आठौं अखिल भारत सम्मेलनको भारतव्यापी अन्तिम तैयारी

  • राजमो अध्यक्ष चित्र बहादुर केसीद्धारा सम्मेलनको उद्घाटन हुने
  • नयाँ दिल्ली । भारतस्थित नेपालीहरुको अभिभावक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं अखिल भारत सम्मेलन यहि फागुन १५, १६ र १७ गते अर्थात २७-२८ फरवरी र १ मार्च २०२२ को लागि भारतव्यापी व्यापक तैयारी भईरहेको छ ।

    ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, भारतस्थित प्रवासी नेपालीहरुको मताधिकार एवं समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरौं’ भन्ने मूल नाराका साथ सम्पन्न हुने सो सम्मेलन को उद्घाटन राजमोका अध्यक्ष एंव जनप्रिय बामपन्थी नेता, पूर्व उपप्रधानमंत्री चित्र बहादुर केसीले २७ फरवरी २०२२ आईतबारको गर्नुहुने छ ।

    सम्मेलनमा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले पार्टिको धारणा सहितको मन्तव्य राख्नु हुनेछ । प्रतिनिधि सभाका सांसद दुर्गा पौडेल, राष्ट्रिय सभाका सदस्य राजेश विक, लगायत देशभित्रका विभिन्न जनवर्गिय मोर्चाका केन्द्रीय नेताहरु समेत भारतस्थित विभिन्न संघसंस्थाका शिर्ष व्यक्तिहरुको आथित्यता एवं मन्तव्य दिनुहुने छ ।

    त्यसैगरि दोश्रो दिन २८ फरवरी २०२२ बन्द सत्र सम्पन्न गरिने तथा सांझ साँस्कृतिक कार्यक्रम गरिने भएको छ । तेश्रो दिन १ मार्च २०२२ मंगलबार ११ बजे देखि “गणतन्त्र र राष्ट्रियताको रक्षाको आन्दोलनमा प्रवासी नेपालीहरुको भूमिका” अन्तरक्रिया कार्यक्रम सम्पन्न हुनेछ । करिव १ बजे घोषणा सभा पछि करिव ३ बजे समापन समारोहको कार्यक्रम निश्चित गरिएको छ ।

    सम्मेलनको लागि भारतव्यापी विभिन्न नगरहरुबाट प्रतिनिधि, प्रयवेक्षक, दर्शक तथा स्वयंसेवक, कलाकारहरु तय भईसकेको र सबै नगरहरु उत्साह पूर्वक तैयारीमा जुटिरहेको जानकारी मूल प्रवाहका महासचिव ठाकुर खनालले दिनुभएको छ ।

    सम्मेलनमा ११ क्षेत्रीय समिति, २ राज्य समिति र करिब २१० नगर समितिहरुबाट प्रतिनिधित्व हुनेछ । भारतका करिब २८ राज्यहरु र ७ केन्द्रशासित राज्यहरुमा छरिएर रहनुभएका श्रमजिवी नेपालीहरुको प्रतिनित्व हुनेछ । प्रतिनिधिहरुलाई फरक प्रकारको पहिचान दिलाउने उदेश्यले टिर्सटहरु प्रकाशित गरिएको महासचिवले जानकारी दिनुभएको छ ।

    सम्मेलनलाई अनुशासित र व्यवस्थित बनाउनका लागि करिब ३५ जना स्वयंसेवकहरु निश्चित गरिएको छ । स्वयंसेवकहरुको सहजै पहिचानका लागि ट्यागहरु समेत तयार भैसकेको पनि जानकारी प्राप्त भएको छ । त्यस्तै वर्तमान राजनीतिक परिस्थिति अनुकुलको गित, संगित एवं नृत्यहरु रचना गरि सम्मेलनलाई भव्य रुपमा सम्पन्न पार्न विभिन्न क्षेत्रका कलाकारहरु लागिपरेका छन् ।

    त्यस्तै प्रकाशनका अधिकांश कार्यहरु सम्पन्न भई सकेको छ । प्रतिवेदन तयारी, व्यानर, प्लेकार्ड, प्रशासनको स्वीकृती लगायतका सम्पूणर् कार्यहरु पनि सम्पन्न भइसहेको छन् ।

    समाजका अध्यक्ष दुर्गा बहादुर केसीले दिएको जानकारी अनुसार सम्मेलन वर्ष २०१९/२० मा नै सम्पन्न पारि सक्नु पर्ने थियो तर आन्तरिक तयारीमा देखिएको समस्याको साथै वैश्विक महामारी कोरोनाका कारणले सो सम्मेलन छ पछाडि सरेको थियो ।

    समितिका कतिपय सदस्यहरुको मृत्यु र कतिपय स्वदेश फिर्ता एवं कतिपयले संगठन विरोधी गतिविधिमा संलग्न भएकोले संगठनबाट निश्कान परेसंगै समिति अल्पमतमा परेको थियो । उक्त अवस्थामा संगठनलाई पूणर्ता प्रदान गर्नको लागि गत ४ जुलाई २०२१ मा भर्चुअल भेला गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार