अर्खाखाँची । भूमिकास्थान नगरपालिकाको अन्तिम मत परिणाम आएको छ । मंगलबार सम्पन्न मतगणनामा नगर प्रमुख पदमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार झविलाल थापा ८०० मतान्तरले विजयी हुनुभएको छ ।
थापाले ८ हजार ३२४ मत ल्याउँदा प्रतिस्पर्धी एमालेका उम्मेदवारले ७ हजार ५२४ मत ल्याएका छन्।
यस्तै, उपप्रमुखमा यस्तै, गठबन्धनकै तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। उपप्रमुखमा हँसियाहथौडामा ७ हजार ५९८ मत आउँदा सूर्यमा ६ हजार ८६४ मत आएको छ ।
योसहित अर्घार्खाचीको भूमिकास्थामा राजमोका १८ जना उम्मेदवार विजयी भएका छन्। जसमा तीनजना वडाअध्यक्षसहित विजयी भएका हुन्।
वडा नं ३ मा महिला सदस्य खुम बेल्वासे, दलित महिला सदस्य चमकला नेपाली, खुला सदस्य मेघराज खनाल, खुला सदस्य गोपाल नेपाली विजयी हुनुभएको छ । यो वडामा जनमोर्चाले वडाअधयक्षबाहेक सबै सदस्य जितेको छ ।
वडा नम्बर २ मा अध्यक्ष बुद्वि थापासहित दलित महिला सदस्य केशरा परियार, खुला सदस्य नारायण खनाल र खुला सदस्य द्रोर्ण बेल्वासे निर्वाचित हुनुभएको छ ।
यस्तै, वडा नं को अध्यक्षमा ३ कृष्णप्रसाद बन्जाडे, महिला सदस्य राधा पौडेल, दलित महिला सदस्य विष्नु सुनार, खुला सदस्य हुमबहादुर सुनार र खुला सदस्य डासीराम भुसाल विजयी हुनुभएको छ ।
यता वडा नं ४ को अध्यक्षमा बाबुराम पन्थीसहित महिला सदस्य कमला खत्री, दलित महिला सदस्य उमा परियार र खुला सदस्य पुष्कर भुसाल निर्वाचित हुनुभएको छ ।