ऐतिहाँसिक मजदुर दिवश – जिन्दावाद

सुरेशकुमार पाण्डे

संसार भरिका मजदुरले आज १३४औं मजदुर दिवस मनाउँदै छन् भने, अर्कोतर्फ मजदुरहरुको अधिकार खोशिएर छिन्नभिन्न भएर जटिल र दर्दनाक बन्दै गएको छ । अहिले मजदुरले आफूलाई मजदुर भन्न पनि लाज मान्नु पर्ने अबस्था छ । पुँजिवादका ठग वेइमानहरूले स्वयं मजदुरको बिचमा आ-आफ्ना एजेण्टहरू घुसाएर मजदुरहरूलाई टुक्राटुक्रामा विभाजित गरेको अहिलेको अबस्थामा पनि झन् मजदुर दिवसको ऐतिहासिक महत्व छ । अहिलेको अवस्था स्वतन्त्रताको ढोंग पिटेर गरिब श्रमजिवीहरूको भविष्यसँग खेलवाड गरिंदैछ । अहिलेको स्वतन्त्रता भनेको पुँजिपतिहरूको लागि नै हो ।

मई दिवसलाई नियालेर हेर्दा मजदुरहरूको त्याग र बलिदानी आन्दोलनको लामो पृष्ठभूमि छँदैछ तर, कार्य दिवसमा समयको निर्धारितमा पनि मई दिवसको अटुट् सम्बन्ध छ । जुनवेला सूर्य उदाएदेखि अस्ताउँदासम्म मजदुरहरूलाई कजाउँने प्रथा थियो । १२ देखि १८/२० घण्टासम्म मजदुरहरूलाई काम गर्नु पर्दथ्यो । त्यसको बिरूद्धमा उन्नाइसौं शताब्दिमा अमेरिकी मजदुरहरूले आवाज उठाएका थिए । सन् १८०६ मा अमेरिकाको सरकारले फिलाडेल्फियाका हड्ताली मोचिहरूका नेताहरूमा साझिसको मुकद्मा चलाए । यिनै मुद्धाहरूमा यो बिषय प्रष्ट भएको थियो । मजदुरहरूलाई १९/२० घण्टासम्म काम गराइन्थ्यो । उन्नीसवी सदिको दोस्रो र तेस्रो दशक कामका घण्टाहरू काम गर्नको लागि गरिएको हड्तालले भरिएको छ । कैयौं उद्योगिक केन्द्रमा त कामको समय दश घण्टा गर्ने माग पनि उठाइयो ।

“मैकेनिक्स युनियन आँफ फिलाडोल्फिया”लाई दुनियाँको पहिलो ट्रेडयुनियन मानिन्छ । जो १८२७ मा फिलाडोल्फियामा कामको समय दश घण्टा निर्धारित गराउँनको लागि निर्माण उद्योगमा एउटा हड्ताल गराउँने श्रेय पनि यसैलाई जान्छ । सन १८३४ मा न्यूयार्कमा नानवाइहरूको हड्तालको द्वौरान “वर्किंग मेन्स” नामको अखबारले छापेको थियो- पाउ रोटी उद्योगमा लागेका कारिगर वर्षौं मिश्रणका गुलाम भन्दा पनि बढि यातना झेल्दै थिए । उनीहरूलाई १८/२० घण्टा त्यहाँ काम गराइन्थ्यो । उनीहरूका छोरा छोरीलाई आफ्नो वा कुन हो कतिवेला घरमा आउँछ कतिवेला काममा जान्छ भन्ने अनुमान लगाउँन नसक्ने अबस्था सिर्जित भएको थियो।

जहाँ अत्याचार हुन्छ, त्यहाँ विद्रोह पनि हुन्छ भनेको जस्तै यो इलाकाहरूमा दश घण्टाको कार्य दिवसको मागले छिट्टै आन्दोलनको रूप लियो । हुन त यो आन्दोलनलाई १८३७ को त्यो संकटले बाधा पुरायो । तर पनि यो आन्दोलन दिनप्रतिदिन बिकसित हुँदैगयो । यही दौरान बान ब्युरेनको संघीय सरकारलाई कर्मचारिहरूका लागि कामका घण्टा दश गर्ने घोषणा गर्नै पर्यो । संसारभरिका मजदुर कर्मचारिहरूले कामको निर्धारित समय दश घण्टाको मागलाई लिएर अगाडिका दशकहरूमा तिब्र संघर्ष गरेका छन् । जसै जसै केही उद्योगिक क्षेत्रमा यो माग मानियो त्यही प्ररकारले उनीहरूले आठ घण्टा कामको समय निर्धारित गर्ने माग अगाडी सारे । पचासको दशकको दौरान लेवर युनियनलाई संगठित गर्ने गतिविधिले पनि यो नयाँ मागलाई काफि फाइदा मिलेको थियो ।

तर १८५७ को संकटले यसमाथि पनि अवरोध तेर्छायो । यो माग केही सुसंगठित उद्योगहरूमा यो संकट आउँनु अंघि नै मानिएको थियो । त्यो आन्दोलन अमेरिकामा मात्रै होइन बरू हर त्यो ठाउँमा प्रचलित हुँदै गयो जहाँ पुँजिवाद उभारमा आउँदै थियो । त्यहाँ मजदुरहरूको शोषण भएको थियो । यसबारेमा यसरी पनि प्रमाणित भएको थियो । अमेरिकाबाट पृथ्वीको अर्को कुनामास्थित अस्ट्रेलियामा निर्माण उद्योगका मजदुरहरूले यो नारा दिएका थिए । “आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन” यो उनीहरूको माग १८५६ मा मानिएको थियो । अमेरिकामा सन १८८४ मा “कामका गन्टा आठ गरौं” आन्दोलनबाट सुरूभयो । हुन त यो भन्दा पहिलो पिडिले पनि एउटा राष्ट्रिय श्रम संगठन “नेश्नल लेवर युनियन” ले जसले एउटा जुझारू संगठानिक केन्द्रको रूपमा बिकसित हुने आस जगायो । छोटो कार्यदिवसको लागि आवाज उठाएको थियो । उसले यसमा एउटा आन्दोलन खडा गर्ने प्रस्ताब पनि राखेको थियो ।

गृहयुद्धको प्रथम वर्ष (१८६१-६२)ले केही राष्ट्रिय ट्रेड यूनियन लोप हुँदै गएको देखियो । यो संगठन युद्ध सुरू हुनु भन्दा ठिक पहिले बनेको थियो । यसमा “मोल्डर्स यूनियन मेकिनिष्ट्रस र ब्लैकस्मिस्थ यूनियन प्रमुख थिए । अगाडिका केही वर्षहरूमा केही स्थानीय श्रमिक संगठनहरूको राष्ट्रिय स्तरमा एकिकरण पनि भएको थियो । यिनी यूनियनहरूलाई एउटा राष्ट्रिय संघको आबस्यकता देखियो । २० अगस्त १८६६ मा नेश्नललेवर यूनियन बनाउँनेवाला तिन ट्रेड यूनियनका प्रतिनिधि बाल्टिमोरमा मिलेर राष्ट्रिय संगठनको निर्माणको लागि जुन आन्दोलन चलाएका थिए । त्यसको नेतृत्व विलिएम एच सिल्विसले गरेका थियो । उनी पूर्वगठित “मोल्डर्स यूनियन”को नेता थिए ।

अमेरिकामा सन् १८८९ मा नै पहिलो मईलाई त्यो दिनको रूप दिइयो । जुन दिन दुनियाँ भरिका मजदुर आ-आफ्ना पार्टी र ट्रेडयूनियनको रूपमा संगठित हौं र आफ्नो सबैभन्दा महत्वपूणर् माग “राजनीतिक माग” आठ घण्टाको कार्यदिवसको मागका लागि संघर्ष गरून्, पेरिस कांग्रेसको यो महत्वपूणर् निणर्य शिकागोमा पाँच वर्ष पहिले लिएको एउटा निणर्यबाट प्रभावित थियो । “यो निणर्य पाँच वर्ष पहिल्यै शिकागोमा एउटा नवनिर्मित अमेरिकी मजदुर संगठन- “द फेड्रेशन आँफ अर्गेनाइज्ड् ट्रेड एण्ड लेबर यूनियन आँफ द यूनाइटेड् स्टेट्स एण्ड कनाडा” जसले पछि संक्षिप्तमा आफ्नो नाम “द अमेरिकन फेडरेशन आँफ लेबर”को नामले प्रशिद्ध भयो । यसैका प्रतिनिधीहरूले निणर्य लिएका थिए ।

७ अक्टुबर सन १८८४ मा यो संगठनको चौथो सम्मेलनमा निम्ननुसार निणर्यहरू पारित भएकाथिए- “फेडरेशन आँफ अर्गेनाइज्ड ट्रेड एण्ड लेवर यूनियन्स आँफ द यूनाइटेड स्टेस एण्ड कनाडा” यो तय गर्दछ की पहिलो मई १८८६ बाट आठ घण्टाको कार्य दिवस वैद्ध कार्यदिवस हुनेछ र हामी मजदुर संगठनहरूसँग आव्हान गर्दछौं की इनि आ-आफ्ना अधिकार क्षेत्रनुसार आफ्नो नियमलाई यस्तो निर्धारित गरौं की यही प्रस्ताबको अनुकूल हौस् ।

नाइट्स आँफ लेबरको नेतृत्वको गद्धारीको वाबजुद १८८६ मा लगभग ५ लाख मजदुरहरूले आठ घण्टा कार्य दिवसको मागलाई लिएर “कामका घण्टा आठ गरौं” प्रत्यक्ष सहभागि भएका थिए ।

हड्तालको केन्द्र त्यो वेला शिकागो थियो । यहाँ सबैभन्दा बढि हड्ताल भएको थियो । अमेरिकन फ्रेडरेशन आँफ लेबर पार्टिले, दिसम्बर १८८८ आफ्नो प्रटबुई सम्मेलन पहिल्यै नै यस्तो प्रदर्शनको लागि पहिलो में १८९० दिन तय गरिसकेको थियो । यसैले यो दिनलाई अन्तर्राष्ट्रिय प्रदर्शनको लागि स्वीकार गरिन्छ । बिभिन्न देशका मजदुरहरूलाई आ-आफ्नो देशको मौजुद परिस्थिती अनुसार यो प्रदर्शनलाई अनिवार्य आयोजित गर्नुपर्द छ । यसरी सन १८९०को मई दिवस कैयौं यूरोपिय देशहरूमा मनाइयो ।

३ र ४ मईको घटना “हे मार्किटमा भएको काण्डबाट चिनिन्छ । प्रष्ट छ पहिलो मईको हड्तालको परिणाम थियो । ४ मईमा “हे” मार्किट स्क्वेयरमा भएको प्रदर्शनमा तिन मईमा मकैका कर्भिक रिपर बर्कस्मा मजदुरहरूको एउटा सभामा पुलिसको बरवरता र कार्यता पूर्वक दमनमा छ जना मजदुर मारिएका थिए । कैयौं घायल भएका थिए । यसको बिरोधमा भएको सभाको अन्तिम तिर अचानक एउटा बम बिष्फोट भयो । जस्माः चारजना मजदुर र सातजना पुलिसकर्मिहरू पनि मारिएका थिए । “हे” मार्काटको भयानक रक्तपातले मजदुर नेताहरू-पार्सन्स स्याइस, फिसर र एञ्जेललाई फांशिमा झुण्डाईयो र शिकागोका तमाम नेताहरूलाई कैद संघर्षरत मजदुरहरूलाई शिकागोका मालिकहरूको जवाफ थियो । मालिकहरूले मजदुरहरूसँग बद्लालिने निउँ खोजेका थिए । सन १८८६ को उत्तरार्दमा मालिकहरूले १८८५-८६ को आन्दोलनको द्वौरान गुमेको आफ्नो पुरानो स्थितिलाई फेरी प्राप्तगर्न धेरै आकार्मिक रूप अपनाएको थियो । एक मईको अध्यायनले हामीलाई आफ्नो हकहितको रक्षा गर्नको लागि प्ररेणा दिन्छ ।

अमेरिकाका मजदुरहरूले १८८९मा नै यो दिनलाई मजदुर एकताको रूपमा मनाएता पनि सन १८९० देखि अन्तर्राष्ट्रिय श्रमिक दिवसको रूपमा संसारभरिका श्रमजिवी बर्गहरूले मनाउँदै आएका छौँ । अहिले दुनियाँभरिमा पुँजिवादी र प्रतिकृयावादीहरूले बिभिन्न बहानामा मजदुरहरूको अधिकार खोसेको अबस्थामा यो दिनबाट हामीले धेरै ज्ञान हासिल गर्न सक्ने छौंँ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार