नाडियाड । भैरवी गाउँपालीका कार्की गाउँ दैलेख निवासी केशव कार्कीका ४६ वर्षीय छोरा तुलाराम कार्कीको राजस्थानको बासवारा स्थित कुशलकोटमा दुःखद निधन भएको छ । कार्की होटल उडविलमा कार्यरत थिए ।
मृतक कार्कीको शवलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नाडियाड नगर समिति र मूल प्रवाहका पूर्व केन्द्रीय सदस्य भिमसिंह विष्टको पहलमा दाहसंस्कार गरिएको छ । नगर अध्यक्ष रविन्द्र विष्ट, क्षेत्रीय सदस्य जगत विष्ट, नगर समितिका नेता कार्यकर्ताहरु र होटल मालिक गरि करिब ५१ हजार भारु आर्थिक संकलन गरि दाहसंस्कार गरिएको हो ।
हामीलाई भिम सिंह विष्टले दिएको जानकारी अनुसार दाहसंस्कार गरि बचेको आर्थिक मृतकका परिवारलाई हस्तान्तरण गरिने छ ।