कोरोमण्डल रेल दूर्घटनामा ज्यान गुमाएका अमरजितको शव नेपाल पठाइयो

भूवनेश्वर, ८ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको पहलमा कोरोमंडल एक्स्प्रेसको दुर्घटनामा ज्यान गुमाएका अमरजित कुमार पासवानको शव नेपाल पठाइएको छ । उनी छिपरमायी, गाउँपालीका लंगडी पर्सा निबासी परहलाद पावसनका कान्छा छोरा हुन् ।

त्यस्तै संगठन कै पहलमा मृतकका घर परिवारले पाउनु पर्ने क्षतिपूर्ति वापतको रकम समेत दिलाइएको छ । मृतकका परिवारले पाउनु पर्ने क्षतिपूर्तिका लागि धेरै नै संघर्ष गर्नु परेको थियो । उनीहरुको पासवान थरका कारण पनि समस्या परेको हामीलाई गिरीराज परिवारले जानकारी दिनु भयो ।

गिरीराज परिवारले आफ्नो स्थानीय प्रमाण पत्र पेश गरे पश्चात मात्रै मृतकका परिवारले पाउनु पर्ने क्षतिपूर्तिको आर्थिक रु. १० लाखको चेक आमा विन्दा देवीको नाममा प्राप्त भएको थियो । उक्त चेक मृतकका दाजु दिपाक पासवानलाई हस्तान्तरण गरिएको छ ।

केशलाई समाधानका लागि मूल प्रवाहका केन्द्रीय सदस्य गिरीराज परिवारलाई पत्रकार कृष्ण पोखरेलको पनि सराहनीय सहयोग रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार