
खिमराज चालीसे
बठिण्डा, पंजाब 1 मई 2026 भारतको पंजाब राज्यको बठिंडामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति बठिण्डाको आयोजनामा 137 औं अन्तराष्ट्रीय श्रमिक दिवसको कार्यक्रम सम्पन्न भएको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य नरबहादुर ओलीले प्रमुख अतिथिको रुपमा सम्वोधन गर्दै मजदुर दिवसको इतिहास र नेपाली श्रमजीवी वर्गको वर्तमान अवस्थाको सम्बन्धमा आफ्नो विचार राख्दै इतिहासमा वीर सहिदहरुको वलिदानीपूर्ण संघर्षबाट प्राप्त अधिकारहरु पुनः खोसिदै गएको र ट्रेड युनियन अधिकारहरु सिमित हुदै गइरहेको वर्तमान अवस्था मजदुर संघर्षलाई पनि पुनर्गठन गरि नयाँ परिवेश अनुसारको संघर्षको आवस्यकता रहेको उल्लेख गर्नु भयो ।
सो सभामा चन्द्र प्रसाद भुसाल र खिमा खड्का ले पनि आ-आफ्नो विचार राख्नु भएको थियोे।
कार्यक्रम नारायण केसीको अध्यक्षतामा तथा गणेश पोख्रेलको संचालनमा सम्पन्न भएको हो भने ज्ञात अज्ञात सहिदहरु प्रति एक मिनट मौनधारण पश्चात माया ओलीले स्वागत गर्नुभएको थियो ।
















