विप्लव नेतृत्वको नेकपाबाट दुई वरिष्ठ नेता निष्काशित

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नपाल कम्युनिष्ट पार्टीले दुई वरिष्ठ नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लाई पार्टीबाट निष्काशन गरेको छ ।

महासचिव चन्दले बुधबार विज्ञप्ति प्रकाशित गरी सचिवालय सदस्य बास्तोला र ओलीलाई अनिश्चित कालका लागि पार्टीबाट निष्काशन गरेको सार्वजनिक गर्नुभएको छ ।

पार्टीमा स्थानीय निर्वाचन उपयोग गर्ने कि बहिष्कार भन्ने विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो । महासचिव चन्द र प्रवक्ता खड्गबहादुर विक निर्वाचनमा भाग लिने पक्षमा छन् भने सचिवालय सदस्य बास्तोला र ओलीले निर्वाचन बहिष्कार गर्ने नीति लिएका छन् ।

पार्टीमा एक पक्षले निर्वाचनमा सहभागी हुन उम्मेदवारी दिएको र अर्कोले त्यसको बहिष्कार गर्न सार्वजनिक आह्वान गरेपछि नेकपामा विभाजनको अवस्था आएको हो ।

हेमन्त–धर्मेन्द्र पक्षको भेला सर्यो

नेत्रविक्रम चन्द‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट कारवाहीमा परेका हेमन्तप्रकाश ओली‘सुदर्शन’ धर्मेन्द्र बास्तोला पक्षले गृह कार्य नपुगेको भन्दै भोलि मात्रै भेला गर्ने भएका छन् । पार्टी नीति विपरित मिडियामा बोल्दै हिँडेको भन्दै गत बुधबार विप्लवले ओली र बास्तोलालाई पार्टीको जिम्मेवारीबाट मुक्त गरेका थिए ।

पार्टीबाट कारवाहीमा परेका ओली र बास्तोलाले केन्द्रीय समिति बैठक भोलि मात्रै बस्ने भएको एक नेताले बताए । ‘हामीले केन्द्रीय सदस्य र जिल्ला सेक्रेटरी बोलाएर आजै छलफल गर्न खोजेका थियौं । गृहकार्य पुगेन’ ती नेताले भने, ‘हामीले भोलि मात्रै भेला बोलाएर छलफल गर्ने भएका छौ ।’

पार्टीबाट कारवाहीमा परेका ओली र बास्तोला पक्षले बहुमत जुटाएर विप्लवलाई कारवाही गर्ने वा नयाँ पार्टी बनाउने भन्ने विषयमा गम्भीर गृहकार्यमा लागेका छन् । पार्टी नै बनाउनुपर्ने अवस्था भएका डकुमेन्ट लगायत पार्टीका सम्पूर्ण काम गर्नुपर्ने भएकाले बिहीबार गर्ने भनिएको भेला शुक्रबार सारिएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार