
पुना । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुना पुर्व नगर समिति अन्तरगत खराडी उपाली नगरमा केन्द्रीय अध्यक्ष ठाकुर खनाल एवं केन्द्रीय सदस्य गोविन्द थापा एवं पश्चिम भारत क्षेत्रीय सदस्य धन बहादुर विकको उपस्थितिमा भेला सम्पन्न भएको छ । भेलामा, देशको तात्कालिन, अवस्था, प्रवासी नेपालीहरू समस्याबारे प्रशिक्षण सञ्चालन गरिएको थियो । साथै दिपक कार्कीको अध्यक्षतामा १५ पूर्णसदस्य ५ बैकल्पिक सदस्य ५ सल्लाहकार गरि २५ सदस्यीय खराडी एरिया समितिको पूनर्गठन गरिएको छ ।
जसमाः उपाध्यक्ष– रोहित नेपाली, सचिव– भोज कार्की, सहसचीव– तेज विश्वकर्मा, कोषाध्यक्ष इन्द्र बिस्ट, सदस्यहरूमाः दिपक अवस्थी, नरेश खत्री, देव खत्री, लाल बहादुर विक, शिव विक, देव विक, रघुबिर विश्वकर्मा, पासर कार्की, श्याम कार्की, बैकल्पिक सदस्यमा प्रकाश कार्की, राम ऐर, लालबहादुर कार्की, धन बहादुर विक, गणेश विश्वकर्मा, सल्लाहकारमा दल बहादुर विश्वकर्मा, विजय विश्वकर्मा, टिकाराम अवस्थी र चेतन ढाट हुनुहुन्छ ।
भेलामा व्यापक सदस्यता वितरण गर्ने एवं आगामी नगर सम्मेलनलाई सफल पार्न आर्थिक, नैतिक, भौतिक सहयोग गरि भब्य रूपमा सम्पन्न गर्न सहयोग निर्णय गरिएको छ ।