जब बागी
आफु पदमा बसेको सपना देख्छ
तर विपनामा
न पार्टीले चुनाव लड्न टिकट दिन्छ
न अरु पार्टीको चुनाव चिन्हमा
भोट हाल्न मन लाग्छ
यसरी
मन जल्दा जल्दै
बागी जन्मिन्छ ।
बागी
यस्तो हठ हुन्छ कि
न पार्टीको भनाई मान्छ
न पार्टी गठबन्धनको कुरा सुन्छ
बागी त
यस्तो निष्ठुर हुन्छ कि
गठबन्धन उम्मेदवार गन्दै गन्दैन
र आफु
खल्तीमा पार्टीको सदस्यता बोकेर
स्वतन्त्र उम्मेदवारको नाटक रच्छ ।
बागी
यस्तो जिद्दीवाला पनि हुन्छ कि
अरु पार्टी चिन्हमा भोट
दिदै दिन्न भन्छ
अरु पार्टी उम्मेदवार जिताउदै
जिताउदिन भन्छ
बरु
पार्टी कारबाही खान्छु भन्दै उफ्रिन्छ
र अखिर बागी
आफु पनि हार्छ
गठबन्धन उम्मेदवार पनि हराउछ ।।