दक्षिण हैदरावाद, ९ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण हैदरावाद नगर समिति अन्तर्गत रहेको एल.बि नगर टोल समितिको आयोजनामा वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ ।
वक्तृत्व कला प्रतियोगिता कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नगर अध्यक्ष विर बहादुर विकले ‘प्रवासमा काम गरेर गुजारा मात्रै चलाएर हुदैन, आफ्नो चेतनास्तर पनि वृद्धि गर्नुपर्दछ जसको लागि मूल प्रवाह अखिल भारत नेपाली एकत समाजमा संगठित हुन अति आवश्यकता रहेको बताउनु भयो ।
कार्यक्रममा उपस्थित प्रशिक्षार्थीहरूलाई मूल प्रवाहको बारेमा जानकारी गराउँदै नगर अध्यक्ष बि.क. र नगर सचिव भुपाल ठाडा रानामगरले प्रक्षिक्षण दिनुभएको थियो ।
प्रशिक्षण सँगसँगै “प्रवासमा नेपालीहरूको अवस्था” भन्ने विषयवस्तुमा वक्तृत्वकला प्रतियोगिता पनि गरिएको थियो । जसमा प्रतियोगीहरू यमुना घर्ती मगर, देविसरा घर्तीमगर, पुरन बहादुर घर्तीमगर, खडक् बहादुर थापामगर र स्यामलाल थापामगरले बोल्नुभएको थियो।
थमस घर्तीमगरको सञ्चालनबाट अघि बढेको उक्त कार्यक्रमको अध्यक्षता नुमलाल घर्तीमगरले गर्नुभएको थियो । अतिथिको आसनग्रहण, ज्ञात अज्ञात शहिदहरूप्रति १ मिनेट मौनधारण पश्चात खडक् बहादुर थापामगरले मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो।