तिजि गित : प्रबासी आवाज

आदरणीय दिदी र बैनी
बरिलै प्रबासका दाजुभाइ
बर्ष दिनको तिज र आयो
बरिलै स्वागत छ सबैलाई

सुन्नुहोला दिदी र बैनी
बरिलै सुनाउछु ब्यथा लाई
देशमा रोजगार नहुदाखेरी
बरिलै दुख भो युबालाइ

शासन गर्ने शासक हरुले
बरिलै ध्यान कहिल्यै दिएनन
समृद्धि र शुशासन गरने
बरिलै नीति नै लिएनन

यिनको नीति जोगाउने भ्रस्टाचार
बरिलै जनता लाई अत्याचार
कुरा मात्र गरेर जनता लाई
बरिलै गर्दछन ब्यभिचार

देशमा रोजगार नपाउदाखेरी
बरिलै मुग्लान पसेको
तिज र तिहार चाडबाड आउँदा
बरिलै गाउँ सम्झी बसेको

गाउँघरको आउँदा सम्झना
बरिलै मन रुन्छ धरधरी
जहाँ भएनी जुन देशमा गएनी
बरिलै हुँदैन केहिगरि

कहिलेसम्म बिदेश बस्नेहो
बरिलै अपमान सहेर
अधिकार ल्याउनु छ हामीले
बरिलै सङठित भएर

भारतमा मूल प्रवाह अगाडि
बरिलै सामाजिक काममा
आस र बिस्वास सबैले गरेका
बरिलै यसकै नाममा

आपत बिपत अप्ठ्यारो घडीमा
बरिलै सहायता दिएर
फराकिलो निस्वार्थी बाटोमा
बरिलै सबैलाई लिएर

आह्वान गर्दै भारत भरिएका
बरिलै प्रवासी नेपाली
अघि बढौ आफ्नो हक लिनलाइ
बरिलै एक्जुट भै यसपालि

प्रवासमा आपत पर्दामा
बरिलै ओत लाउने ठाउँ हाम्रो
यहि हो संगत यहि हो समाज
बरिलै यहि हो नि गाउँ हाम्रो

दुख सुख साटासाट गरने
बरिलै सामाजिक भावना
जागृत गराइ सुतेका जनतालाई
बरिलाइ हिडाउने काममा

लागौं हामी जिम्मेवार भएर
बरिलै समाज बदल्न
उत्साह र सक्रिय भएर
बरिलै सकिन्छ छिचोल्न

यात्रा हाम्रो लामो छ साथी हो
बरिलै हुँदैन बसेर
गन्तव्यमा पुगिन्छ एकदिन
बरिलै कम्मरै कसेर

सचेत बनौं पन्छ्याउन जन्जिर
बरिलै अगाडि लागेर
अधिकार लडेर ल्याउनुछ
बरिलै पाइदैन मागेर

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार