बिकाश र समृद्धिका कुरा गर्छन नेताहरू
बिकास सड्कमा खाल्डाखुल्डी मात्रै हुन्छन्
कार छोपिने गरि धुलो र धुवा उडेको हुन्छ
यहाँ शीर्षक नमिलेको
बिकास ! भएको हुन्छ
कोहि भोकै मर्न पर्दैन कोहि भोको भए मलाई फोन गर्नुस !
कोहि सडकमा निदाउनु पर्दन,
त्यस्तो देखे मलाई फोन गर्नुस्
यस्तो पनि कहिं हुन्छ ? तर भएको त्यस्तै छ
त्यसैले शिर्षक नमिलेको
बेनीमा रेल आए पछि कु्स्मामा आउँदैन ?
कुस्ममा त स्टेशन नै बन्छ । त्यो पनि दुई बर्षमा !
चार बर्ष भयो न बेनिमा रेल आयो न स्टेशन कुस्ममा ?
आयो देशै भरि अनावश्यक भ्यू – टावर
त्यसकारण शिर्षक नमिलेको
रेल र पानी जहाज नेपालको झण्डा फरर
पानी जहाज त कहाँ डुब्यो ? थाहा छैन
रेल घुम्टो भित्र थियो ! घुम्टो उघार्यो
जनतालाई सिटामोल छैन ऋणमा रेल
यसकारण शिर्षक नमिलेको
अब दाउरामा पकाउनु पर्दैन जमाना कहाँबाट कहाँ पुग्यो
घर घरमा ग्यास सिलिन्डर होईन ! ?
ग्यासको पाईप लाईन बिछ्याउँछु
ग्यासको पाईप लाइन होईन यहाँ पानीको पाईप लाइनसम्म छैन
त्यसकारण शिर्षक नमिलेको
गाउँमा शिक्षा र स्वास्थ्यको राम्रो ब्यबस्था छैन
सबैभन्दा अल्लो डाँडामा भ्यू- टावर
युवाहरु खाडि मुलुक देशमा रोजगार छैन
जसले बिकास भनेका छन् त्यो बिकाश नै होईन
त्यसकारण शिर्षक नमिलेको
कमिसन खान दिन्न तर घुस खान दिन्छु
घुस खाने मानिस मन पर्दैन त्यसकारण संगै हिंडाउँछु
जिम्मेवार पद दिन्छु मिलेर खा .. न् …छु …
अति समूहदेखि, बताससम्म कमिसन तन्त्र
देशको सिमा मिचिरहन्छ, सरकार लाचार बन्छ
देशका नदिनाला, कलकारखाना बेचि बिकाशका गफ हान्छ
गिट्टी माटो पानी बेच्ने राष्ट्रघाति सरकार
जनता भोकै प्यासै मारि गफ हान्छन धिक्कार !
त्यसैले शिर्षक नमिलेको
न्याय छैन समानताको कुरा मात्रै हुन्छ
दलित, महिला अल्पसंख्यक समुदाय मिचिएको हुन्छ
सुकुम्बासी टहरामा हुकुम चलाउँदै
छाप्राहरु भत्काउँछन् तिनको मुटु जलाउँदै
उठिबास लाउने बिकास कस्तो नेता देशको
त्यसकारण शिर्षक नमिलेको
हत्या हिम्सा बलात्कार बिकास कै रुप हो कि !
महंगी र भष्टार नि समृद्धि कै रुप कि
घुसखोरी र तस्करी अनि माफियाको जालो
त्यै भएर भन्या होला बिकास गर्ने पालो
हो शिर्षक नमिलेको बिकास ।
यहाँ मुखमा बिकास हुन्छ
यहाँ सत्ता र भत्तामा बिकास हुन्छ
जनताको अबस्था ऋणको भारिले डुब्यो
अर्थतन्त्र चौपट पारेर नेताहरू पेट भर्यो
त्यसकारण शिर्षक नमिलेको
मिति : १७/४/२०२२