लाडरुम्बाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लाडरुम्बाई नगर समिति अन्तर्गत सात किलो माफालामा पूर्वोत्तर क्षेत्रीय समितिका सदस्य तथा लाडरम्बाई नगर समितिका अध्यक्ष मोहन ठकुरीको विषेश उपस्थीतिमा एरिया समिति भेला सम्पन्न भएको छ । सो भेलाले सात किलो माफला एरिया समिति गठन गरेको छ ।
भेलामा मूल प्रवाहको आठौं अखिल भारत सम्मेलन लगाएतका विभिन्न समसामयिक विषयहरुमा व्यापक छलफल गरिएको थियो । तत्पश्चात विक्रम राईको अध्यक्षतामा ११ पुर्ण र ३ सल्लाहकार गरि १४ सदस्यीय एरिया समिति निर्माण गरिएको हो ।
जस्मा : उपाध्यक्ष– धन बहादुर चौहान, सचिव– इन्द्र श्रेष्ठ, सहसचिव– कविता राई, कोषाध्यक्ष– कृष्ण राई, सदस्यहरूमाः विशाल राई, रामकुमार श्रेष्ठ, देवकुमार भुजेल, सल्लाहकारमाः गेजरमान आले, गोविन्द कोइराला र मोहन ठकुरी रहनुभएको छ ।
नवनिर्वाचित समितिको नामावली नगर अध्यक्ष एंव क्षेत्रीय सदस्य मोहन ठकुरीले घोषणा गर्नुभएको थियो । त्यसैगरि क्षेत्रीय सदस्य तथा लाउरम्बाई नगर उपाध्यक्ष हरि केसीले नवगठित एरिया समितिको कार्यकाल सफलताको बधाई एंव शुभकामना दिनु भएको थियो ।
कार्यक्रम गेजरमान आलेको अध्यक्षतामा तथा हरि केसीको सञ्चालनमा सम्पन्न भएको थियो भने गोविन्द कोइरालाले स्वागत मन्तव्य दिनुभएको थियो ।