‘मूल प्रवाह’ को प्रवाहलाई रोक्ने र छेक्ने दुस्साहस कसैले नगरे हुन्छ : पौडेल

हैदरावाद, १८ अप्रेल । ‘मूल प्रवाह’को प्रवाहलाई रोक्ने र छेक्ने दुस्शाहस गर्नेहरु इतिहासमा आफैं बढारिएर गएको मूल प्रवाहका केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रीय समितिका अध्यक्ष रामप्रसाद पौडेलले बताउनु भएको छ । पौडेलले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समितिद्वारा सञ्चालित दक्षिण नगर समितिको ११औं सम्मेलन पछिको दोस्रो भेलालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै सो धारणा राख्नु भएको हो ।

‘संगठनको नीति र अनुशासनको धज्जीया उडाउनका लागि विभिन्न कोणबाट आक्रमण हुँदै आए पनि सचेत कार्यकर्ताहरुको महत्वपूणर् भूमिकाको कारणले कुनै घुनपुत्लो लाग्न सकेको छैन । ‘मूल प्रवाह’को प्रवाहलाई रोक्ने र छेक्ने दुस्शाहस गर्नेहरु इतिहासमा आफैं बढारिएर गए जस्तै अहिले पनि बढारि सकेका छन् ।’ पौडेलले बताउनु भयो- ‘कथित क्रान्तिका ठुला-ठुला कुरा गर्नेहरूले आफ्नो संगठनको नाम समेत राख्न सकेका छैनन्, अरुको नाम चोरेर हिंड्नेहरुलाई अब छोडिने छैन ।’

‘नेकपा (मसाल) को आठौं महाधिबेसनले पारित गरेको नीति र सिद्धान्त नेकपा (मसाल)ले प्रस्तुत गर्दा दक्षिणपन्थी हुने, फूटपरस्तहरुले त्यही बोकेर हिंड्दा क्रान्तिकारी १ यो भद्दा मजाक, बेइमानी, कपोकल्पित भ्रम बाहेक अरु के हुन सक्छ ?’ पौडेलले अगाडि भन्नु भयो- ‘करिब ६ दशक पछी जनताको विभिन्न चरणको बलिदानबाट प्राप्त भएको गणतन्त्र, जसमा नेपाली जनताको सिमित भए पनि अधिकार निश्चित गरिएको छ, त्यही अधिकारमा टेकेर नै अगाडिको कार्य योजनाको निर्धारण गर्नु दक्षिणपन्थी हो ? यदि त्यसो हो भने तपाईहरुको त नयाँ देखिएन त ।’

 

‘वाहिह्यात र भ्रमका कुरा गरेर क्रान्ति सम्पन्न हुँदैन, क्रान्तिका लागि क्रान्तिकारी नीति र सिद्धान्तको आवश्यक हुन्छ । चोरीको बाटोबाट क्रान्ति कुनै पनि देशमा सम्पन्न भएको छैन । नाम, नीति, सिद्धान्त, सबै अरु चोर्न माक्र्स, एंगेल्स, लेनिन, स्टालिन, माओ कसैले पनि सिकाएका छैनन् ।’ पौडेलले भन्नु भयो- ‘प्रतिशोध, वदलाभाव, भूट, भ्रमबाट क्रान्तिको यात्रा तय हुँदैन । पार्टी र संगठनमा फर्किन किन दशैं कुर्नु पर्‍यो ?’ दशैंसम्म वार्ता हुने भन्ने कुरा आफ्ना पछि लागेका केही इमान्दार कार्यकर्ताहरुलाई भ्रमित पार्दै आफ्नो राजनीतिक स्वार्थ पुर्तिको उदेश्य मात्रै भएको पौडेलको थप भनाई थियो । ‘फूटपरस्त तत्वहरुले ढिलो वा चाडो आफ्नो अस्तित्व गुमाउने र पलायनको बाटो तय गर्ने निश्चित भएको हुँदा त्यसमा रहनुभएको इमान्दार कार्यकर्ताहरु आफ्नो मूल घर मै फर्किन आवश्यक छ ।’

उक्त कार्यक्रममा बधाई तथा शुभकामना मन्तव्य राख्दै मूल प्रवाहका केन्द्रीय सदस्य फुलबिना पौडेलले संगठनलाई धोस्त पार्न खोज्नेहरुसँग सम्पूणर् स्तरका कार्यकर्ताहरु सचेत र सजग रहन आव्हान गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा केन्द्रीय सदस्य कृष्ण बहादुर थापा, केन्द्रीय प्रतिनिधि तथा क्षेत्रीय सचिबालय सदस्य के. रतन सिंह, क्षेत्रीय सचिब तिलक राना, साँस्कृतिक क्षेत्रीय बिभागको तर्फबाट संयोजक कृष्ण कुमारी लगायतका बक्ताहरुले बधाई तथा शुभकामना मन्तब्य दिनुभएको थियो ।

वीर बहादुर बिकको अध्यक्षता, चित्र बहादुर केसीको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा अतिथिहरुको आसनग्रहण, वीर शहिदहरुप्रती एक मिनेट मौनधारणपछी भुपाल ठाडा मगरले स्वागत मन्तब्य राख्नु भएको थियो ।

नगर समितिको प्यानल केन्द्रीय प्रतिनिधि तथा क्षेत्रीय सचिबालय सदस्य के रतन सिंहले गर्नुभएको थियो । भेलाले वीर बहादुर बिकको अध्यक्षतामा ११ पुण, ३ बैकल्पिक र ३ सल्लाहकार गरि १७ सदस्यीय नगर समितिको चयन गरेको छ । जसको उपाध्यक्षमाः तेजेन्द्र बहादुर क्षेत्री, सचिव- भुपाल ठाडा मगर, सह सचिब टिकाराम थापा “तुफान”, कोषाध्यक्ष- रन बहादुर पौडेल, सदस्यहरुमाः राजु पौडेल, हरि बहादुर रेग्मी, जित बहादुर थापा, रामप्रसाद शर्मा गौतम, दिल प्रसाद शर्मा, तुलसी प्रसाद शर्मा, बैकल्पिक सदस्य वीर बहादुर बिक, चन्द्र बहादुर लामिछाने, नवल सिंह थापा, सल्लाहकारमा गिर बहादुर कार्की, जुनु देवि थापा र धोज बहादुर बिक रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार