ओडिशा रेल दूर्घटनामा एकजना नेपाली भाषी घाइते र ११ जनां नेपाली शकुल, मर्नेहरुको संख्या ३०५ पुग्यो (अपडेट)

नयाँ दिल्ली । भारतको ओडिशा राज्यमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या बढिरहेको छ। पछिल्लो अपडेट अनुसार मृतकको संख्या कम्तीमा तीन सय पाँच (305) जना पुगेको बीबीसीले जनाएको छ। जहाँ घाइतेहरुको संख्या करिब ११ सय पुगेको बताइएको छ । मर्नेहरुको संख्या अझै बढ्न सक्ने विविसिले बताएको छ ।

ओडिशा रेल दूर्घटनामा १२ जना नेपाली एवं नेपाली भाषीहरु परेको जानकारी हुन आएको छ । हामीले तेज बहादुर श्रेष्ठ (जो घटनामा परेका थिए) लाई फोन सम्पर्क गरि गरि अवस्थाको जानकारी लिएका थियौं । वहाँले दिनुभएको जानकारी अनुसार उनकी श्रीमती किस्मिता श्रेष्ठ वर्ष ३३, दूर्घटनामा चोट लागेको र हाल वहाँको विशोखापटनम्मा उपचार भइरहेको छ । श्रेष्ठको अनुसार आफूहरु सहित दुई छोरीहरु पनि सोही रेलमा यात्रा गरेका थिए तर, रेलवेले जारि गरेको विबरणमा उनीहरुको नाम उल्लेख छैन । श्रेष्ठ परिवार आसाम गोलाघाट निवासी हुन् ।

त्यस्तै घटनामा निमीया अधिकारी, एस दास अधिकारी, ए. अधिकारी, जे. अधिकारी, चिनमायाँ साहु, सन्तोष जेना, तेन्जिङ सि काजी, तेन्जिङसिरिङ वाई काजी पनि परेको उल्लेख छ । हामीले वहाँहरुलाई फोन सम्पर्क मार्फ जानकारी लिंदा वहाँहरु स-कुशल आ-आफ्नो गन्तव्य स्थानमा पुगिसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार