्टा फर्काउँदै ।
हुन्छ छिट्टै परिवर्तन संरचना सर्काउँदै ।।
यो रातों झण्डा गर्विलो नभमा झुलिरहोस ।
क्रान्ति पथमा हाम्रो जीवन समर्पित रहोस् ।।