पश्चिम भारतमा भव्य तीज कार्यक्रम सम्पन्न

वापी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय महिला बिभागको आयोजनामा प्रगतिशील तीजि कार्यक्रम वापिको ग्रिन भ्यु हलमा भब्य रुपमा सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता पश्चिम भारत क्षेत्रीय महिला बिभाग कि संयोजक शोभा धामिले र सञ्चालन विना काउछाले गर्नुभएको थियो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समिति सचिव वेद बहादुर कार्कीको प्रमुख आतित्थ्यता र केन्द्रीय समिति सचिवालय सदस्य धनवीर पुनको विशिष्ठ आतित्थ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा केन्द्रीय समिति सदस्य गोविन्द बहादुर थापा, रमकला काउछा, केन्द्रीय वैकल्पिक सदस्य कृष्ण कुंवर, श्रिधर शर्मा, पस्चिम भारत क्षेत्रीय समितिका सदस्य निखिल रावत, बाबुराम दहित, भुवन धामी, विष्णु मायाँ शर्मा, दिपेश लिम्बु, पश्चिम भारत क्षेत्रीय समिति सल्हाकार सदस्य लक्ष्मी कुँवर, दुर्गा राना, पवन गुरूङ सेर बहादुर विक, पश्चिम भारत क्षेत्रीय रक्तिम साँस्कृतिक संयोजक हरी काउछा, जनजाति विभाग संयोजक प्रविन सिंह काउछा समता विभाग संयोजक चन्द्र विक लगायतको अतिथ्त्याता रहेको थियो ।

कार्यक्रममा दिपा ढकालले स्वागत मन्तव्यबाट र रक्तिम कलाकारहरुले स्वागत गितबाट उपस्थिति आमा वुवा दाजु भाई दिदी बहिनी र अथितीहरुलाई स्वागत गर्नु भएको थियो । विभिन्न नगर र एरियादेखि प्रगतिशील तीजि नृत्य प्रस्तुत गरिएको थियो ।

सोही अवसरमा एक कक्षादेखि डिग्रिसम्मका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि र अथितीले यति ठुलो विशाल कार्यक्रम आयोजना गरेकोमा पस्चिम भारत क्षेत्रीय महिला बिभागलाई धन्यवाद दिनुको साथै अब महिला दिदी बहिनीहरूले आफ्नो हक अधिकारको लागि एक जुट भएर उठ्नु पर्नेमा जोड दिनुभएको थियो ।

साइन ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज साइन महिला नगर विभागको आयोजनामा महिला नगर विभाग इन्चार्ज अनु वर्माको अध्यक्षतामा सविना कुँवरको सञ्चालनमा सम्पन्न भएको छ ।

केन्द्रीय परिषद सदस्य विन बहादुर रेग्मी, पश्चिम भारत क्षेत्रीय सहसचिव हरी कुमार गिरी, पश्चिम भारत महिला प्रतिनिधि सुस्मिता गिरी, गीता बस्याल, गीता राई, नगर अध्यक्ष रमेश थापा, उपाध्यक्ष प्रकाश जनालाको विशेष उपस्थितमा नगर सचिव रिता नेपालीको शब्द स्वागत गरिएको थियो । कलाकारहरुले गीत संगीतबाट स्वागत गरिएको थियो ।

संसार भर आज तीजको धुमधाम छ, हुनेखानेहरुको तिज र हुँदा खानेहरुको तिजमा फरक छ । प्रवासमा पनि दिदी बहिनी आमाहरुलाई एक ठाउँमा भेला गरेर एकता आजको आबस्यकता हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार