जनवादी स्रष्टा विशाल दर्लामीको “उ नदी”

हालै आश्रम म्यूजिक युट्युव च्यानलबाट “उ नदीको” बोल रहेको गीत सार्वजनिक भएको छ । यो गीतको रचनाकार विशाल दर्लामी हुन भने । यस गीतमा स्वर पनि रचनाकार स्वयमले दिएका छन् । पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं ३ भुवनपोखरिमा जन्मिएका विशाल दर्लामी हाल राष्ट्रिय जनमोर्चा पाल्पाको जिल्ला अध्यक्षको रुपमा सक्रिय छन् । स्पस्त बक्ता, कार्यक्रम प्रस्तोता, कवि, लेखक तथा साहित्यकारको रुपमा पनि उनले आफ्नो पहिचान स्थापित गरिसकेका छन् । यसैगरि अब उनले यस गीतको माध्यमबाट आफुलाई गायकको रुपमा पनि चिनाउने प्रयत्न गरेका छन् । यस गीतको संगीत संयोजन जनवादी गायक तथा संगीतकार हेमराज आश्रमले गरेका छन् । यो गीत गीतकार विशाल दर्लामीको पहिलो प्रस्तुतिको रुपमा सार्वजनिक भएको हो । यो गीतको माध्यमबाट गीतकारले एउटा क्रान्तिकारी व्यक्तिको संघर्षशील यात्रालाई जीवन्त ढंगले प्रस्तुत गरेका छन् ।

गीतको भावलाई संक्षिप्तमा यसरी प्रस्तुत गर्न सकिन्छ । उ पात्र नदीको वेगसँगै पौडिरहन्छ । खोंचहरुमा ठोक्किदै र छालहरुमा तैरिदै निरन्तर अगाडि बढिरहन्छ । यसरी उ कथिन संघर्षबाट स्थापित भएको चम्किलो तारा हो । उसको जीवनले शान्तिको अपेक्षा राख्छ । तर त्यो शान्ति प्राप्तीको लागि पनि उसले क्रान्ति बोल्ने गर्दछ । त्यही क्रान्तिको यात्रामा उसले मुटुभरी अदम्य साहस बोकेर अगाडि बढ्ने गर्दछ । अनवरत रुपमा उ ज्वारभाटासँग जुध्छ । उ कुनै पनि बन्धनहरुले गल्दैन । जस्तोसुकै संकट आएपनि उ ढल्दैन । यसरी उ समाजमा पूmल बनेर सुवास छर्छ । उ चन्द्रमा जस्तै बनेर उज्यालो दिन्छ । यसरी यस गीतले संघर्षको भट्टिमा खारिएको एउटा क्रान्तिकारी ब्यक्तिलाई चित्रित गर्दै क्रान्तिकारीहरूले जीवनमा कठोर संघर्षको सामना गर्नुपरेता पनि उनिहरूको भविष्य उज्ज्वल हुन्छ । उनीहरूले समाज र मानव जातीमा सुवास छर्न सक्छन् भन्ने सन्देश सम्प्रेषण गरिएको छ । गीतमा नदी, खोंच, पहाड, तारा, ज्वारभाटा, पूmल, चन्द्रमा जस्ता प्राकृतिक सौन्र्दयलाई बिम्व र प्रतिकको रुपमा सजाइएको छ ।

गीतमा क्रान्तिकारी जोश र उत्साहलाई उजागर गर्नसक्ने लयात्मक अन्तर्गुञ्जन र उच्च काव्यिक चेतना प्रदर्शन गरिएको छ । वर्गिय हिसाबले यो गीत श्रमजीवि, शोषिड, पिडित वर्गको पक्षमा उभिएको छ । श्रमजीवि तथा उत्पीडित वर्गले आफ्नो मुक्तिको ढोका उघार्नका खातिर उसले कुनै पनि बन्धन र संकटमा नझुकेर निरन्तर संघर्ष गर्नुपर्ने प्रभावकारी भाव सम्प्रेषण गरिएको छ । यसरी यो गीत प्रगतिवादी वैचारिक धारमा समाहित एक जनवादी तथा प्रगतिशील गीत बन्न पुगेको छ ।

तीन हरफमा संरचित एउटा स्थायी भाग रहेको यस गीतमा दुइ वटा अन्तरा भाग रहेको छ । आधुनिक गीतको लागि एउटा स्थायी भाग र दुइवटा अन्तरा रहेको गीतलाई उत्तम मान्ने गरिन्छ । यसरी संरचनागत दृष्टिले यो गीतलाई उत्तम गीत भनेर मुल्याङ्कन गर्न सकिन्छ । गीतको स्थायी भागमा एउटा क्रान्तिकारी व्यक्तित्वलाई चम्किलो ताराको रुपमा स्थापित गरिएको छ भने अन्तराभागमा उक्त क्रान्तिकारी ब्यक्तिको विशेषता र जीवन व्यवहारलाई पुष्टि गरिएको छ । गीतको पुर्ण पाठ यसप्रकार रहेको छ ।

उ नदीको वेगसँगै लड्दै पौडिरहने
खोंचहरुमा ठोक्किदै छालहरुमा तैरिदै
पहाड फोडेर निस्किएको चम्किलो तारा हो ।
उ नदीको वेगसँगै….
उसको जीवन शान्ति बोल्छ उसको जीवन क्रान्ति बोल्छ
मुटुभरी अदम्य साहस ज्वारभाटासँग सधै जुध्छ ।
उ नदीको बेगसँगै …………………………..

बन्धनहरुले गल्दैन उ, संकटहरुमा ढल्दैन उ

फुल बनी सुवास छर्छ चन्द्रमा जस्तै उज्यालो दिन्छ

उ नदीको………………………

यसरी समग्रमा हेर्दा यो गीत युगयुगान्तरसम्म पनि आफ्नो औचित्य दर्शाउन सक्ने कालजयी गीत बन्न पुगेको छ । जनमुक्तिको लागि चल्ने हरेक संघर्षका पथहरूमा र क्रान्तिका हरेक पलमा यो गीत प्रयोग योग्य छ । गीतमा सरलता छ । कोमलता छ । यसको लय र संगीत संयोजनमा श्रुतिमधुर गुण निकै उच्च कोटीको छ । वैचारिक स्पस्तता छ । यति हुँदाहुँदै पनि यस गीतको वाक्य निर्माणमा स्रष्टाले अलि ध्यान पु¥याउन नसकेको हो कि भन्ने आभाष हुन्छ । जस्तै गीतको स्थाइ भागमा रहेको एउटा हरफ यस्तो छ ः “पहाड फोडेर निस्किएको चम्किलो तारा हो ।” यो हरफलाई राम्ररी हेर्ने हो भने, के तारा पनि पहाड फोरेर निस्कन्छ र ? भन्ने प्रश्न पैदा गरेको छ । तसर्थ स्रष्टाले वाक्य संरचना निर्माणमा अलि मिहिनेत गरेको भए सुनमा सुगन्ध हुने थियो । समग्रमा “उ नदी” गीत प्रगतिशील तथा जनवादी गीत सङ्गीतको क्षेत्रमा अब्बल छ । यति सुन्दर र मिठासपूर्ण गीत जनताको बीचमा लिएर जनवादी गीत सङ्गीतको क्षेत्रमा एउटा बलियो इँता थप गरेकोमा सर्जक विशाल दर्लामी बढाइँका पात्र बनेका छन् । अन्तमा जनवादी सर्जक विशाल दर्लामीको उत्तरोत्तर प्रगतिको कामना गर्दछु । उनको यो सिर्जनशील यात्राले हरपल नयाँ उचाइँ चुम्दैजावस् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार