आठौं अखिल भारत सम्मेलनको प्रचारात्मक सभासँगै महिला विभागकी सदस्यलाई सम्मान

बिकानेर, २४ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति बिकानेरले २३ जनवरीका दिन आठौं अखिल भारत सम्मेलनको प्रचारात्मक सभाको दौरानमा महिला नगर विभागकी सदस्य अस्मिता पाण्डेलाई सम्मान प्रदान गरिएको छ ।

आगामी २७–२८ फरवरी र १ मार्च २०२२ दिन सम्पन्न हुन गईरहेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं अखिल भारत सम्मेलनको प्रचारात्मक सभा सम्पन्न गरिएको हो ।

कार्यक्रमको अवसरमा महिला विभागकी सक्रिय सदस्य अस्मिता पाण्डे बिकानेर छाडि अन्यत्र जान लाग्नु भएकोले अस्मिता पाण्डेलाई पनि माला र उपहार दिइ सम्मान गरिएको थियो । रामप्रसाद पोख्रेलको सञ्चालन, भोजराज पराजुलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ज्ञात अज्ञात शहीदहरुको सम्झनामा एक मिनेट मौनधारण पश्चात राजु बिकले स्वागत मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा शान्ति देवीले अस्मिता पाण्डेलाई माला लगाई सम्मान प्रकट गर्नु भएको थियो । कार्यक्रममा धन प्रसाद, विश्नु केसी, रामकुमार रसाली लगायत विभिन्न एरिया र टोलबाट उपस्थित कार्यकर्ताहरुले मन्तव्य राख्दै आठौं अखिल भारत सम्मेलनलाई भव्य रुपमा सफल पार्न सबैलाई आव्हान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार