बेल रजाली । प्युठान जिल्ला, गौमुखी गाउँपालिका, वार्ड न ७, नारीकोट, पीपल रुख घर भएका रुमाने परियारका छोरा बिमल परियारलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जयपुर उत्तर एवं दक्षिणले आर्थिक सहयोग गरी सपरिवार नेपाल पठाएको छ ।
उनी नोकरी गर्नको लागि केही महिना पहिला मात्र जयपुर आएका थिए । श्रीमतिलाई पट्थरीको समस्या भएकोले नोकरी गरी पैसा कमाएर श्रीमतीको पनि उपचार गर्ने भनी श्रीमती, छोरा र दुई छोरी भारत आएका थिए ।
तर उनी आफै बिमार परेको र उपचारको लागि भारतको आधार कार्ड या अन्य कुनै कागजात नभएकोले उपचार गराउन त्यति सहज नहुने हँुदा उनी आफैले बरु जसोतसो नेपाल जान पाए छिमेकी, इस्त्र मित्र या साथीभाइबाट केही सहयोग मागेर भए पनि उपचार गराउछु भनेकोले उहाँलाई सो सहयोग गरिएको हो ।
यस कार्यमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जयपुर उत्तर एवं दक्षिणले 11000 हजार तथा इन्दौर नगर समितिले 2000 हजार गरी भा.रु.13000 हजार सहयोग प्रदान गरिएको छ ।
साथै “अप्सन लुम्बिनी ट्युर्स एन्ड ट्राभल्स“ ले उहाँहरु मध्य दुई जनाको मात्रै भाडा लाग्ने र अन्यलाई निशुल्क प्युठानको बाग्दुलासम्म पुराउनेगरी आज नेपाल पठाइएकोछ ।