#जनक विसी
गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, भारतस्थित प्रवासी नेपालीहरुको मताधिकार एवं समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरौं, मूल नारा सहित ऐतिहासिक दशौं दक्षिण भारत सम्मेलन भारतको चेन्नईमा सम्पन्न भएको छ । विभिन्न प्रकारका उतार चडावहरु अप्ठ्यारो परिस्थितिसित जुझ्दै अगाडि बढी रहेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो दशौं दक्षिण भारत सम्मेलन गरिसकेको छ । दक्षिण भारतका १९ वटा नगर समितिले प्रतिनिधित्व गरेको मेहनतकश नेपालीहरुको उक्त सम्मेलनमा उपस्थिति रहेको थियो । विद्यमान शोषण प्रधान समाजमा आमूल परिवर्तन ल्याउन जुनसुकै किसिमको संघर्ष गर्न पछि नपर्ने प्रतिबद्धता जाहेर गर्दै नेपालीहरु सम्मेलनमा सहभागी भएका थिए । उनीहरुमा एउटा छुट्टै प्रकारको जोस जागर र उत्साह थियो, ताकि आमूल परिवर्तनको आन्दोलनलाई निरन्तरता दिने दृढता थियो ।
भारतमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई जुन लक्ष्य र उदेश्यका साथ स्थापना भएको थियो । त्यो दिशामा काफि हदसम्म सफलता प्राप्त भएको कुरा घाम झै छर्लंग छ । ऐतिहासिक दशौं दक्षिण भारत सम्मेलन जसरी ऐतिहासिक रुपमा सम्पन्न भयो यसले यो कुरालाई प्रमाणित गर्दछ, कि भारतस्थित मेहनतकश नेपालीहरु जसरी आफ्नो हक अधिकार प्राप्तिका लागि महान आन्दोलनको तयारीमा जुटेका छन्, भारतका गल्लीगल्लीमा अत्यन्तै कस्टप्रद जीवन बिताउँदै आफ्नो जीवन निर्वाह गरिरहेका नेपालीहरु जसरी एकता समाजलाई आफ्नो मूल घर र संरक्षरको रुपमा स्वीकार गर्दै संगठनको नीति र कार्यक्रमप्रति दृढ संकल्पमा छन् ।
यि कुराहरूले के स्पस्ट हुन्छ भने मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले महत्वपूणर् जिम्मेवारी र आफ्नो दायित्व पुरा गरिरहेको छ, तर यतिमात्र प्राप्त छैन कि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतस्थित सम्पुणर् नेपालीहरुलाई गोलबद्ध गर्दै अझ सशक्त जिम्मेवारी र दायित्व पुरा गर्नुपर्ने भएको छ । एउटा ठुलो जमात मूल प्रवाहको रातो झण्डामुनि गोलबद्ध भएको त छ तर त्यो जमातलाई बैचारिक र ब्यवहारिक रुपमा अझ सशक्त पार्न त्यतिकै जरुरी छ । उनीहरुलाई त्यस्तो सामाजिक कार्यकर्ताको रुपमा तयार पार्नु परेको छ कि जस्तो सुकै चुनौतिपुणर् परिस्थितिहरुमा आफ्नो संघर्षशिल स्प्रिडलाई निरन्तरता दिन सकुन् । अनुकूल परिस्थितिमा गोलबद्ध हुने तर कठिन परिस्थिति पलायन हुने जस्तो घोर अवसरबादी नभएर कठिन परिस्थितिहरुमा पनि दृढरुपमा प्रतिबद्ध भइरहने कार्यकर्ताको रपमा बिकसित हुन जरुरी छ ।
आज हामीलाई ऐतिहासिक दशौं दक्षिण भारत सम्मेलनपछि एउटा परिस्थिति सिर्जना भएको देखिएको छ जसलाई संगठनले कारबाही गरेर फालि सकेकाहरुले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको लोगो झण्डा र रजिस्ट्रेशन प्रयोग गरेर भ्रम सिर्जना गरिरहेका छन्, जसलाई न्यायप्रेमि नेपाली जनताको माझमा नङ्गाएर उनीहरुको भण्डाफोरमा जोड दिन जरुरी छ, कि उनीहरु मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नामबाट फुटपरस्त अवशरबादको भुमिका निभाएका छन् । जसलाई आज ऐतिहासिक दशौं दक्षिण भारत सम्मेलन गौरवमय हाम्रो संगठन बचाउन फोहोर सफा गरेको छ ।
अतः हामी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिको ऐतिहासिक दशौं दक्षिण भारत सम्मेलन सम्पन्नका साथ यि विषयहरुलाई कि गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, भारतस्थित प्रवाशी नेपालीहरुको मताधिकार एवम् समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरौं, यो नारा नै हाम्रो दशौं दक्षिण भारत सम्मेलनको सजिव उदाहरण हो ।
यस सन्दर्भमा यो कुराप्रति पनि स्पस्ट हुनुपर्दछ कि कुनै खाले चुनौतीहरुलाई कठिन अवस्थामा सशक्त प्रकारले सामना गर्न सकिनेछ, जब मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा गोलबद्ध भएकाहरु एउटा “भिड”को रुपमा मात्र सिमित नभएर बैचारिक रुपमा परिपक्व हुनुपर्दछ, विभिन्न प्रकारका वर्ग संघर्षहरुमा क्रियाशिल हुँदै आफ्नो स्तरलाई उठाउँदै गएमात्र तथापि त्यसप्रकारका कार्यकर्ताको जमातले नै जुनसुकै प्रकारको चुनौतिहरुलाई सशक्त प्रकारले सामना गर्न सक्ने छ।
हामी आशा र विश्वास गरांै यि विषयहरुलाई गम्भीरता साथ लिंदै ऐतिहासिक दशौं दक्षिण भारत सम्मेलनले स्पष्ट र ठोस प्रकारले दिशा निर्देश गर्ने छ । अझ ब्यापक र सशक्त प्रकारले आफ्नो संघर्षशिल पाईलाहरुलाई निरन्तरता दिंदै जाने छ र हामी पनि दृढता ब्यक्त गरौं कि ऐतिहासिक दशौं दक्षिण भारत सम्मेलनले देखाएको बाटोमा अझ सशक्त प्रकारले प्रतिबद्ध हुनेछौं । सम्मेलनले निर्धारित गरेका नीति र कार्यक्रमहरुलाई जनता माझ पुरा गर्न दृढ संकल्प गर्दछौं ।
अन्त्यमा :-
संसारका मजदुर- एक हौं !
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जिन्दावाद !!