आदणिय अध्यक्ष मण्डल ज्यू,
दशौं दक्षिण भारत क्षेत्रीय सम्मेलनमा उपस्थित अथितिगण, प्रतिनिधि प्रवेक्षक,आमन्त्रिक दर्शक, स्वयंसेवक एंव कलाकारहरु सम्पुणर्मा कृतज्ञता सहित हार्दिक अभिनन्दन् गर्न चाहन्छौं ।
हामी सबैलाई जानाकारी भएको विषय हो, तत्कालिन अखिल भारत नेपाली एकता समाज र बर्तमान मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको स्थापना ७ नभेम्वर १९७९ भारतको ऐतिहासिक पर्यटकीय राज्य वाणारशीमा भएको थियो । संगठनका संस्थापक सभापति गोविन्द सिंह थापा, उपसभापति रामचन्द्र पौडेल, मन्त्री पदम राना, उपमन्त्री दण्डपानी न्यौंपाने र सदस्यहरुमा, रतन बहादुर, राजु नेपाली र दुर्गा शर्मा रहनु भएको थियो।
संगठनको स्थापना हुँदै गर्दा भारतका विभिन्न राज्यहरुमा विभिन्न प्रकारका नामधारी संस्थाहरु स्थापित थिए । ती संस्थाहरुले भारतमा रहेका श्रमिक नेपालीहरुबाट देशका स्कूल, पाटीपौवां, मोठ मन्दिर, पुल पुलपुलेसा, बाटो घाटो, निर्माण गर्ने वहानामा आर्थिक संकलन गर्दै आएका थिए । उनीहरुका उक्त गतिविधिले देशको निरंकुश पञ्चायती शासनको चपेटाबाट प्रताडित हुँदै रोजगारको अभावले भारत पस्न बाध्य र भारतमा पनि मालिकहरुद्धारा अन्याय र अपमानको विकाराल पीडा भोग्न विवश श्रमिकहरुको समस्या पहिचान गर्दै न्यायको पक्षमा लड्न र आम प्रवासी नेपाली श्रमिकहरुका समस्या सम्बोधन गर्न सम्भव थिएन । यी तमाम् समस्याहरुलाई मध्यनजर गर्दै, संगठित शक्तिले मात्र भारतमा रहेका नेपाली मजदुरहरुका समस्याहरु सम्बोधन गर्न र हकहित र उत्थानको सम्भव हुने दृढ विश्वासका साथ संगठनको स्थापना भएको थियो।
यहाँसम्म आईपुग्दा संगठनले ४३ बर्षको संघर्षशिल अनुभव सहित गौरवमय यात्रा पारगरि ऐतिहासिक विरासत कायम राख्न सफल भएको छ। आठांै अखिल भारत नेपाली एकता सम्मेलन कूशलता पुर्वक सम्पन्न भैसकेको छ । आठौं अखिल भारत सम्मेलनपूर्व संगठनका संस्थापक उपसभापति श्री रामचन्द्र पौडेल, मन्त्री पदम रानाको दुखद् निधन भएको छ । संगठन विस्तार र ब्यापकता दिने क्रममा सयौं नेता कार्यकर्ताको पनि देहान्त भएको छ । हामी यो सम्मेलनको ऐतिहासिक घडिमा संगठनको निम्ति बलिदान दिनुभएका सम्पुणर् अग्रज साथै प्रेरेणाका स्रोतहरुप्रति स्मरण गर्न चाहन्छौं र वहाँहरुको योगदानको उच्च सम्मान गर्दै श्रद्धा सुमन अर्पण गर्दछौं ।
सातौं अखिल भारत सम्मेलनबाट निर्वाचित अध्यक्ष श्री मित्र लाल शर्मा, दक्षिण भारतबाट प्रतिनिधित्व गर्दै निर्वाचित हुनु भएका तत्कालिन कोषाअध्यक्ष खड्क बहादुर जिसी, सदस्य कमल गैरे र रुक बहादुर केसी क्षेत्रीय समितिका सदस्य श्री खड्क बहादुर गिरी, वेगंलोर दक्षिण नगरका बहादुर सिंहं, विवि थापा, कोईम्बत्तुर नगरका पदम केसी, चेन्नई पश्चिम नगरका पदम पौडेल, वविता गायक (जचितम्बरम् नगर समिति)प्रति भावपुणर् श्रदाञ्जली अर्पण गर्दछौं।
कोभिड १९ संक्रमणबाट निधन हुनु भएका हाम्रा सदस्य शुभचीनतक एंव देश विदेशमा पनि प्रभावित भई ज्यान गुमाउनु भएका आम नागरिकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौं । विभिन्न रोग ब्याधि र दुर्घट्नाबाट असामायिक निधन हुनुभएका क्षेत्र नगर एरिया र टोल समितिका सदस्यहरुमा श्रद्धा सुमन अर्पण गर्दछौं ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भारतमा रहेका प्रवासी नेपाली श्रमिकहरुको हकहित र न्यायको पक्षमा आवाज बुलन्द गर्ने सामाजिक संगठन हो । यसको लक्ष्य र उदेश्यमा समर्पित हुँदै दक्षिण भारत क्षेत्रीय समितिले पनि त्यहि अनुरुप आफ्ना गतिविधिहरु निरन्तर अघि वढाउँदै आएको छ । यो संगठनात्मक प्रगति प्रतिवेदनमा सम्भव भएसम्म संक्षिप्तमा प्रगति कार्यहरुलाई समावेश गर्ने कोशिस गरिएको छ । बन्द-शत्रमा सहभागी प्रतिनिधि प्रवेक्षकहरुबाट आउने सकारात्मक र रचनात्मक सुझावहरुले यसमा पुणर्ता पाउने छ भन्नेमा हामी विश्वस्त छौं ।
भुमिकाः
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको स्थापना पश्चायत भारतका विभिन्न राज्यहरुमा संगठन विस्तार गर्ने क्रम अभियानको रुपमा सञ्चालन भएका थिए । त्यहि शिलशिला अनुरुप दक्षिण भारतमा पनि प्रभाव नपर्ने कुरा हुँदैनथ्यो । त्यो समयमा दक्षिण भारतमा पनि विभिन्न नामधारी संस्थाहरु स्थापित थिए । तिनीहरुले धार्मिक अन्धविश्वास लगायत एक वा अर्को प्रकारबाट देशको सामान्ति निरंकूश ब्यबस्थाको पक्षपोषण गर्दथे । केहि टाठावाठा ब्यक्तिहरुको निहित स्वार्थ पुर्तिको चंगुलमा सोझा सिधा श्रमिक नेपालीहरु फसेका थिए । नेपालमा निरंकूश तानाशाही पञ्चायती ब्यबस्था कायम थियो । केहि तत्वहरु एकता समाज कम्यूनिष्टहरुको संगठन हो भन्दै अफवाह फेलाउँदै डर त्रास दिने गर्दथे । सिधासाधा श्रमिक नेपालीहरुको भयदोहन गरि आफ्नो निहित स्वार्थ पूरा गर्दै आएका थिए त्यस प्रकारका तत्वहरुसँग पौठेजोरी खेल्दै संगठन विस्तार गर्न अत्यन्तै कठिन थियो । सचेत नेता कार्यकर्ताहरुको पहल र निरन्तरको परिश्रमले ती तमाम् प्रकारका भ्रम र ब्यबधानहरुलाई चिर्दै दक्षिण भारतमा सन् १९८० मा क्षेत्रीय समिति निर्माण भएको थियो। स्थापना काल पश्चायत विभिन्न काल खण्डमा संगठनमा देखापर्दै आएका अनुशासन विहिन फुटप्ररस्त र अराजक गतिविधिहरुको वैचारिक प्रतिबाद गर्दै भ्रम र तमाम् समस्याहरुको दृढता पुर्वक सामाना गर्दै दक्षिण भारत क्षेत्रीय समितिले आफ्नो गौरवमय संघर्षशिल यात्रा निरन्तर कायम राख्न सफल भएको छ । संगठन विस्तार विकाश र संरक्षण गर्दै यो स्तरमा ल्याई पुराउन सचेत र संगठित कार्यकर्ताको अहम भुमिका रहेको छ । सम्मेलनको सन्दर्भमा वैचारिकपक्ष धरतामा स्पष्ट र संगठनको लक्ष्य उदेश्यप्रति निष्ठावान आम कार्यकर्ता सदस्य शुभचीनतकहरुप्रति विशेष अभिनन्दन् गर्न चाहन्छौं ।
दक्षिण भारत क्षेत्रीय समितिको स्थापना पछि प्रथम सम्मेलन सन् १९८१, दोस्रो, १९८५, तेस्रो १९८९, चौंथो ८-९ सेप्टेम्बर १९९१, पाँचौं १९९४, छैटौं १९९७, सातौं २००३, आठौं, १६-१७ अप्रिल २०११ नवौं, १६-१७ अप्रिल २०१६ मा सम्पन्न भईसकेका छन् । आज हामी ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं भारतस्थित प्रवासी नेपालीहरुको मताधिकार र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरौं’ भन्ने मूल नारा सहित दशौं सम्मेलनमा उपस्थित भएका छौं ।
संगठनको स्थापना पछि संगठन विस्तारले व्यापक रुप लिंदै आएको छ । देशमा चल्ने न्यायपुणर् र प्रजातान्त्रिक आन्दोलनप्रति पनि सहयोग र समर्थन गर्दै आएको छ । त्यति मात्र होईन देशका शासकहरुले विभिन्न कालखण्डमा गरेका राष्ट्रघाती सन्धि समझौता विरुद्ध उठ्ने आन्दोलनहरुको पक्षमा सहयोग र समर्थन रहँदै आएको छ। भारत सरकारले लगाएको नाकाबन्दी, सिमा अतिक्रमण लगायत संघीयता विरुद्धको आन्दोलनमा क्षेत्रीय समितिले प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग र समर्थन गर्दै महत्वपुणर् भुमिका निर्वाह गर्दै आएको छ । एमसीसी र राष्ट्रघाती नागरिकता विधेयक विरुद्ध अन्तरक्रिया र रचनात्मक कार्यक्रमहरुको आयोजना गरि नागरिकहरुलाई सचेत बनाउने कार्यहरु भएका छन् । देशमा हुने प्राकृतिक प्रकोप भुकम्प पिडित बाढी पिडितहरुलाई संगठनले आर्थिक संकलन गरि राहत स्वरुप सहयोग पठाउँदै आएको छ ।
दक्षिण भारतस्थित प्रवासी नेपाली श्रमिकहरु माथी आईपर्ने विभिन्न समस्याहरुको पहिचान गरि समाधान तर्फ सदैव प्रयत्नशिल रहि रहेको छ । मालिकहरुद्धारा उत्पिडनमा परेका वा समयमा वेतन नदिई तड्पिएका श्रमिकहरुलाई संगठनको तर्फबाट बार्ता समन्वय मार्फत समस्या समाधन हुँदै आएका छन् । बेखर्चि अशक्त असाय र विचल्लीमा परेका नेपालीहरुलाई संगठनले जानाकारी पाएसम्म सहयोग गर्दै सम्बन्धित स्थानमा पुराउने वातावरण सिर्जना गर्दै आएको छ । कतिपय समयमा नेपाली महिला र पुरुषहरु पनि लापत्ता हुने गरेका छन्, ती महिलाहरुको खोज तलास्को लागि संगठनको सञ्जाल मार्फत सफल हुँदै सम्बन्धित पक्षलाई बुझाउने कार्य हुँदै आएको छ। नेपालीहरु विभिन्न समयमा सवारी दुर्घट्ना परि घाईते हुने कतिपयको निधन समेत हुने हुँदा प्रशासानिक फार्मेन्टी पूरा गरि संगठनको तर्फबाट मुद्धा लड्ने र पिडित परिवारहरुलाई राहत उपलब्ध गराउने कार्यहरु भएका छन् । नेपालीहरु स्वेदश फर्किने क्रममा रेलवे स्टेशन, बस अड्डा, रेल भित्र र सिमानामा पनि विभिन्न अपराधिक तत्वहरुले विभिन्न वाहनामा दुःख दिने र लुट्ने गर्दछन् । त्यस प्रकारका अवाञ्छनिय कार्यप्रति ध्यान दिंदै संगठनले विभिन्न समयमा सम्बन्धित राज्यका मुख्यमन्त्रीहरुलाई ज्ञापन पत्र बुझाउँदै गलत कार्यहरु रोक्न ध्यान आकर्षण गराउँदै आएको छ । नेपालीहरु माथी हुने दुर्यव्यवहार ज्यादति र मृत्यूहरुमा संगठनले संगठनको तर्फबाट आर्थिक भौतिक कतिपय अबस्थामा आवाश्यकता अनुसार प्रशासानिक र कानुनी रुपमा पनि सहयोग गर्दै आएको छ ।
सन् २०२० मा कोभिड १९ तिब्र रुपमा फैलिदै गईरहेको थियो । संक्रमणको जोखिमलाई न्यूनिकरण गर्ने उदेश्यले भारत सरकारले पुरै देश लकडाउन गरेको अबस्थामा असंगठित स्थानहरु होटल, रेष्टुरेन्ट, फुटपाथमा कार्यरत नेपालीहरु अत्यन्तै अप्ठारो स्थितिमा परेका थिए । उनीहरुको नबस्ने बास, नखाने गासको अबस्था थियो । उनीहरु सहजै स्वदेश फर्किने वातावरण पनि थिएन । त्यो अबस्थामा संगठनका कार्यकर्ताहरुबाट उनीहरुलाई राशन पानी लगायत न्यूनतम् अवाश्यकता पुर्ति गर्न महत्वपुणर् भुमिका निर्वाह भएको थियो । क्षेत्रस्थित विभिन्न नगर समिति र अन्तर्गत पर्ने स्थानहरुमा विचल्लीमा परेका नेपाली मजदुरहरुको संख्या संकलन गरि केन्द्रीय समितिमा पठाईएको थियो । केन्द्रीय समितिले भारत स्थित नेपाली मजदुरहरुका तत्कालिन पिडा र समस्या राजमो प्रतिनिधि माननीय सांसद दुर्गा पौडेललाई अवगत गराएको थियो। केन्द्रीय समितिले संकलन गरि पठाएको संख्यामा दक्षिण भारतबाट संकलन गरिएका संख्या पनि समावेश गरिएको थियो । माननीय सांसद दुर्गा पौडेलले सदनद्धारा सरकारको ध्यानाकर्षण गराउनु हुँदै, विदेशमा विचल्लीमा परेका नेपाली मजदुरहरुको ब्यवस्थापन मिलाउन नेपाल सरकारसँग जोडदार माग गर्नु भएको थियो । संगठनको उदेश्य नै भारतस्थित प्रवासी नेपाली मजदुरहरुको हकहित र देशभक्तिपुणर् भावना जागृत गराउँदै न्यायको पक्षमा काम गर्ने भएको हुदा दक्षिण भारत क्षेत्रीय समितिले पनि सम्भव भएसम्म मजदुर नेपालीहरुको पक्षमा निरन्तर काम गर्दै आएको छ ।
राष्ट्रिय परिस्थितिः
हाम्रो देश अर्धसामान्ती र अर्धऔपनिवेशिक ब्यवस्था भएको देश हो । यो ब्यवस्थाद्धारा नेपाली जनताका आधारभुत समस्याहरु समाधान हुन सम्भव छैन । देशमा लोकतन्त्र स्थापना भए पनि राज्यका संरचनाहरु सामान्ती र यथास्थिति प्रकारबाट सञ्चालन हुँदै आएका छन् । अर्को तर्फ देश स्वाधिन र स्वतन्त्र राष्ट भनिए पनि साम्राज्यबादीहरुको खुला अर्थतन्त्र नीति र भुमण्डलीकरणबाट मुक्त छैन । देशमा भएका उद्योग धन्दा कलकारखाना प्राकृतिक स्रोतहरु शासकहरुले विदेशीहरुलाई सुम्पिंदै आएका छन् । हजारौंको संख्यामा उर्जाशिल युवाहरु विदेशिन बाध्य छन्। ती युवाहरुले पठाएको रेमिटेन्स् अन्तर्राष्ट्रिय दातृ संस्थाका अनुदान र विभिन्न राष्ट्रहरुबाट उपलब्ध ऋृणबाट देश चलेको छ। एकजना नागरिकको टाउकोमा झण्डै पचास हजार ऋृण पुगेको तथाकंले देखाउँछ । सरकारले विदेशिन बाध्य युवा शक्तिलाई देशमा नै रोजगारको वातावरण सिर्जना गर्न ध्यान दिएको पाईदैन । संविधानमा समाजबाद उन्मूख राज्य लेखिएको भए पनि सरकारका नीति कार्यक्रम र बजेटमा समाजबादलाई टेवा पुराउने कार्यक्रम समेटिएको पाईदैन। शासकहरुका गलत नीति आत्मसमपणर् चीनतन र दलाली प्रवृतिका कारण राष्ट्रिय स्वाधिनता सार्भौमिकता र भौगोलिक अखण्डता रक्षाको प्रश्न अरु जटिल बन्दै गएको छ । नेपाललाई विखण्डन गर्न र क्षेत्रीय लडाई लडाउँदै आफ्नो स्वार्थ पुरा गर्ने उदेश्यले विदेशी शक्ती केन्द्रले बोकाईएको संघीयता देशले थेग्न सक्ने अबस्था नै थिएन। नेपालको सन्दर्भमा संघीयता पुरै असफलसिद्ध भएको छ । आम नागरिक र बिस्तारै संघीयताको भारी बोकेका राजनीति दलहरुले पनि संघीयताका दुष्परिणाम महशुष गरिरहेका छन् । त्यसकारण खारेजका आवाजहरु सुनिन थालिएको छ। नेपालको सन्दर्भमा संघीय प्रणाली अन्तर्गतका संरचनाहरु खारेजको विकल्प छैन।
अमेरिकी साम्राज्यबादको हिन्द प्रशान्त क्षेत्रमा सुरक्षा विस्तार गर्ने उदेश्यले सुरक्षा रणनीति, ईण्डोप्यासाफिक स्टाट्जी (आईपिएस) त्यहि अन्तर्गतको परियोजना मिलिनियम् च्यालेन्ज कर्पोरेशन (एमसिसी) केही महिना पहिला नेपाल सरकारले प्राविधिक मतद्धारा संसदबाट अनुमोदन गरेको छ । एमसीसी विरुद्ध नेपालमा ठुलो जनमत थियो । विपक्षमा विरोध र आन्दोलनहरु चल्दै आएको परिपेक्षमा सरकारले जबरजस्ती अनुमोदन गरेको छ । एमसीसीमा भएका बुँदागत सर्तहरु अध्ययन गर्दा पनि सहजै बुझ्न सकिन्छ । एमसीसी विशुद्ध अनुदान नभई अमेरिकि साम्राज्यबादले चीनलाई घेर्ने कुत्सित मनशायले नेपालमा केही रकम लगानी गरिरहेको छ। त्यो आफैमा नेपालको असंलग्न परराष्ट्र नीति विरुद्ध छ । जबरजस्ती नेपाललाई साम्राज्यबादी पोल्टामा धकेल्दै चीन विरोधी कित्तामा नेपाललाई खडा गरिंदै छ। नेपाललाई रणमैदान षडयन्त्र हुँदैछ त्यो गलत भएको छ।
नेपालको दक्षिण, उत्तर तिर अरबौ जनसंख्या भएका देश छन् । दक्षिण तिर नेपालका सिमाहरु खुला छन् । दुई शक्ती राष्ट्र र अरबौं जनसंख्या विचमा अबस्थिति झण्डै तीन करोड जनसंख्या भएको देश नेपाल, नागरिकता जस्तो संवेदनशिल विषयलाई देशका शासकहरुले अत्यन्तै गैरजिम्मेदारी पुर्वक जन्मको आधारमा नागरिकता प्राप्त गरेका अभिभावकका सन्तानहरुलाई वंशजको आधारमा नागरिकता वितरण गर्ने गलत नीति अपनाउँदै छन् । त्यस प्रकारका नीति अनुसार नागरिकता वितरण गरिए वास्तविक नेपालीहरु अल्पमतमा पर्ने प्रवल सम्भावना हुन्छ । परिणाम स्वरुप देशको अस्तित्व समाप्त हुनेछ । देशभक्त नागरिकहरुको लागि गम्भीर विषय हो । त्यसप्रकारका गलत नीतिको कडा विरोध गर्नु पर्ने आवाश्यकता छ।
यसका वावुजुद पनि नेपाली जनताहरुले विभिन्न चरणमा वा सत्तरी बर्षको संघर्ष, आन्दोलन, त्याग, बलिदानबाट प्राप्त उपलब्धि संविधान सभाबाट जनप्रतिनिधि मार्फत देशले नयाँ संविधान पाएको छ । वुर्जुवा भए पनि गणतन्त्र स्थापित भएको छ । गणतन्त्र धर्मनिपेक्षता समानुपातिक प्रतिनिधित्व मौलिक हक अधिकार संविधानमा सुनिश्चित गरिएको छ। ति तत्कालिन परिस्थितिमा सकारात्मक उपलब्धि हुन्। ति उपलब्धिहरु समाप्त पार्न प्रतिगामि तत्वहरु संगठित रुपमा लागेका छन्, विदेशी केही शक्तिकेन्द्रहरु पनि धर्मनिपेक्षता र प्राप्त उपलब्धिको विरुद्ध हिन्दुराज्य स्थापना गर्ने उदेश्यले प्रतिगामि तत्वहरुलाई सहयोग गरिरहेका छन्। त्यस अनुरुप विभिन्न समयमा आफ्ना अनुकूलका पात्रहरुलाई उपयोग गर्दै आएका छन्। अहिले पनि आन्दोलनका उपलब्धिहरु माथी कालो बादल मडारिएको छ। त्यसकारण आन्दोलनबाट प्राप्त उपलब्धिहरुले आम जनताहरुका आधार भुत समस्या समाधान र सम्बोधन गर्न सम्भव नभए पनि। प्राप्त उपलब्धिहरुको आधारमा टेकि उच्च स्तरको ब्यवस्थाको लागि आधार तयार पार्न महान जनआन्दोलन र शहिदहरुका बलिदान द्धारा प्राप्त उपलब्धिहरुको रक्षा गर्नु पर्ने अहिलेको अपरिहार्य आवाश्यकता छ।
अन्तर्राष्ट्रिय परिस्थितिः
अन्तर्राष्ट्रिय साम्राज्यबादी शक्तिकेन्द्रहरु आन्तारिक दन्द्धबाट आफैमा ग्रसित छन्। उनीहरुको आन्तारिक दन्द्धले अन्य अल्पविकसित र विकाशउन्मूख राष्ट्र र न्याय प्रेमि जनताहरु बलिको बोका बन्नु परेको छ। साम्राज्यबादीहरुको चरित्र नै शान्ती र प्रजातन्त्र वहालको वाहनामा विभिन्न राष्ट्रहरुमा हस्तपेक्ष गर्ने र ती राष्ट्रहरुका प्राकृतिक स्रोत साधन कब्जा गर्न मानव नरसंहार मच्चाउने र आफ्ना कठपुतलीहरु स्थापित गर्ने हुन्छ । विश्व साम्राज्यबाद अमेरिकाले शुरुमा साथ दिए झै गर्ने एकसँग अर्को राष्ट्रलाई लडाई युद्ध तर्फ धकेल्दिने र हातहतियार बिक्रि गर्दै आफ्ना आन्तारिक अर्थ समस्याहरु समाधान गर्ने षडयन्त्र गर्दै आएको छ। पछिल्लो युक्रेनको घट्नाबाट बुझ्न सकिन्छ कि शुरुमा अमेरिका र अन्य साम्राज्यबादी राष्ट्रहरुले युक्रेनर्लाइ रसियासँग लड्न साथ दिन्छौं भन्दै उक्साए पछिल्लो समयमा युक्रेनको साथ छोड्दै गएका छन् । साम्राज्यबादी देशका शासक भित्रै युक्रेन र रसिया विचको युद्धमा आन्तारिक दन्द चर्किरहेको छ । त्यहि कारण कतिपय साम्राज्यबादी शासकहरु सत्ता च्युत हुने अबस्था छ ।
खासमा युक्रेन र रसियाको युद्ध नै थिएन । साम्राज्यबादीहरुले आफ्ना स्वार्थ पुरा गर्न युक्रेनको आफ्नो कठपुतली शासकलाई प्रयोग गर्दै रसियासँग जबरजस्ती युद्धमा धकेलिदिएको थियो । अन्ततः युक्रेन आफ्नो अस्तित्व बचाउन कठिन परिस्थिति झेल्दै छ । निर्दोष जनताको अनाहकमा नरसंहार भएको छ ।
विश्व साम्राज्यबाद बाह्रियरुपमा शक्तिशाली देखिए पनि आन्तारिक रुपमा धेरै कमजोर भएको छ । पछिल्लो पटक अफगानिस्तानबाट लखेटिनु पर्यो । विश्वका राष्ट्रभक्ति र न्यायप्रेमी जनसमुदायहरुले कडा विरोध गर्दै आएका छन् । झन पछि झन उदांगिदै गएको छ।
पर्यावरण :
साम्राज्यबादीहरुले आणविक हात हतियार अणुवम क्षेप्यास्त्र उत्पादनको प्रतिस्पर्धाले विश्व पर्यावरण संरक्षणमा अत्यन्तै जटिल परिस्थिति निम्तिएको छ । विश्वभरी मुख्य गरि अल्पविकशित र विकाश उन्मूख राष्ट्रहरुमा नकारात्मक प्रभाव परेको छ । जलवायु परिवर्तनको असरले आम जनसमुदाय कृषि उत्पादक मात्र होईन पशुपंक्षि जनवारहरु पनि प्रताडित भएका छन् । हिमालहरु पग्लिदै जाने पृथ्वीमा तापक्रम बढ्ने वेमौसममा बर्षात हुने गरेका छन् । पुँजिबादी मूलुकहरुको प्राकृतिक दोहनले विश्व जनसमुदायहरु उत्पिडनमा पर्नु परेको छ । अरु केहि बर्षमा यहि प्रकारबाट साम्राज्यबादीहरुले केमिकलहरुका आणविक भट्टि र हात हतियार उत्पादनमा प्रतिस्पर्धा गर्दै जाँदा पृथ्विमा मानव समाजको नै अस्तित्व मेटिने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । त्यसकारण पर्यावरण रक्षाको निम्ति पनि साम्राज्यबादी राष्ट्रका गलत नीतिको भण्डाफोर गर्नु आवाश्यकता छ ।
नवौ सम्मेलन पछि दशौं सम्मेलनसम्म आइपुग्दा संगठनले गरेका कार्यहरु :
नवौं क्षेत्रीय सम्मेलन पछि क्षेत्र र अन्तर्गतका नगर समितिहरुमा संगठनको आवाश्यकता र संगठनात्मक प्रणालीलाई मध्य नजर गर्दै संगठन विस्तार सम्मेलन भेला गठन पुर्नगठन हुँदै आएका छन् र क्षेत्रीय समितिहरुका बैठकहरु निरन्तर बस्दै आएका छन् । नवौं सम्मेलन पछि संगठनमा अनुशासन विहिन अराजक र फुटप्रस्तहरुका गुटजन्य गतिविधिहरु देखापरे ती तत्वहरुले संगठनलाई समाप्त गर्ने उदेश्य सहित संगठनको नाममा समानन्तर गतिविधि सञ्चालन गर्दै आएका थिए र छन् । केही कार्यकर्ताहरुलाई भ्रम पार्ने दुस्साहस पनि भयो । समयक्रममा केहि कार्यकर्ताहरु उनीहरुको भ्रमबाट मुक्त हुँदै संगठनमा फर्किएका छन् भने केहि उनीहरुको भुलभुलैयामा फसिरहेका छन् । हाम्रो प्रयत्न भ्रमबस फुटप्ररस्त गतिविधिमा संलग्न कार्यकर्ता सदस्य शुभचिन्तकहरुलाई स्पष्ट पार्ने रहँदै आएको छ । नवौं सम्मेलन पछि तत्कालिन नेतृत्व र केही समितिका सदस्यहरु अनुशासन विहिन र संगठन विरोधी गतिविधिमा संलग्न हुँदै गुटजन्य क्रियाकलाप र संगठनको नाम दुरुपयोग गरि समानन्तर समितिहरु गठन गर्दै हिडेका थिए । मूलतः संगठनको ऐतिहासिक विरासतलाई समाप्त पार्ने षडयन्त्रहरु आधिकारिक रुपमा प्रमाणित हुँदै आए बारम्बारका सुझावले पनि नसुध्रिए पछि, तिब्ररुपमा संगठनात्मक पद्धति विरोधी गतिविधिलाई निरन्तर दिए पछि अनुशासन विहिन संगठन विरोधी गतिविधिको प्रतिबाद गर्न आवश्यकता भयो । फलस्वरुपः संगठनको गौरवमय ईतिहास कायम राख्न अनुशासन विहिन तत्वहरुलाईले समितिबाट निस्काशन गर्न बाध्य भयौं ।
तत्कालिन खास परिस्थितिलाई मध्यनजर गर्दै १० जुलाई २०२१ मा प्रथम भेला सम्पन्न भएको थियो। त्यहि अनुरुप क्षेत्र अन्तर्गतका कतिपय नगरहरुमा पनि आवश्यकता अनुसार भेलाहरु सम्पन्न भएका छन् । भेला पछि संगठनका कार्यहरु निर्वाध रुपमा निरन्तर अघि वढ्दै आएका छन् ।
क्षेत्र अन्तर्गत १९ वटा नगर समितिहरु छन् । जसमा- (१) चेन्नई उत्तर, (२) चेन्नेई पश्चिम, (३) चेन्नई दक्षिण, (४) चेन्नेई पुर्व, (५) पाण्डिचेरी, (६) बेगंलोर उत्तर, (७) वेगंलोर दक्षिण, (८) चितम्बरम्, (९) ईरोड, (१०) कोईम्बत्तुर, (११) निलगिरी, (१२) नेल्लोर, (१३) कोचीन, (केरला) (१४) कोट्टायाम् (केरला) (१५) भेल्लुर (१६) करुर,(१७) तिभेन्द्रमपूरम् (केरला) (१८) पलनी, (१९) चंगलपेट रहेका छन्। चंगलपेट र पलनी नगरमा सामान्य सम्पर्क रहेको छ, अन्य नगर समितिहरु क्रियाशिल छन् ।
(१) क्षेत्र अन्तर्गत – विभागिय समितिहरु- महिला विभाग, विद्यार्थी, समता विभाग, जनजाति विभाग, साँस्कृतिक विभाग, खेलकूद विभाग, मुद्धा विभाग गठन भएका छन्।
२०२१, को सदस्य…….. २०२२को सदस्यता….. अभियान जारी रहेको छ ।
(२) विभिन्न समयमा केन्द्रीय समितिबाट आयोजना गरिएका प्रत्येक्ष वा भर्चुअल कार्यक्रमा सहभागी हुँदै आएको छ ।
क्षेत्रको आयोजनामा भर्चुअल माध्यमबाट रचनात्मक कार्यक्रमहरुको आयोजना हुँदै आएका छन् । स्थापना साथै अन्तर्राष्ट्रिय दिवशहरु मनाउँदै आएको छ । नेपालमा आयोजना हुने विभिन्न राष्ट्रियता र जनपक्षीय कार्यक्रमहरुप्रति ऐक्यवद्धता जाहेर गर्दै आएको छ ।
(३) क्षेत्रमा विभिन्न समयमा उपलब्ध भएका प्रकाशनहरु नगर समितिहरुमा पुराउने र बिक्रि वितरण गर्ने कार्य भएका छन् ।
(क) सन् २०२२, बिक्रम सम्वत- २०७९ नेपाली क्यालेण्डरहरु प्रत्येक नगरहरुमा विक्रि वितरण भएका छन् ।
(ख) नेपाली समचार साप्ताहिक पत्रिका ग्राहक संख्या २०२२ को दक्षिण भारत क्षेत्रमा……… रहेको छ ।
(ग) गत स्थानिय निकायको निर्वाचनमा क्षेत्र र नगरहरुका धेरै सदस्यहरु स्वदेश गई राजमोका उमेदबारहरुलाई विजय गराउन र संगठनको प्रचार प्रसारमा महत्वपुणर् भुमिका निर्वाह भएका छन्।
दशौं सम्मेलन सम्म आईपुग्दा र प्रथम भेला पछि क्षेत्रीय संगठन समितिका सचिवालयका…पाँचौ……. वसेका छन् र विस्तारिक बैठक सहित……सातौं…..पुणर् बैठकहरु सम्पन्न भएका छन् ।
संगठनबाट निस्काशित ब्यक्तिहरुले संगठनका रेकर्ड सामाग्री र बैठकमा उपस्थिति रजिष्ट्रर बुक सहित कब्जा गरेको कारण प्रतिवेदनमा नवौं सम्मेलन पछि भए गरेका संगठनका प्रगति कार्यहरु बुँदागत समावेश गर्न असमर्थ भएका छौं । सम्मेलनका प्रतिनिधि पर्यवेक्षकहरुले त्यहि रुपमा बुझिदिनु हुन विनम्र अनुरोध गर्दछौं।