फरिदाबाद,
6 नोवेम्बर 2022 मूूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरिदाबाद नगर समितिको आयोजनामा सेक्टर 15को पार्कमा प्रगतिशिल जनवादी देउसी भैलो समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नगर अध्यक्ष बाबुराम बिस्टको अध्यक्षता र सहसचिव विष्णु बि.सी.को संचालनमा सम्पन्न समिक्षा कार्यक्रममा प्रमुख अतिथी केन्द्रिय अध्यक्ष ठाकुर खनाल अन्य अतिथीहरूमा केन्द्रीय सल्लाहकार रमेश बिस्ट, क्षेत्रीय समितिबाट चन्द्र अधिकारी, अखिल भारत नेपाली विद्यार्थी संघ(विद्यार्थी विभाग) केन्द्रिय कोषाध्यक्ष अजय रेश्मी, महिला विभागबाट माया बिसी, विद्याथी नगर विभाग फरिदाबादबाट कमला थापा, वरिष्ठ सदस्य सुर्य क्षेत्री एवं तामाराम ढकालको अतिथि आसन पछि ज्ञात-अज्ञात सहिदहरूप्रति प्रति १ मिनेटको मौनधारण कार्यक्रमा सहभागीहरूलाई सकुन्तला थापाले स्वागत गर्नु भयो ।
कार्यक्रममा सबिता थापा, राधा बि.सी., कमला थापा, बिमला थापा, मनिसा जि.सी. कमला बस्नेत, सिता सुवेदीले आ-आफ्ना विचार सहित २०७९ तिहारको उपलक्ष्यमा खेलिएको प्रगतिशिल भैलो कार्यक्रमको समिक्षा गर्नु भएको थियो भैलो कार्यक्रम भव्य सान्दार रूपमा सम्पन्न भएको सबैको मुल्यांकन थियो ।
कार्यक्रममा प्रतिशिल सांस्कृती, जनवादी भैलोको बारेमा प्रकास पार्दै अध्यक्ष ठाकुर खनालले भैलो हाम्रो संस्कृतीसंग जोडिको जिकर गर्दै सामन्य भैलो मनेरंजनको लागि मात्र हुने र प्रगतिशिल भैलो बहुसंख्यक जनताको दुख-कस्टको अन्तकोलागि परिवर्तनको लागि चलाईएको बैचारिक सांस्कृतीक आन्दोलन भएको हुदा सहभागी सबै धन्वादको पात्र भएको भन्दै भैलोमा सहभागी कार्यकर्ता कलाकार एवं सहयोगी सबैलाई केन्द्रीय समिति तर्फबाट धन्यवाद दिनु भयो ।
कार्यक्रममा देशमा अहिले निर्वाचन चलिरहेको छ। यो निर्वाचन प्रतिगमनको विरूद्ध आन्दोलनको हिस्सा समेत हो हिजो राजतन्त्रतात्कम व्यवस्था छदा जनताले बोल्न लेख्न पाउदैन थे सामान्य दुखका बेदाना गितमा गाउदा पनि दमन गर्ने गरिन्थ्यो । अहिले जनताको बलिदानीपूर्ण आन्दोलनको बलमा स्थापित गणतन्त्रलाई समाप्त गरि फेरि निरंकुसता निम्त्याउने प्रयत्न चलि रहेको छ । यो अवस्थामा आन्दोलनका उपलब्धीहरूलाई सुरक्षित गर्दै अगाडी बढ्नु पर्ने आजको आवश्यकता हो । त्यसैले आगामी मंसिर 4 गते हुने निर्वाचन प्रतिगमन विरूद्धमा राजमो सहितको वाम-लोकतान्त्रीक गठवन्धन र समानु पातिकमा राजमोलाई मतदान गर्न र गराउनु सबैलाई आवहान गर्नु भयो ।
प्रतिशिल भैलो कार्यक्रमा योगदान पुर्याउनु हुने कलाकारहरूलाई नगर समितिबाट स्मृती चिन्ह प्रदान गर्ने व्यवस्था थियो । जसको वितरण प्रमुख अतिथी ठाकुर खनालको हातबाट गरिएको थियो ।