वापी, ४ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने वापी पश्चिम, वापि पुर्व, सिलवासा र दमन नगर समितिको संयुक्त आयोजनामा विरोध सभा सम्पन्न पारिएको छ ।
सभालाई मूल प्रवाहका केन्द्रीय सदस्य गोविन्द बहादुर थापाले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नुभएको थियो । ‘जबजब नेपालका प्रधानमन्त्रीहरु भारत भ्रमणमा आउँछन्, त्यतित्यती वेला राष्ट्रघाती कमदहरु चाल्दछन् । त्यसैले नेपाली जनताको मनमा सन्त्राष बढ्छ,’ थापाले अगाडि भन्नु भयो- ‘अहिले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा आउनुपूर्व नै जन्मका आधारमा नागरिकता पाएका सन्तानलाई बंशजको नागरिकता दिने विधेयक राष्ट्रपतिबाट प्रमाणित गरेर आएका थिए ।’
‘नेपालमा राष्ट्रघाती नागरिकता बिधेयक राष्ट्रपतिबाट प्रमाणित गरेर नेपाललाई फिजिको नक्सेकदमबाट भूटानी र भविष्यमा सिक्किम बनाउने उदेश्यबाट भारतको दबाबमा भएको हो ।’ नेता थापाले भन्नु भयो- ‘नागरिकतालाई नेपालका दलाल शासकहरूले पानको पसलमा सामान बेच्ने कागजको टुक्रोको भन्दा पनि सस्तो बनाएर राष्ट्रियता नै समाप्त पार्दैछन् ।’ राष्ट्रघाती नागरिकता बिधेयक खारेजीका लागि सम्पूणर् राष्ट्रवादी देशभक्त नेपालीहरू एक भएर आ-आफ्नो ठाउँबाट संघर्षमा जुट्नु पर्नेमा थापाले जोड दिनु भयो ।
क्षेत्रीय समिति सदस्य सुरेन्द्र रानाको अध्यक्षता, देवेन्द्र रावलको सञ्चालन र क्षेत्रीय सल्लाहकार देवराज जोशीको स्वागत मन्तव्यबाट अगाडि बढेको सो सभामा केन्द्रीय समिति सदस्य रमकला काउछा, केन्द्रीय समितिका वैकल्पिक सदस्य कृष्ण कुँवर, क्षेत्रीय समितिका उपाध्यक्ष बाबुराम दहित क्षेत्रीय समितिका सदस्य निखिल रावत, प्रेम चलाउने, सेर बहादुर बिक, दुर्गा राना, सेर सिंह आउजी, जितु ठकुल्ला, दिपेश लिम्बु, मान बहादुर थापा, केन्द्रीय महिला बिभागकि सदस्य विना काउछा, संस्कृति बिभागका संयोजक हरी काउछा, क्षेत्रीय महिला बिभाग संयोजक बिस्नु माया शर्मा, सदस्य लक्ष्मि कुँवर लगायतले आतित्थ्यता एवं मन्तव्य दिनुभएको थियो ।
ज्ञात अज्ञात शहिदहरुको संझनामा एक मिनट मौनधारण पछी विरोध सभामा सहभागिहरुलाई क्षेत्रीय सल्लाहकार देवराज जोशीले स्वागत गर्नुभएको थियो । कार्यक्रमको अन्तमा सहभागिहरुले राष्ट्रघाती नागरिकता विधेयक खारेज गर, संघीयता चाहिंदैन देश बेचन पाइंदैन भन्दै विभिन्न गगनचुम्भी नाराहरु लगाएका थिए ।