गोविन्दप्रसाद आचार्य
–१–
सहन्छ कसले यो देशलाई खोसेर लैदिँदा ।
दुख्छनी मन पाकेको फल कौवाले खाइदिँदा ।
गुराँसले एैया भनेको सुन्दा मन कस्को रहन्न र ?
स्वतन्त्र देश भुत्ल्याउँदा मन कसकोपो रुन्नर?
दुष्टका नजर हिमालमा परे पानीकामूलमा ।
हात्तीकाजत्थाभत्काउँदै पसे स्वतन्त्र बस्तीमा ।
वर्गीय युद्ध भुतुक्कपार्ने जाली खेल रच्दैछन् ।
मौरीले चुस्ने फूलको रस झिँगाले चुस्दैछन्।
होसियार बन गाउँ,शहर, बस्ती फुटेर हुँदैन।
पुन्पुरो समाई दुःखकाआँसु झारेर हुँदैन।
पसिना रगतताजै छ सुस्ता र कालापानीमा।
पछाडि हामी हट्दैनाँै रगत छ नालापानीमा।
मन खोलीबोल नेपाली टिस्टाको जमिनहाम्रै हो।
नबिर्स हिम्मत नेपालीकमाउ गढवाल गएकै हो।
सामन्ती सत्ताझुकेर पुर्खाको रगतखाकै हो ।
विस्तारवादको हैकमले देशको सीमाखाकै हो ।
सुगौली सन्धिच्यातेर काटेको भूगोल जोड्ने हो।
पुर्खाको रगत साइनोमा नेपालीनाताजोड्ने हो ।
आइलाग्नेसँग पछाडि हटेर अब हँुदैन।
सिङ्गोलाईआधा टुक्रापारेर बस्न हुँदैन ।