म क्रान्ति हु

कृष्णा राना (दाङ)

म क्रान्ति हु
म क्रान्ति हु नकसैले मलाई राेक्न सक्छ
म क्रान्ति हु नकसैले मलाई छेक्न सक्छ
म उर्लेकाे भेल जस्तै गरि आउछु
म हावाकाे वेग जस्तै गरि आउछु
त्यसैले
म क्रान्ति हु
आफ्नाे स्वार्थमा प्रयाेग गर्न खाेज्छ कसैले भने
ऊ आफै इतिहासमै विलय हुनेछ
जस्काे नाम निसान अफै हराउने छ
व्याक्ति रहे पनि उसकाे इतिहास मेटिने छ
त्यसैले
म क्रान्ति हु
नकसैले मलाई राेक्न सक्छ
नकसैले मलाई छेक्न सक्छ
साम्राज्यवादले जराे खनि रहेकाे छ
दुनियाँ हामीले हरायाैं भनिरहेकाे छ
उसलाई के थाहा
मैले उसका विरुद्ध माेर्चा बन्दी गरेकाे
उसलाई के थाहा
मैले उसकाे चिहान खनिरहेकाे
त्यसैले
म क्रान्ति हु
नकसैले मलाई राेक्न सक्छ
नकसैले मलाई छेक्न सक्छ
दुनियाँ भरि मलाई असफल भन्ने हरु
दुनियाँ भरि म माथि विश्वासघात गर्नेहरु
तिमीहरू म देखि टाढा भागे पनि
तर म अवश्यम्भावी छु
एक दिन सफल अवश्य हुनेछु
त्यसैले
म क्रान्ति हु
नकसैले मलाई राेक्न सक्छ
नकसैले मलाई छेक्न सक्छ

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार