भोपाल शिवाजी एरिया समिति पुनर्गठन

  • कृष्ण पचभैया

भोपाल, २१ अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भोपाल अन्तर्गत शिवाजी एरिया समिति पुनर्गठन गरिएको छ।

केन्द्रीय सदस्य ताल बहादुर खड्का एवं मध्य भारत क्षेत्रीय समिति सचिव नारायण सापकोटाको विशेष उपस्थिति रहेको भेलाले शिवाजी नगर एरिया समिति पुनर्गठन गरिएको छ । उक्त भेलाद्वारा ७ पूर्ण सदस्य, १ बैकल्पिक सदस्य, २ सल्लाहकार र एक स्थान बैकल्पिक सदस्यको रिक्त स्थान गरि ११ सदस्यीय समिति गठन गरेको छ ।

यस एरिया समितिमा अध्यक्ष्य राज रुचाल, उपाध्यक्ष्य नरेश थापा, सचिव हेमन्त विष्ट, कोषाध्यक्ष्य चित्र बहादुर केसी, सह–सचिव नारायण सोनी, सदस्यहरुमाः राम सुनार, मन बहादुर बिक, बैकल्पिक सदस्यमाः सुमन घर्ति, सल्लाहकारहरुमाः मनोज थापा, रमा रुचाल रहनुभएको छ ।

उक्त पुनर्गठित समितिलाई केन्द्रीय समिति सदस्य तालबहादुर खड्का, क्षेत्रीय समिति सचिव नारायण सापकोटा शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार