चेन्नईमा मनाइयो अन्तर्राष्ट्रिय मजदुर दिवस

चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, चेन्नई अन्तर्गत चरवाटै नगर समितिको संयुक्त आयोजनामा १३७औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको मनाइएको छ ।

कार्यक्रमको अध्यक्षता किशोर पौडेलले र सञ्चालन लोकेन्द्र पौडेलले गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरूलाई सूर्य प्रसाद भुषालले स्वागत गर्नभएको थियो । केन्द्रीय समिति सदस्य तथा दक्षिण भारत क्षेत्रीय अध्यक्ष चन्द्र बहादुर थापाको प्रमुख आतिथ्यता हरेको थियो ।
त्यस्तै केन्द्रीय सदस्य कासीराम शर्मा, क्षेत्रीय समितिका बुद्धिराम पौडेल, क्षेत्रीय सदस्यहरू खगराज शर्मा, नेत्र लाल शर्मा, महिला विभागकी चन्द्रीका पौडेल, राजमो दाङ जिल्ला लमही नगर सदस्य नारायण पौडेल, राजमो स्वर्गद्वारी नगर समितिका कोषाध्यक्ष शिव पन्थी, रक्तिम अभियानका दल बहादुर विक, शसि थापा, दिल बहादुर जिएम, प्रकाश नेपाली लगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार