- विष्णु शर्मा (पाण्डेचेरी)
मानव त उनीहरु पनि थिए
हामी पनि थियौ।
देशको नागरिक उनीहरु पनि थिए
हामी पनि थियौ।।
जीबनको अन्त हाम्रो पनि भयो
उनीहरुको पनि भयो।
भबिस्यका सपना
सबैका चक्नाचुर भएर गयो।।
आफन्त टुहुरा हाम्रा पनि भए
उनीहरुका पनि भए।
भबिस्यका सहारा हाम्रा पनि गए
उनीहरुका पनि गए।।
घरमा सन्नाटा हामीहरुको पनि छायो
उनीहरुको पनि छायो।
तर सरकारबाट पाउनुपर्ने सम्मानमा
बिभेदको गन्ध आयो।।
हामीमा फरक त यत्ति थियो
उनीहरु जहाजमा उडेका थिए।
हामी सबैजना
बसमा गुडेका थियौ।।
उनीहरुले धेरै पैशा तिरेका थिए
हामीले थोरै तिरेका थियौ।
हामी दुबै पक्षहरु
दुर्घटनाले नै मरेका थियौ।।
तर सरकारले उनीहरुको लागि
केही मन फुकायो।
उनीहरुको सम्मानमा श्रद्धाञ्जली सहित
दिनभर आधा झण्डा झुकायो।।
श्रद्धाञ्जली छोडौ हाम्रो आफन्तले
हाम्रो लास सम्म पाएन।
हामीलाइ खोज्न उच्चस्थरिय
बिज्ञ टोली आएन।।
हामी कुहिएर गनाउन
बाध्य भयौ।
सरकारको मुल्यांकनमा हामी
किरा फट्याङ्रा सरह रयौ।।
सकेसम्म भोलीका दिनमा
यस्ता घटना दोहोरिनु हुन्न
मृत्यु कसैको पनि पृय हुदैन
सरकारबाट बिभेद गरिनु हुन्न।।
हामी त गयौं यो संसारबाट
भएकाले आवाज उठाउनु पर्छ।
हामी सबै देशका नागरिक हौ
समानताको पक्षमा जनता जुटाउनु पर्छ।।
।समाप्त।