हेम बिजी
भरखरै २०८० सालको तिज पर्वले हामीबाट बिधा लिएर गएको छ। नेपाली हिन्दु महिलाहरुको महान् पर्व हरितालिका तिजलाई भारतस्थित प्रवासी नेपाली महिलाहरुले पनि भव्य स्वागत र सम्मान गर्दै प्रगतिशिल रुपमा मनाए। प्रवासी नेपाली महिला दिदी बहिनीहरूबाट भव्यताका साथ स्वागत र सम्मान पाएको यो बर्षको तिज पर्वले विगतका बर्षहरु भन्दा पनि निकै नयाँ छाप, सोच र सन्देश छोडेको छ । हौसला र उत्साह थपेको छ। अर्थात यो सालको तिज पर्वले भारतस्थित नेपाली नारीहरुमा अझै नयाँ चेतना र नयाँ विचारको नमुना भरि दिएको अनुभूति हुन्छ।
सामान्यतय- तिज पर्वमा नेपाली हिन्दु नारीहरु दर खाने, गित गाउन-नाच्ने पर्वको रुपमा बुझ्ने परम्परा भए पनि राजनीतिक परिवर्तन संगै वर्तमानमा तिज पर्वलाई संघर्षशील महिलाहरुले प्रगतिशिल रुपमा मनाउदै आएका छन्। र यसै शिलशिलमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा आवद्ध भारत प्रवासका नेपाली महिलाहरूले विगत देखी प्रगतिशिल कार्यक्रमका साथ आफै प्रगतिशिल तिज गित सृजना गरेर तिज पर्व मनाउदै आएको लामो ईतिहास छ।
यो सालको तिज पर्वमा विगत भन्दा धेरै प्रवासी नेपाली महिला तथा दिदी बहिनीहरूले तिजी गित सृजना गरेर सामाजिक सञ्जालमा राख्नु भएको छ। अनलाईन पत्रिकामा पनि प्रकाशित भईरहेको छ। तिज पर्वमा एउटा तिज गित लेख्नु सामान्य लाग्छ तर तिज गित भित्र नियाल्दा प्रवासी नेपाली महिलाहरुमा उठेको चेतना र जागेको हिम्मत सामान्य होइन। निकै महत्वपूणर् र महान् छ।
महिला दिदी बहिनीहरूको तिज गित लेखनमा नविन सोच र विचार छ । नयाँ नाम र नयाँ गित लेखन यो बर्ष निकै थपिएको छ। नयाँ सृजनामा पनि स्पष्ट लक्ष्य र गितमा भाषा, शैली र शब्द पनि उत्कृष्ट छ। तिज गित लेखनमा शिर्षक विम्व चयन र रचना भाव अभिव्यक्तिमा पुग्दा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतस्थित नेपाली महिलाहरुमा नयाँ चेतना र नयाँ दृष्टिकोणमा उपस्थित गराएको महसुस हुन्छ। विगत केही बर्ष देखी आफैमा शिक्षित, प्रगतिशिल र राजनितीमा आवद्ध महिला दिदी बहिनीहरू स्वदेशबाट आएर मूल प्रवाहमा समावेश हुदै महिला विभागको नेतृत्व पनि गर्नु भएको छ तर पनि विचार निर्माणको भूमिका मूल प्रवाहले नै खेलेको हुन्छ। यसर्थ समग्रमा भारतस्थित प्रवासी नेपाली महिलाहरुलाई मूल प्रवाहले नै जुझारु, सक्रिय र सक्षम बनाउदै अघि बढाएको तिज गित लेखनबाट पनि स्पष्ट हुन्छ।
कुनै समय तिज गितमा नेपाली चेलीहरुको आफ्नो दुःख, पिडा र गुनासो मात्र पोखिन्थ्यो। घरेलु हिंसालाई सहेर बस्ने र दुःखलाई आफ्नो भाग्य र कर्म भन्दै गितमा वेदना सुनिन्थ्यो। तर आज मूल प्रवाहमा समाहित महिलाहरु वेदनालाई विद्रोहमा बदलेका छन्। दुःख भाग्यले होइन देशको दुश्मनले दिएको बुझेका छन्। गुनासो पोख्ने होइन नारी गर्जने बेला आएको तिज गित लेखनमा भेटिन्छ। तसर्थ भारत प्रवासमा रहेका नेपाली महिलाहरुमा नयाँ चेतनाको नमुना तिज गितबाट देखिन्छ।
प्रवासी नेपाली नारीहरुले तिज गित मार्फत आफ्नो हकअधिकार, स्वतन्त्र र समानताको लागि लड्ने उदघोष गरेका छन्। पुरुष प्रधान समाजको अन्त्य गर्दै र नारी उत्पिडनका बन्धनहरु तोड्दै आर्थिक, सामाजिक र राजनैतिक अधिकार लिन संघर्ष लाग्नु पर्ने विचार तिज पर्वमा गुञ्जिएको छ। भारत प्रवासमा रहेका नेपाली महिलाहरु यो स्तरको साहस आउनु आफैमा एउटा समाज परिवर्तनको प्रस्ताव हो।
वास्तवमा- सामाजिक, आर्थिक र राजनैतिक परिवर्तन आन्दोलनमा महिला सहभागिता आवश्यक र अनिवार्य छ। विश्व इतिहासमा मात्र होइन नेपालको अग्रगामी राजनीतिक संघर्ष र आन्दोलनमा नेपाली नारीहरुको उच्च योगदान छ। र नारी सहभागिताले नै नेपाली राजनैतिक परिवर्तनको आन्दोलन त्यो प्रजातन्त्र स्थापना देखी गणतन्त्र ल्याउन संभव भएको छ। महिलाहरुले नारी उत्पीडन विरुद्ध लड्न र संविधानमा स्थापित महिला समानुपातिक, समावेशी प्रतिनिधित्व अधिकारहरु कार्यान्वयन गराउन आफै सचेत र संघर्षशील हुनु पर्ने आवश्यक छ। महिलाहरुलाई सचेत र सङ्गठित बनाउन संगठनका साथ साथै तिज पर्व र तिज पर्वमा सृजना गरिएका जनचेतना एवं प्रगतिशिल गित संगितको पनि महत्वपूणर् भूमिका रहन्छ।
नारी उत्पीडक र बन्धनलाई भाग्यको खेल भन्ने सामाजिक कुरितीलाई निरन्तरता दिने सामान्ती संस्कृति र नारी स्वतन्त्रताका नाममा छाडा पूँजीवादी संस्कृति विरुद्ध जुध्न प्रगतिशिल गित संगित आफै एउटा परिवर्तित राजनैतिक सन्देश हो। तिज पर्वको सन्दर्भमा भन्नु पर्दा भारतस्थित प्रवासी नेपाली महिलाहरुले तिज गित मार्फत नारी दमन विरुद्ध आपत्ती मात्र जनाएका छैनन् नारी स्वतन्त्रता र समानता हुने नयाँ जनवादी व्यवस्थापको आकांक्षा र चाहाना पोखेको पाईन्छ। घरधन्दामा मात्र सीमित नरहेर पैतृक सम्पत्तिमा अधिकार र शिक्षामा समान हक लिन राजनैतिक संघर्ष आवश्यक रहेको विचार तिज गितमा भेटिन्छ। आफ्नो अधिकार लागि मात्र होईन देश र राष्ट्रियता प्रति माया, विदेशी हस्तक्षेप विरुद्ध आवाज, संविधान र गणतन्त्रको रक्षा, संघियता र एमसीसी खारेजी जस्ता देशका जटिल राजनैतिक बिषयमा पनि गितमा बोल्नु भएको छ। यसर्थ भारतस्थित नेपाली दिदी बहिनीहरू आफुलाई राजैतिक र वैचारिक रुपमा स्पष्ट पार्दै अघि बढिरहनु भएको छ। यो मूल प्रवाहको लागि गौरवको बिषय पनि हो ।
अन्त्यमा- भारत प्रवासमा रहेर पनि देशमा नारी सम्मान व्यवस्था स्थापना गर्न गौरवमय मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको झण्डा मुनी गोलबन्द हुदै अघि बढ्ने प्रतिवद्धता गर्दै तिज पर्वमा जुटेका भारतस्थित नेपाली महिला दिदी बहिनीहरूलाई हार्दिक स्वागत र सलाम छ। तिज एउटा दुःख पोख्ने, गाउने र नाच्ने महिलाहरुको मनोरञ्जनको पर्व मात्र नभएर समाज परिवर्तन गर्न भूमिका खेल्ने पर्वको रुपमा स्थापित गरिरहनु भएको छ । साथ साथै तिज गित लेखनमा प्रवासी नारी चेतनाको नमुना प्रस्तुत गर्नु भएको छ। यहाँहरुको यो परिवर्तनशील पाईला सधैं अगाडी बढिरहोस्। नारी मुक्ति आन्दोलनमा हाम्रो सधै साथ र सहयोग रहने छ भन्दै २०८० सालको तिज पर्वलाई भारत प्रवासमा भव्ययताका साथ सफल पार्नु भएकोमा महिला विभाग तथा सम्पूणर् भारतस्थित नेपाली दिदी बहिनीहरूलाई हार्दिक बधाई छ।