हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समितिको आयोजनामा खुला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । १५ अगस्तका दिन उद्घाटन गरिएको सो खेल १६ अगस्तका दिन समापन गरिएको थियो ।
खिम बहादुर विकको सञ्चालन, सुर्य बहादुर पुनको अध्यक्षता तथा झलक पुनको स्वागत मन्तव्यबाट अगाडि बढेको उक्त प्रतियोगिताको उद्द्घाटन मूल प्रवाह का केन्द्रीय सदस्य रामप्रसाद आचार्यले गर्नु भएको थियो । उक्त प्रतियोगितामा १० टिमहरुले भाग लिएका थिय ।
उक्त खेलमा कडा प्रतिस्पर्धाका बाबजुद शापुरनगर प्रथम र टाड्बन्द सेकेन्दराबादले द्वितीय स्थान प्राप्त गर्न सफल भएका थिए । बिजयी टिमका खेलाडीहरुलाई क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलद्वारा पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
भिवाडी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवाडीको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रमको सञ्चालक काशिराम पार्धेले र अध्यक्षता अर्जुन नेपालीले गर्नु भएको थियो । उपस्त्थित खेलाडी तथा दर्शकहरुलाई रामकुुमार बस्नेतले स्वागत गर्नुभएको थियो ।
प्रमुख अतिथिमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य नारायण शर्मा, बाबुराम बस्नेत, क्षेत्रीय सदस्य राम बहादुर थापा, बसन्त श्रेष्ठ, भिवाडी नगर अध्यक्ष काजीराम श्रेष्ठ रहनु भएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि नारायण शर्माले खेलकुद कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । उक्त खेलमा ९ वटा टिमहरुको सहभागीता रहेका थिए । अत्यन्त कडा प्रतिस्पर्धा र अनुशासित रुपमा सम्पन्न भएको उक्त खेलमा पटौदि टिम प्रथम, नाङ्गलिया भिवाडी टिम द्वितीय र यु.आ. टि टिम तृतीय हुन सफल भएको थियो ।
प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमश: नारायण शर्मा, बाबुराम बस्नेत र राम बहादुर थापाद्वारा पुरस्कृत गरिएको थियो । उत्कृष्ट खेलाडीमा पटौदि टिमबाट बल बहादुर चुनिनु भएको थियो भने उत्कृष्ट रेफ्रीमा बुद्ध थापा चुनिनु भएको थियो । उहाँहरुलाई क्रमश: क्षेत्रीय सदस्य बसन्त श्रेष्ठ र राम प्रसाद घिमिरेले पुरस्कार हस्तान्तरण गर्नु भएको थियो ।