विकानेर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति बिकानेरमा महिला विभागको भेला सम्पन्न भएको छ । ३० अगस्त २०२२ का दिन केन्द्रीय सदस्य मोहन गिरीको विशेष उपस्थितिमा सम्पन्न उक्त भेलाले कमला पाण्डेको संयोजकत्वमा बिकानेरमा महिला विभागको नयाँ कार्यकारिणी चयन गरेको छ ।
जसमा संयोजक- कमला पाण्डे र अन्य सदस्यहरुमा मनिषा भुल, शान्ति देवी, उषा विक, सबिता शर्मा, अस्मिता पाण्डे, राम कुमारी राना, सरु राना, सृजना पराजुली, पुष्पा केसी, सानु शर्मा, भानु क्षेत्री, धनमाया, प्रेमकला बराल, गंगा देवी, मिरा भुल, रुपा भुल, सीता केसी, रिता केसी र सुना थापा रहनु भएकोछ ।
रामप्रसाद पोख्रेलको सञ्चालन, कमला पाण्डेको अध्यक्षतामा सम्पन्न उक्त भेलामा मनिषा भुलले स्वागत मन्तव्य राख्नुभएको थियो । प्रमुख अतिथि मोहन गिरीले महिलाहरुको समस्या र संगठनको आवश्यकता बारे प्रकाश पार्नु भएको थियो ।