बाबुलाल दराइको खोजीमा सबै जुटौं

खैरनी नगरपालिका वडा न १२ घोघ्रेला चितवन निबासी बाबुलाल दराइ बर्ष ४१ का बाबुलाल दराइ गोरखपुर नजिकै रहेको खलिलावाद रेल्वे स्टेशनबाट लापत्ता भएका छन् । उनले रोजगारीको शिलशिलामा कर्नाटका राज्यमा बिगत लामो समयदेखि काम गरि आफ्नो परिवारको जोहो चलाउँदै आइरहेका थिए ।

अप्रिल २७ तारिकका दिन राती ११ः४० को समयमा यशन्तपुर गोरखपुर एक्प्रेसमा नेपाल जानका लागि रेलमा चढेका थिए । उनी गोरखपुरको नजिक आइपुगे म भनेर घर आफ्नी श्रीमतिलाई जानाकारी पनि गराएका थिए, तर उनी गोरखपुरमा सकुशल उत्रेर आफ्नो घर नेपालमा अहिलेसम्म पुग्न सकेका छैनन् । उनी रेल उत्रेर कता लागे कसको प्रभाबमा परेर अहिलेसम्म लापत्ता भएका होलान् भन्ने चिन्ताले उनको श्रीमती र छोरीलाई सताइरहेको छ । उक्त घटनाको जानकारी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समितिमा आउँदा साथ हामीले खोजबिनको प्रक्रियालाई अगाडि बढाउने क्रममा सबभन्दा पहिले हामीले उनले काम गर्ने ठाउँमा सम्पर्क गरि बुझ्ने काम भएको थियो ।

गुल्मिका कर्ण बहादुर थापा जसले बाबुलालको बारेमा जान्नु हुन्थ्यो, उहाँसँग हामीले बुझ्दा करिब एक महिनादेखि बेरोजगार भएकोले र डिप्रेसनमा परेको बताए । त्यस्तै उनीमा मादक पदार्थ सेवन गर्ने बानी बसिसकेको कर्ण बहादुरले बताए । यात्रामा नपिउने बानी पनि रहेको, जसले गर्दा मानसिक रुपमा आफुलाई कमजोरि महशुस गरि मानिससँग डराउने र शसंकित हुने गरेको कर्ण बहादुरको भनाई छ ।

सायद गोरखपुरमा उत्रिनु भन्दा केही समय पहिले सुचना दिएको मानिस त्यस्पछी बेपत्ता हुनुले पनि सो कुराको पुष्टि गर्दछ । तर उनको मोबाईल फोन रेलको ट्रयाकबाट फेला पारी पोलिसलाई कुनै गोरखपुरमा रहने नेपालीले नै बुझाएको भन्ने अपुष्ट समाचार पनि मिलेको छ । हामीले गोरखपुरमा मोबाइल फेला पार्ने उक्त नेपालीलाई सम्पर्क गर्ने प्रयास गरिरहेका छौं ।

निज बाबुलाल दराइ खासगरी गोरखपुर आस्पासका ठाउँमा या उत्तरप्रदेश भित्रै हुन सक्ने सम्भावना रहेकोले उत्तरप्रदेशमा रहेका नेपाली दाजुभाईहरूले ध्यान दिएमा भेट्न सकिने संभावना देखिन्छ । फेला पार्नुहुने या कहिँ कतै हुन सक्ने सम्भावनाको बारेमा कुनै सुचना प्राप्त भएको खण्डमा नजिकको मूल प्रवाह या मध्य दक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेल मोबाईल न 9700039368 वा नेपालमा निजको श्रीमती पुनम दराइ मोबाईल न 9817265228 मा सम्पर्क गरि जानकारी दिनुहुन अनुरोध गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार