ओडिशाको रेल दूर्घटनामा तीन जना नेपालीको मृत्यू, एक घाइते

नयाँ दिल्ली । भारतको ओडिशा राज्यमा भएको रेल दुर्घटनामा तीनजना नेपालीले ज्यान गुमाएका छन् । पछिल्लो अपडेट अनुसार तीनजनाले ज्यान गुमाएको र एक जना गम्भिर घाइते रहेको जानकारी हुन आएको छ ।

छिपहरमाई गाउँपालिका ६, विसुवा पर्सा जिल्ला निवासी प्रहलाद पासवानका २० वर्षीय छोरा अमरजित कुमार पासवानको भुवनेश्वरको एम्स अस्पातलमा निधन भएको छ । मृतकका दाजु दिपक पासवाल घटनाको जानकारी पाए पछि चेन्नईको त्रियावाकुक्मबाट भूवनेश्वर पुगेका छन् । अन्य दुईजनाको विबरण आउन बाँकि छ ।

मृतकअमरजित कुमार पासवान

सोही रेल दुर्घटनामा परि एकै गाउँका रामानन्द पासवान घाइते भई कटको एससिबी मेडिकल कलेजमा स्वास्थ्य लाभ लिइरहेका छन् । उनको खुट्टामा मल्टिपल फ्याक्चरहरु भएता पनि सुधारको क्रममा रहेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पूर्वी भारत क्षेत्रीय समितिका अध्यक्ष हेमकुमार थापा स्वयं अस्पतालमा पुगि हामीलाई जानकारी दिनुभएको छ ।

मृतक अमृत पासवानप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । घाइते रामानन्द पासवानको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

घाइते रामानन्द पासवान

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार