कार्यकर्तालाई भिवाडी नगर समितिद्धारा स्वदेश विदाई

भिवाडी, २० फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवाडीको आयोजनामा सम्पन्न सभा बीच नगर कार्यकर्ता वसन्त बहादुर के.सीको बिदाई गरिएको छ । कार्यक्रमको सञ्चालन नगर सचिव कृष्टी राइले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता नगर समितिका अध्यक्ष काजीराम श्रेष्ठले गर्नुभएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश रास्ट्रीय जनमोर्चा सदस्य श्रीमती सीता क्षेत्री रहनुभएको थियो । त्यसैगरि अतिथि आसन ग्रहण गर्नेहरुमा क्रमशः रक्तिम क्षेत्रीय सदस्य राम बहादुर थापा, विद्यार्थी संघवाट सृष्टि राई र महिला बिभागवाट बिभागका नगर अध्यक्ष श्रीमती कल्पना के.सी हुनुहुन्थ्यो ।

कार्यक्रममा ज्ञात अज्ञात शहिदहरुको सम्झनामा एक मिनेट मौनधारणा राखिएको थियो । उपस्थित जनमानसलाई नगर कोषाध्यक्ष किशोर राईले स्वागत भाषण मार्फत स्वागत गर्नु भएको थियो । सो बिदाई कार्यक्रममा प्रमुख अतिथि सिता क्षेत्रीले स्वदेश जानु हुने कार्यकर्ता बसन्त के.सीलाई सम्मान स्वरुप दोसल्ला ओढाएर बिदाई गर्नु भएको थियो । साथै उहाँको उज्वल भबिस्यको कामना गर्नु हुँदै उहाँले संगठनलाई अहिलेसम्म दिदै आउनु भएको योगदानको कदर गर्नु भएको थियो ।

नगर अध्यक्ष काजीराम श्रेष्ठद्वारा उहाँलाई सरुवा प्रदान गर्नुभएको थियो । नगर समितिको तर्फदेखि कोषाध्यक्ष किशोर राईले सम्झना स्वरुप उपहार प्रदान गर्नु भएको थियो । साथै उपस्थित सम्पुणर् जनमासद्वारा उहाँको आगामी दिनको उज्वल भबिस्यको कामना गर्दै शुभकामना मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार