दाङ । राजपुर गाउँपालिकामा राष्ट्रिय जनमोर्चाले चुनाव प्रचार प्रसारलाई तीब्र गतिमा अघि बढाएको छ । बुधवार राजपुर गाउँपालिका वडा नम्बर ७ को सिक्टा, गल्चु, राताकासमा उम्मेदवारसहित घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।
यसअघि मंगलबारबार राजपुर गाउँपालिका वडा नम्बर १ र २ को बेला, गैरागाउँ, तब्दरपुर, मटेरिया, कटबेरुवा, गुरुङखोला लगायत ठाउँमा राजमोको चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरेको थियो ।
जनभेटघाटका क्रममा राजपुर गाउँपालिकामा राजमोबाट अध्यक्ष पदका उम्मेदवार रामफकिरे रैदासले आफूहरु जनतालाई आश्वासन बाँड्ने नभएर काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
‘मतदाताहरुले विकासप्रेमी उम्मेदवार खोजेका छन्’, रैदासले भन्नुभयो, ‘यहाँ विकासका कुरा भन्दापनि चिल्ला कुरा र काम भन्दा आश्वासन धेरै बाड्ने उम्मेदवार छन् ।’
राजमोको चुनावी अभियान राजपुरमा अध्यक्ष पदका उम्मेदवार रामफकिरे रैदास, उपाध्यक्ष पदका उम्मेदवार देउकला श्रेष्ठ, वडा नं ७ वडा अध्यक्ष पदका उम्मेदवार दिलबहादुर घर्ती, सदस्यहरू टेक बहादुर डाँगी, तेजबहादुर बाठा, कमला कुमारी शाहु लगायत कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा राजमो दाङ जिल्ला उपाध्यक्ष तथा राजपुर एरिया इन्चार्ज महेश रिजालको पनि उपस्थिति रहेको थियो।