झन् पछि झन् लालचमा फस्दै छ, नेपाली समाज

#तारा सोमरे

घरमा चाहिने सामान्य वस्तुदेखि लिएर हाम्रो जीवनमा मिल्ने सुख सुबिधा प्राप्त गर्न कै लागि पैसालाई प्रखुता संझदै निम्न वर्गिय परिवार साँझबिहान छाक टार्न संघर्ष गरिरहेको छ भने अर्को तर्फ मध्यवर्गिय समाज आफुलाई धनी बनाउँन भागा दौडी गरिरहेको छ । पुँजिपतिहरु सर्वोच्च स्थानमा कसरी पुग्न सकिन्छ भन्ने होडमा छन् । त्यस्तै विकसित देशहरु अविकसित देशहरुमा निवेश गरि विश्वकै शक्तिशाली बन्ने होडमा लागिरहेका छन् । भन्नुको अर्थ वर्तमान व्यवस्थामा पैसाकै पछाडी प्रत्येक व्यक्ती वा शासकहरु भागिरहेका छन् ।

पैसा उपार्जन गर्ने माध्यम समाजमा धेरै छन् । व्यापार, नोकरी, कृषि पैसा उपार्जन गर्ने तरिका हुन् । आज समाजमा आफुलाई अग्रपंक्तिमा सम्झनु वा अत्याधिक सुख सुबिधा हासिल गर्नको लागि पुँजीपतिहरुले मजदुरहरुको अधिक श्रमको शोषण गरिरहेका छन् । असामाजिक तत्वहरुद्धारा डराउने, धमकाउँने, लुटपाट गर्ने तथा आफुले भनेजस्तो भएन भने ज्यानसमेत लिन पछि हट्दैनन् । त्यसको निमित्त कारण धन संचय नै भएको देखिन्छ ।

यहि व्यवस्थाद्धारा खुल्ला छुट सहितको नीति बनाएर शिक्षा, स्वास्थ तथा सामान्य घरेलु सामानको विक्री वितरणमा हेराफेरी गरि जनतालाई लुट्ने कार्यमा निरन्तर सहयोग पुर्याई रहेको देखिन्छ । आम सर्वसाधरणको मस्तिष्कमा पैसा बिना केही गर्न सकिन्न भन्ने पुजीपतिहरुले शासकहरुसँग तालमेल गरेको समाजमा विद्यमान छ । सामान्य परिवारमा जन्मिएका सन्तानहरुलाई खान, बस्न आवश्यकता अनुसारको घुमफिर गर्न आफ्नो शरीरले सकेसम्म श्रमगरी कमाएको पुग्दापुग्दै पनि मस्तिष्कमा कतिपय धनाढ्य बन्ने सपनामा जे जहाँ संभावना हुन्छ, त्यहाँ जस्तोसुकै नकारात्मक कार्यगर्न पनि तयार रहेको देखिन्छ ।

हाम्रो देश अर्धउपनिवेश र अर्धसामन्ती देश भएको हुँदा अधिकांश युवाहरु संसारका विभिन्न देशहरुमा श्रमगरि परिवारको पालन पोषण गर्ने सपना बोकेर प्रवासिएका हुन्छन् । त्यहीँबाट धनी बन्ने सपना पनि देख्न थाल्दछन् । गाउँमा बसोबास गर्नेहरु कतिपय दिनरात मिहिनेत गरिरहेका छन्, भने त्यही समाजमा एकले अर्कालाई ठगि, लुटपाट र छलकपट तथा हत्यासम्म गरिरहेका दिन प्रतिदिन घटनाहरु मिडिया तथा सामाजिक संजालमा आइरहेका हुन्छन् ।

यसको मुख्य दोषी व्यवस्था नै हो । मानिसलाई चाहिने आधरभुत सुविधाहरु यो व्यवस्थामा निश्चित गरिदिएमा आज समाजमा घट्ने ९०% घटना रोक्न सकिन्छ । तर पैसाको चाहतमा मानिस यतिसम्म गिरेको छ, निम्नस्तरमा गएर घिनौना कार्यगर्नु सिंगो समाजको लागि चिन्ताको बिषय बनेको छ । आजको समाजमा पैसा बिना बाबा-आमा पनि छोराछोरीको हुनसकेका छैनन् । सामान्य परिवारलाई कुनै पनि क्षेत्रमा आफुलाई सामान्य रुपमा म मान्छे हुँ, भनेर समेत अटाउँन सकिरहेका छैनन् । सम्पत्ति भएको घरमा अंशबण्डा गर्दा झगडा गरि दाजुभाइमा काटमार भएको पनि देखिन्छ।

सबैभन्दा बढी सामान्य परिवारमा जन्मेका बच्चाहरु सूखी र मिहिनेत गरि राम्रोसँग परिवारको भरपेट गरिरहेको बेला एकाएक धनी बन्ने चाहतमा गलत मार्गहरु अपनाएका घटनाहरु पनि अहिले धेरै देखिएका छन् । आखिर मानिसमा किन यस्तो विचलन र मानसिकताले ग्रहण गरेको छ । हामीले आत्मचिन्तन सहित अत्मा मन्थन गर्न अति आवश्यकता देखिएको छ । आफुले थेग्न सक्ने भन्दा बढी ऋणहरु लगाउने, तिर्न नसके आत्महत्या वा हत्यागर्ने घटनाले पनि पैसाबिना बाच्न सकिन्न भन्ने व्यवस्थालाई ठूलो प्रश्न खडा गरेको छ ।

मलाई भर्खरै घटेको एउटा घटनाले स्तब्ध बनाएको छ । गाउँमा सँगै जन्मेहुर्केको साथी हामी भन्दा सम्पन्नशाली परिवारमा जन्मिएको साथिद्धारा कारोबारमा लागेको ऋण तिर्न नस्कदा हत्याको अभियोगमा पक्राउ परेको देख्दा अत्यन्तै दुःख लाग्छ । आखिर उ किन यस्तो कार्यमा संगलन भयौ । कहाँबाट कसरी र किन प्रभावित भयौ र अब तिमिलाई वा हत्या गरिएको व्यक्तिको पारिवारलाई के मिल्यौं ? भन्ने धेरै प्रश्नहरुले सताउँछ ।

गाउँमा घटेको र यो हाम्रो गाउँको पहिलो घटना हो । सामान्य परिवारको सदस्यद्धारा घटाएको भएपनि केही नपुगेर होला भन्ने हुन्थ्यो, तर एउटा सम्पन्न परिवारमा जन्मिए हुर्किए र आफ्नो सन्तानले उच्च शिक्षा हासिल गरिरहेको र आफै मिहिनेती हुँदाहुँदै पनि बुढाबुढी भएका बाबा-आमा, आफ्नो जीवन संगिनी हुर्किएका छोरा-छोरीको परवरिस गर्ने बेलामा हातमा हतकडी लगाएर ज्यानमाराको मुद्दामा समातिनु भनेको म मात्र नभएर सिंगो समाजलाई सोंच्न बाध्य बनाएको छ ।

अहिले मलाई यो लेख वर्तमान व्यावस्था भित्र चलिरहेका भ्रष्टतन्त्र जनताप्रति उत्तरदायी नभएको सरकार, देशका युवाहरूलाई श्रमबेच्न बाध्यता र स्वयं व्यक्तिमा पनि आवश्यकता भन्दा बढी चाहत परिवार सुखी जीवन बाँच्ने सपना पनि यसको पछाडी दोषी छन् । ऋण लिनु, दिनु वा पैसाको लागि हत्या वा हिंसात्मक बन्नुको पछाडी मुख्यत वर्तमान समाज आवश्यकता भन्दा बढी व्यक्तिगत चाहत गलत कार्यको परिवारले विरोध नगर्नु दिन प्रतिदिन हुने घटनाले हाम्रो समाजलाई एकचोटि पुन आत्ममन्थन सबैले गर्नुको कुनै विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार