पाल्पा । पाँचदलीय गठबन्धनले पाल्पामा राष्ट्रिय जनमोर्चालाई दुई वडामा वडाअध्यक्ष दिन सहमति गरेको छ । सोमबार सम्पन्न बैठकले जिल्लामा भागबन्डा टुंग्याएको हो ।
सहमतिअनुसार रिब्दिकोट गाउँपालिका र पूर्वखोला गाउँपालिकामा एक/एक जनावडाअध्यक्ष जनमोर्चाले पाएको छ।
यस्तै, रिब्दिकोटमा १ वडा सदस्य, रामपुर नगरपालिकामा वडा सदस्य २ ( कार्यपालिका सदस्य १), तानसेन नगरपालिकामा वडा सदस्य २ (कार्यपालिका सदस्य १), तिनाउ गाउँपालिकामा कार्यपालिका सदस्य १, रम्मा गाउँपालिकामा वडा सदस्य १, रैनादेविछहरा गाउँपालिकामा वडासदस्य १ (कार्यपालिका सदस्य) जनमोर्चाको भागमा परेको राजमो जिल्ला अध्यक्ष बिशाल दर्लामीले बताउनुभएको छ ।