क्षेत्रीय सम्मेलन अभियानले दिएको म्याण्डेटमा नगर सम्मेलन अभियान सफल पारौं

  • ठाकुर खनाल

स्वदेशमा रोजगारको अभावमा बिदेशीनु पर्ने नेपालीको नियती नै बन्न पुगेको छ । देशको जनसंख्याको एकतिहाई जनसंख्या देश भन्दा बाहिर भएको देश विश्वमा नेपाल नै होला । अन्य देशमा पनि रोजगारको लागि विदेश जाने गर्दछन् होला तर, यती ठूलो संख्यामा विदेशिएको पाइँदैन ।

भारत–नेपालको आवागमनको इतिहास लामो छ । धार्मिक मान्यता अनुसार हिन्दू–बौद्ध धर्मसँग सम्बधित कैयौँ स्थानहरू एकदोस्राका देशमा भएको हँुदा तिर्थाटनको लागि एक दोस्रो देशका नागरिकहरू नेपाल–भारतमा धार्मिक यात्रामा आउने प्रचलन पुरानो छ । इतिहाँसलाई अध्ययन गर्दा गोर्खा भर्ती केन्द्रको स्थापनासँगै नेपालीहरू बैदेशिक रोजगारको लागि विदेश जाने गरेको पाइन्छ । सन १९५० को नेपाल–भारत शान्ति तथा मैत्री संधी (जसलाई १९५० को असमान संधी भनेर पनि भन्ने गरिन्छ) पछि रोजगारको लागि भारतमा आउनेहरूको संख्यामा वेहतासा वृद्धी भएर गयो । क्रमशः बढेर झण्डै देशको एकतिहाई पुग्यो । अहिले पनि रोजगारको लागि नेपालीहरू विदेश जाने क्रम रोकिएको छैन । फरक के छ भने, पहिले भारतमा मात्र रोजगारको लागि जाने गरिन्थ्यो, अहिले तेस्रो मुलुकतिरको आर्कषण बढेर भारतमा आउनेको संख्या घटेता पनि नेपालको झण्डै एकतिहाई जनसंख्या विदेशमा बस्न बाध्य छ ।

यसरी ठूलो संख्या आफ्नो देश छाडेर विदेशमा रोजगार खोज्नु पर्ने वाध्यत्मक अवस्था नेपालीलाई किन प¥यो ? के नेपालमा सम्भवाना नभए कै हो त ? यी प्रश्न उठ्नु स्वभाविक नै हो । विश्वका बिकसित देश एकाएक बिकसित विकाश भएका हुन् त ? होईनन् । अमेरिका, ब्रिटेन, जापान, रूस, भारत आदि सबै देशले ठूलो संघर्ष गरेर नै आजको अवस्थामा पुगेका हुन् । पश्चिमा मुलुकमा पु“जीवादी क्रान्ति भएको समयमा नेपालमा एकिकरण चलिरहेको थियो । १८वी सताब्दीमा युरोपेली मुलुकमा भएको पु“जीवादी औद्योगिक क्रान्ति र भारतमा ब्रिटीस (अंग्रेज)को आगमन पछि त्यसले कैयौं देशमा साम्राज्य कायम गरेको थियो । उसले आफ्नो साम्राजको बिस्तारको क्रममा नेपालमाथी पनि आक्रमण गरेको थियो । जसको कारण भएको एंलो–नेपाल युद्ध र त्यस समयमा भएको सुगौली संधीले नेपालको राज्यसत्ताको चरित्रमा परिवर्तन भयो । नेपालको राज्य सञ्चालनमा वैदेशिक हस्तक्षेपले स्थान पायो । त्यो समय बिकसित र पु“जीवादी देशले साम्राज्यवादी रूप लिंदै अन्य मुलुकमा आफ्नो अधिपत्य जमाउन पुगे । परिणाम स्वरूप कैयौं देश पराधिन हुन् पुगे । सामाज्यवादी शक्ति देशहरूका आपसी प्रतिस्पर्धाका कारण विश्वयुद्ध भए । प्रथम विश्वयुद्ध र दोस्रो विश्वयुद्धको समयमा विभिन्न देशमा स्वतन्त्रता आन्दोलन चलेको थियो । १९वी सदीको ५०को दशक कैयौं मुलुकहरूलाई स्वतन्त्रताको दशक साबित थियो । त्यस समय साम्रज्यवादको चंगुलबाट स्वतन्त्र हुने कैयौं देशहरू गरिब देशको सुचीमा थिए, अहीले ति देशमा आर्थिक रूपमा सम्पन्न छन् । भारतबाट अंग्रेजहरूको वर्हिगमनसँगै नेपाल राणा शासनबाट मुक्त भयो । तर, नेपाल अहिलेसम्म विपन्न छ र गरिब देशहरूको सुचीमा छ । यसको पछाडि मुल रूपमा नेपालको राज्य सञ्चालन गर्ने राजनैतिक शक्तीहरूको सत्तास्वार्थ, अदुदर्शिता र देश–जनतालाई उपेक्षा गर्ने नीति नै जिम्मवार छ । अहिलेसम्म जुन पार्टी सत्तामा पुगे पनि देशको सर्वांगिण बिकास एवं प्रवासी नेपालीका समस्याहरूबारे गंभीर भएको पाईंदैन, त्यसको ज्वलन्त उदाहरणको रुपमा, बढ्दै गएको युवाहरूको पलायनलाई लिन सकिन्छ ।

देशको ठूलो जनशक्ती विदेशमा हुँदा त्यहाँ उनीहरूको स्थितिको बारेमा चिन्ता गर्ने दायीत्व राज्यको हुनु पर्ने हो । तर, सरकारको कुनै पहल भएन । भारतमा नेपालीहरूको अवस्था दयनीय थियो । उनीहरूलाई आफ्नो हक–हितबारेमा कुनै जानकारी थिएन । त्यस समयमा भारत आउनेहरूमा शिक्षाको अभाव थियो, सामाजिक, राजनैतिक चेतना थिएन । त्यसैले उनीहरूमाथी शोषण–दमन पनि ज्यादा थियो, सामाजिक विकृती पनि बढी नै थियो । त्यो समयमा भारतका विभिन्न शहरमा सानो स्तरमा भए पनि नेपालका वामपंथी विचारबाट प्रभावित व्यक्तीहरूबाट नेपालीहरूको सामाजिक उत्थान र हकहितको लागि संगठन निर्माणको प्रयास भयो र त्यसैको क्रममा ७ नोवेम्बर १९७९ मा भारतका विभिन्न शहरमा भएका स–साना संगठनहरूबाट प्रतिनिधीत्व गराउँदै भेला सम्पन्न भयो । जसले सबै संगठनहरूलाई एकसुत्रमा अखिल भारत नेपाली एकता समाजको नाममा अखिल भारत स्तरको संगठन निमार्ण गर्न सम्भव भएको हो । यसको गठन र बिस्तारमा कैयौं साथीहरूको योगदान छ । एकता समाजको गठन पूर्व गंगाधर घिमिरेको संगठन निमार्णको लागि पुर्वोत्तर भारत जाँदा बिमारी भएर निधन भएको थियो, निर्मल लामा, मोहन विक्रम सिंह, चित्र बहादुर केसी जीहरू अनेकौं पटक विभिन्न शहरहरूमा पुगी संगठनको लागि आधार तैयार गर्ने काम भएको थियो । संगठन निमार्ण पछि पनि अनेकौं अन्य नेता, कार्यकर्ता, कलाकारहरू भारतमा आई संगठन बिस्तारमा सहयोग गर्नुभएको थियो । त्यसै क्रममा सहिद सरोज शर्मा र जलजलाले आफ्नो जीवनको बलिदान समेत दिनुभएको छ ।

संगठनको स्थापनाकालदेखि नै नेपालीहरूको विचमा निरंतर कृयाशिल भएर अनेकौं संघर्ष गरि अहिलेको मुकाममा पुग्न सकिएको हो । शिक्षा अभावमा सुरूवातमा पौढ शिक्षा समेत सञ्चालन गर्ने, नेपालीहरूमा रहेको विकृती, विसंगति हटाउने तथा उनीहरूको सामाजिक उत्थान गर्ने, नेपालीहरूमाथी आईपर्ने हत्याहिंसा, बलात्कारका घटनाहरूमा उनीहरूको न्यायको लागि आन्दोलन गर्ने, सिमानामा हुन्े लुटपाट, नेपालीले आफ्नो कमाई सुरक्षित रूपमा आफ्नो परिवारलाई पठाउन बैंकिङ व्यवस्थाको लागि संघर्ष, भारतमा नेपालीहरूको मौलिक हक अधिकारको लागि आन्दोलन, प्रवासी नेपालीहरूको मताधिकार र समानुपातिक प्रतिनिधीत्वको लागि आन्दोलन भए । जसमा आवश्यकता एवं अनुकुलता अनुसार जुलुस, सभा, विचार गोष्ठी, हस्ताक्षर अभियान, भारत सरकार एवं प्रशासनिक निकायसँग ज्ञापनपत्र बुझाउने, नेपाली दूतावास तथा नेपालको प्रधानमन्त्रीको भ्रमणको दौरानमा ज्ञापन–पत्र बुझाउने, प्रेसवार्ता र नेपाल सरकारलाई काठमाण्डौ मै गएर प्रधानमन्त्री तथा अन्य मन्त्रीहरूलाई ज्ञापन–पत्र बुझाउने लगायतका काम गरेर एकता समाजले भारत प्रवासमा छरिएर रहेका नेपालीहरूको अभिभावकत्व निर्वाह गर्दैको छ ।

भारतमा संगठनको बिस्तार र नेपालीहरूको हक–हित र सामाजिक उत्थान लागि मात्र हैन नेपालको लोकतान्त्रीक÷जनवादी आन्दोलनको पक्षमा लगातार संघर्ष गरेको इतिहास छ । तानाशाही पञ्चायती व्यवस्था विरूद्ध १२ मई १९८६ मा दिल्लीमा भएको जुलुस प्रदर्शन र त्यसमा भएको ९६ जनाको गिरफ्तारी प्रमुख छ । त्यती मात्र हैन, राष्ट्रियता जनतन्त्र जनजिवीकाको लागि निरंतर संघर्ष गर्दै आएको छ । जसमा राष्ट्रियताको पक्षमा राष्ट्रघाती महाकाली संधी, कालापानी लिपुलेख भारतिय कब्जा, भारतीय नाकाबन्दी, राष्ट्रघाती एमसिसी सम्झौता, नागरिकता संशोधन, संघीयता विरूद्धको आन्दोलन, लोकतन्त्रको लागि पञ्चायती व्यवस्था विरूद्धको आन्दोलन, काँग्रेसी गुण्डागर्दी, प्रजातान्त्रीक मुल्य मान्यता विरूद्ध काला कानुन जस्तै अपरेशन किलो सेरा टु, माओवादी ज्यादती विरूद्ध संघर्ष आदि, जानजीवनको पक्षमा महंगी, भ्रष्टाचारको विरुद्धमा एवं अन्तर्राष्ट्रिय ऐक्यवताको पक्षमा गोञ्जालो प्रतिरक्षाको पक्षमा, प्यालेस्टाइनमाथि इजराईली आक्रमण, ईराक माथी अमेरीकी आक्रमण विरूद्ध आन्दोलन लगायत विषयमा विभिन्न आन्दोलन भएका छन् ।

संगठन निर्माण तथा संघर्षमा संगठनले महत्वपूर्ण भुमिका निर्वाह गरेको छ । साथै संगठनले कैयौं उतार चढावको पनि सामना गर्नुपरेको छ । स्थापनाको लगत्तै प्रवासी नेपाली र भारतिय नेपालीको बहाना निकालेर प्रवासी नेपाली संघको गठन गरि भारतमा नेपालीहरूको एकतामा खलल ल्याउने प्रयास गरियो । १९८६ मा दोस्रो सम्मेलन दिल्लीमा गर्ने तैयारी अन्तीम अवस्थामा रहको समयमा तात्कालि महासचिव विजय शर्मा (सि.पी.गजुरेल)ले समितिको औपचारिक निर्णय वितरित मनोगत प्रकारले सम्मेलनको मिति र स्थान सारेको र कलकत्तामा सम्मेलन गर्ने भनी गरेको परिपत्रले संगठनमा पहिलो पटक विभाजन ल्यायो । यो विभाजनको पछाडि नेपालको वामआन्दोलनमा भएको विभाजनको प्रभाव देखिएको थियो । संगठन विभाजन भए पछि दिल्ली पक्ष र कलकत्ता पक्ष भनेर चिनिएता पनि नाम भने एउटै थियो । दिल्ली पक्षले भारतमा रजिस्टर (दर्ता) संगठनको रूपमा काम गर्दै आएको थियो । २०४६ साल पछि रामचन्द्र पौडेलले विभाजन ल्याए । त्यसको पछाडि बाबुराम भट्टराईको महत्वकांक्षी र क्यारेरीष्ट बिचारले काम गरेको थियो, जो पछि कलकत्ता पक्षमा विलय भयो । २०५२ सालमा माओवादीले कथित जनयुद्धको घोषणा गरे, कलकत्ता पक्षले त्यसलाई खुल्ला रूपमा समर्थन गरेको थियो । दिल्ली पक्षले भने त्यो जनयुद्ध नभएर उग्रवामपथी भडकाव बताउँदै आलोचना ग¥यो, एउटै नामका दुई भिन्न विचारका संगठन हँुदा कैयौ पटक भ्रम पनि हुने गरेको थियो । त्यसैले सन २००२ मा सम्पन्न पाचौं सम्मेलनले आफ्नो विचारको पहिचान छुट्टीने गरि संगठनको नाममा ‘मूल प्रवाह’ जोडेर मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको रूपमा रूपान्तरण गर्ने काम भयो ।

२००५ मा आनन्द थापाहरूको नेतृत्वमा केही साथीले संगठनलाई विभाजन गरे । त्यसको पछाडि पनि रामसिंह श्रीष – परि थापाहरूको जातिवादी चिन्तनले काम गरेको थियो । सिंगो संगठन नेपालमा संघीयता हुनु हुँदैन भनेर अगाडि बढ्यो भने उनीहरूले जातिय राज्य अनुसारको संघीयताको वकालत गर्न थाले ।

सन २०१० मा पूर्व अध्यक्ष गिरधारीलाल न्यौंपाने र डिलाराम आचार्यमा महत्वाकांक्षा पलाएर ठूलो पार्टी प्रवेशको लागि संगठनबाट अलग भए । त्यतिवेला पनि केहि साथीहरू संगठनबाट अलग भए । उनीहरूले छुट्टै ग्रुप बनाउने प्रयास गरे । तर, समय मै उनीहरूको स्थिती प्रष्ट भए पछि अधिकांस साथीहरू पुनः मूल प्रवाह मै समाहित हुनुभयो ।

जहाँ जीवन छ, त्यहाँ अन्तरविरोध पनि छ । जिवीत संगठनमा अन्तरविरोध हुनु स्वाभाविक नै हो । संगठनले व्यक्तीगत महत्वकांक्षा, पदलोलुपता, क्यारिटिष्ट साेंच लगायत समय समयमा आउने गरेका राजनैतिक–सैद्धान्तीक विचलन आदिको विरूद्ध लगातार संघर्ष गरिरहेको छ । कतिपय व्यक्तिहरूले आफुमा आएको निराशा, महत्वकांक्षा, पदलोलुपतालाई लुकाउन अनेकन प्रपञ्च समेत गर्छन् तर, उनीहरूले कहिल्यै स्वीकार गर्दैनन् की उनीहरूमा निराशा, पदलोलुपताको महत्वकांक्षा पलायो भनेर । संगठनले कस्ले कति बेला के कस्तो भूमिका निर्वा ग¥यो । त्यसको मुल्यांकन सम्मान गर्ने विषय आफ्नो स्थानमा छ तर, त्यसैको आधारमा रहहमेशा सांगठानिक जिम्मा हुन्छ भन्ने होइन । संगठनको जिम्माको लागि सकृयताको साथसाथै अनुशासन अत्यावश्यक हुन्छ । केही समयपूर्व संगठनका पूर्वनेता कार्यकर्ताहरू जो नेपालको वामपंथी आन्दोलनमा आवद्ध हुनुहुन्थ्यो, उहा“हरूले भारतमा छुट्टै गुटवाजी गर्ने प्रयास् गर्नुभयो । त्यसको लागि भारतमा काम गर्ने दौरानमा महत्वाकांक्षी, पालोलुप तथा निस्कृय व्यक्तिहरूलाई उपयोग गरेर भारतमा संगठन गर्ने प्रयास गरे । संगठनको त्यसमा हाम्रो संस्थापक अध्यक्ष समेत सम्मलित हुनुभएको छ । उनीहरूले आफुलाई नै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भनेर दावा गर्ने दुस्प्रयास पनि गरे तर, उनीहरूको कुनै उपाय नलागे पछि अखिल भारत नेपाली एकता समाजको नामलाई प्रयोग गरेर भ्रम दिने प्रयास गरिरहेका छन् ।

वास्तविकता के हो ? संगठन २००२ बाट मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको रूपमा अगाडि बढेको र प्रत्येक वर्ष नविनीकरण हुँदै आएको छ । संगठनको दर्ता नम्बर नयाँ भएको हुँदा पुरानो दर्ता नं. रहेको अखिल भारत नेपाली एकता समाजको २००२ देखि नविनीकरण गर्ने प्रश्न नै हुँदैनथ्यो । २००२ देखि दर्ता नम्बर नविनीकरण नभएको हँुदा त्यो दर्ता नम्बर स्वतः खारेज भएकोले त्यो नाम राख्दा कहिंकतै कानुनी अडचन नहुने भएकोले त्यो नाम राखेको प्रष्ट हुन्छ । अहिले उनीहरूले अखिल भारत नेपाली एकता समाज नै असली एकता समाज हो भनेर जुन भ्रम श्रृजना गर्ने प्रयास गरेका छन् त्यो कुरा गर्दा उनीहरूले या त २००२ देखि २०२२ सम्मको संगठनको संघर्षको ऐतिहासिक बिरासत छोड्नु पर्छ, या त आफू मूलधारको नभइ फूटपरस्त भएको स्वीकार गर्नु पदर्छ ।

मूल प्रवाह नेपाली एकता समाजले सामाजिक, राजनैतिक, सैद्धान्तिक एवं सांगठानिक क्षेत्रमा निरन्तर संघर्ष गर्दै अगाडि बढिरहेको छ । अहिलेसम्म यसले आठौं अखिल भारत सम्मेलन सम्पन्न पार्न सफल भएल भएको छ भने हालै “प्रवासी नेपालीहरूको मताधिकार र समानुपातिक प्रतिनिधीत्वको लागि संघर्ष गरौं, भारतस्थित नेपालीहरूको हक–हित र सामाजिक सुरक्षाको लागि संगठित बनौं” भन्ने मूल नाराका साथ क्षेत्रीय सम्मेलन अभियान पनि भव्यताका साथ सम्पन्न भएको छ । संगठनको विशिष्ठ अवस्थामा भएकोले मध्य दक्षिण र दक्षिण भारत क्षेत्रीय सम्मेलन २०२२ मै सम्पन्न भए भने अन्य २२ अप्रेलदेखि २७ अगस्त २०२३ सम्म भव्यताका साथ सम्पन्न भएका छन् ।

अभियानको शुरुवात मध्य दक्षिण क्षेत्रीय समितिको छैठौं क्षेत्रीय सम्मेलन १६–१७ जुलाई २०२२ हैदराबाद, दक्षिण भारत क्षेत्रीय समितिको दशौं क्षेत्रीय सम्मेलन २३–२४ जुलाई २०२२ चेन्नई, मध्य पश्चिमोत्तर– पश्चिमोत्तर क्षेत्रीय समितिको दशौं सम्मेलन २२–२३ अप्रेल २०२३ फरीदाबाद, सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिको दशौं क्षेत्रीय सम्मेलन २९–३० अप्रेल २०२३ अम्बाला, हिमाचल राज्य समितिको दशौं राज्य सम्मेलन ६–७ मई २०२३ सोलन, मध्य पश्चिम भारत क्षेत्रीय समितिको छैठौं क्षेत्रीय सम्मेलन १३–१४ मई पनवेल, पश्चिम भारत क्षेत्रीय समितिको छैठौं क्षेत्रीय सम्मेलन २०–२१ मई २०२१ वापी, मध्य–उत्तर भारतको छैठौं सम्मेलन २७–२८ मई २०२३ भोपाल, पुर्वी भारतको छैठौं सम्मेलन २७–२८ मई २०२३ भुवन्नेश्वर र पुर्वोत्तर क्षेत्रीय समितिको छैठौं सम्मेलन २६–२७ अगस्त २०२३ कोहिमामा समापन गरियो । क्षेत्रीय सम्मेलको दौरानमा साबिक मध्य पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गतको बिकानेर नगर समितिलाई सुदुर पश्चिमोत्तर क्षेत्रमा र बाँकि समितिहरू पश्चिमोत्तरमा साथै उत्तर भारत क्षेत्रीय समिति र मध्य भारत क्षेत्रीय समितिलाई समायोजन गरि मध्य–उत्तर क्षेत्रीय समितिमा एकाकार गरियो ।

सम्मेलनको दौरानमा संगठनले झण्डै एक लाख नेपालीहरू समक्ष सम्मेलनका अपिल पु¥याउन सकेको छ भने सम्मेलनको घोषणा सभा हलहरूमा झण्डै ४० हजारको जनसहभागीता रहेको थियो । सम्मेलनमा ३९८ क्षेत्रीय कार्यकर्ता र २१० क्षेत्रीय महिला विभागका कार्यकर्ताहरूले संगठनको बिकास र प्रगतिको लागि प्रतिवद्धता गरेका छन् । सम्मेलनको सात स्थानमा नेपालबाट प्रमुख अतिथी तथा विशिष्ठ अतिथीहरूको आगमन रहेको थियो । जसमाः राजमो अध्यक्ष चित्र बहादुर केसी, वामपन्थी नेता आनन्द शर्मा, राजमो उपाध्यक्ष जनकराज शर्मा, महासचिव मानोज भट्ट हुनुहुन्थ्यो । सम्मेलनपूर्व साँस्कृतीक कलाकारहरूको प्रशिक्षण सम्पन्न गरिएको थियो । त्यसको लागि सुदुर पश्चिमोत्तर र पश्चिमोत्तरको दिल्ली एवं पश्चिम भारत र मध्य पश्चिम भारतको वापीमा प्रशिक्षण भएको थियो प्रशिक्षकको रूपमा रक्तीम सांस्कृतीक अभियान केन्द्रीय उषा तारामी हुनुहुन्थ्यो । उनै नयाँ कलाकारहरूद्धारा सम्मेलनहरूमा भव्य साँस्कृतिक कार्यक्रम प्रस्तुत भएको थियो । उषा तारामीको पश्चिमोत्तर, मघ्य पश्चिम भारत र पश्चिम भारतको सम्मेलनमा समेत सहभागी थियो ।

सम्मेलन अभियानको दौरानमा सम्मेलनको बन्दसत्र र घोषणा सभाहरूले धेरै विषयमा नेपालीहरूलाई सचेत गराउन ठूलो भुमिका निर्वाह गरेको थियो । पश्चिमोत्तर, सुदुर पश्चिमोत्तर र हिमाचलमा सम्मेलनको दौरानमा भएको जुलुस प्रदर्शनलाई नेपालीहरूको शक्ती प्रदर्शनको रूपमा भारतीय मिडीयहरूले व्याख्या गरेका थिए ।

समग्रमा भन्ने हो भने क्षेत्रीय सम्मेलन अभियान सम्मेलनको मूल नारा ‘प्रवासी नेपालीहरूको मताधिकार र समानुपातिक प्रतिनिधीत्वको लागि संघर्ष गरौं, भारत स्थित नेपालीहरूको हकहित र सामाजिक सुरक्षाको लागि संगठित बनौं” भन्ने नारा अनुरूप प्रचारात्मक आन्दोलन सफल भएको छ । तर, हाम्रो जिम्मेवारी सकिएको छैन । अहिले पनि नेपाल र नेपालीका थुपै समस्याहरू विद्यमान छन् । जसमाः नेपाली नागरिकहरू खास गरि युवाहरूको वैदेशिक पलाएन प्रमुख समस्या मध्य एक हो ।

पहिले नेपालबाट रोजगारको लागि भारतमा मात्र आउने चलन थियो । शिक्षाको अभावमा अक्षितहरू भारतका विभिन्न शहरमा रोजगारको लागि आउने गर्दथे । उनीहरू बजार–गल्लीका चौकीदार, बंगला/कोठीमा घरेलु कर्मचारी, होटलमा बेटर, दुकान–उद्योगमा मजदुरी तथा भारी बोक्ने भरियाको रूपमा काम गर्दथ्य । लामो समयको बसाईका कारण उनका बच्चाहरूले लेखपढ गर्न सफल भएको हुँदा र लामो समय बंगला/कोठीमा सरकारी अफिसरहरूलाई सहयोग गरे वापत केहीले राम्रो सरकारी जागीर समेत हात पार्न सफल भएका थिए । मोटा मोटी रूपमा भन्दा नेपालबाट आउनेहरू स–साना काममा मात्र सिमित हुन्थ्ये । कारण अशिक्षा थियो ।

भारतको तुलनामा तेस्रो मुलुकतिरको आकर्षण अहिले पनि भारत आउनेको क्रम रोकिएको छैन, अनुपात पातलिएको मात्र हो । अहिले रोजगारको लागि तेस्रो मुलुक जानेहरूको संख्या बेहतासा वृद्धि भएको छ, त्यहाँ पनि सजिलो छैन । दलालको ठगीको कारण उडान नै नहुने, अनुबन्ध अनुरूपको काम र सुबिधा नपाउने, अचानक छटनी गर्ने आदि समस्याका साथै कैयौं स्थानमा फरक धर्मका कारण अपमानको शिकार हुनपरिरहेको छ । खास गरि मलेसिया तथा अरबका देशमा त्यसप्रकारका समस्या छन् । नेपालबाट रोजगारीको लागि कोरिया, जापान, अस्टे«लिया, अमेरीका र युरोपका विभिन्न देशहरूमा जानका लागि बढी आक्रषण भएता पनि ठूलो धनरासी तथा भाषाको परिक्षा क्रेक गर्नुपर्ने भएको हँुदा कमजोर आय वर्गका युवाहरू मलेसिया तथा अरबका देशमा जान बाध्यछन् । उनीहरू चर्को श्रमशोषणको शिकार पनि हुने गर्दछन् । अस्टे«लिया, अमेरीका र युरोप जानेहरूमा शिक्षित र मध्य तथा सम्पन्न वर्गका परिवारबाट छन् । उनीहरू उच्च शिक्षा हासिल गरेकाछन् तर, त्यहाँको चकाचौंध, सुबिधा र सुबिधा प्राप्तीको लागि लिएको किस्ताबन्दी ऋणको जालमा फसेर राष्ट्र नै विर्सेर पलायन हुने गर्दछन् । त्यसरी ठूलो पैमानामा राष्ट्रियता नै परित्याग गर्नेहरूको संख्या प्रत्येक वर्ष वृद्धी भइरहेको छ । त्यती मात्र हैन, उच्च शिक्षा हासिल गर्न अरबौं रूपैयाँ बाहिरीएको छ । त्यसले नेपालको अर्थतन्त्रलाई समेत प्रभावित पारेको छ । त्यसको साथै नेपालमा युवा विहीन र वृद्धाश्रम जस्तो बन्दै गइरहेको छ ।

नेपाली राज्यसत्ता उपर्युक्त विषयमा बेखबर पक्कै छैन तर, गंभीर पनि छैन । कैयौं ठूला पार्टीहरूले समेत आफ्नो चुनावी घोषणा–पत्रमा वैदेशिक पलाएको समस्याको चर्चा तथा न्युनिकरण गर्ने प्रतिवद्धता गरेका छन् तर, व्यहारमा उनीहरू बैदेशिक रोजगारलाई बढावा दिइरहेका छन् । वैदेशिक पलायनले नेपालको कृषीक्षेत्र प्रभावित भएको छ, खेत–बारी बंजर भूमिका परिणत बन्दै गइरहेका छन् । युवाहरूको वैदेशिक पलायन रोक्न सरकारले गंभीर भएर योजना बनाउनु पर्ने आवश्यक हुन्छ । जबसम्म नेपालमा औद्योगिक बिकास हुँदैन तबसम्म रोजगार श्रृजना हुँदैन । स्वदेशमा रोजगारको अवसर बिना नागरिकहरुको विदेश पलायन रोक्न सकिंदैन ।

देशको आर्थिक, सामाजिक परिवर्तनको लागि राजनैतिक परिवर्तन जरुरी हुन्छ । हामी प्रवासी नेपालीहरूका समस्या पनि नेपालको राज्यसत्तासँग जोडिएको हुँदा हाम्रो पनि दायीत्व हुन आउ“छ । सही राजनैतिक चेतना बिना सामाजिक परिवर्तन पनि सम्भव हुँदैन । त्यसैले सही राजनीतिको पहिचान जरुरी छ । आफ्नो स्वार्थको लागि राष्ट्रियतासम्म परित्याग गरेर अन्य देशको नागरिक बन्न पुगेकाहरूले प्रवासी नेपालीको आन्दोलनलाई दिशा विहीन बनाउने प्रयास गरि रहेकाछन् । एनआरएन त्यसैको एउटा रूप हो, नामबाट नै प्रष्ट छ, “गैरआवासीय नेपाली” उनीहरू देशबाट पलायन भैसकेका हुन् । उनीहरूले आफ्नो फाइदाको लागि वेला वेलामा नेपाल प्रेम प्रदर्शन गर्ने गर्दछन् । आफ्नो सदस्य संख्या वृद्धी गर्न विजा लिएर काम गरिरहेका या उच्च शिक्षा आर्जन गर्नेहरूलाई समेत उनीहरुले सदस्यता दिने गरेका छन् । उनीहरूको धनबलको प्रभावमा कैयौं विजाधारकहरू पनि सदस्य बनेका छन् । उनीहरूले मुल रूपमा साम्राज्यवादको सेवाको लागि कार्य गरेका छन् । तिनै मध्य केही अवसरवादीहरूले अहिले नेपाली जनतालाई भ्रमित बनाई सत्ताको शिखरमा पुग्ने प्रयास गरेका छन् । उनीहरूले नेपालमा मात्र हैन, प्रवासमा समेत भ्रम श्रृजना गरेका छन् । कुनै समय बिदेशमा बसेको हँुदा कैयौंलाई यो भ्रम छ, उसले प्रवासी नेपालीको प्रतिनिधीत्व गर्छ । तर, तिनीहरूले आजसम्म खेलेको भूमिकाले प्रस्ट पारेको छ की, उनीहरू नेपालको भुमिमा साम्राज्यवादी अमेरिकी एजेण्टको भुमिकामा छन् । राष्ट्रघाती एमसिसी एवं एसपिपिको पक्षमा गरेको वकालत र एसपिपि असफल भए पछि पनि सेनामा कटौती जस्ता बिचारले उनीहरूको राजनैतिक चरित्र उदांगिएको छ ।

नेपालको राजनैतिक आन्दोलनमा कृयाशिल ठूला दलहरूबाट जनताको अपेक्षा पुर्ती नभएको हुँदा, उत्पन्न भएको जनक्रोसबाट फाइदा उठाई पुनर्उत्थानवादीहरूले शिर उठाइरहेका छन् । छिमेकी राष्ट्र भारतको सत्तामा भएको हिन्दूत्ववादी शक्तिले समेत नेपालमा हिन्दूराष्ट्र र त्यसको आडमा राजाको पुनस्र्थापना चाहेको छ । नेपाली समाजमा रहेको धार्मिक भावनालाई भजाएर आफ्नो शक्ती रक्षण गर्ने दाउमा काँग्रेस वा आफूलाई कम्युनिष्ट भनाउँदाहरू समेत रहेका छन् । उनीहरूले परम्परा, संस्कृतीको रक्षाको नाममा धर्मनिरपेक्षता माथीको आक्रमणलाई नजरअन्दाज गर्ने मात्रै हैन जनचाहना भनि घुमाउरो प्रकारले हिन्दूराष्ट्रको बिचारलाई अगाडि बढाएका छन् । साम्राज्यवादी शक्तीहरूलाई खुसी पार्न आफ्ना अडानहरू छाडी सम्झौतापरस्त नीति अख्तीयार गर्नुले नेपालको राननीतिमा मात्र हैन राष्ट्रियता जनतन्त्रमाथी संकट देखापरिरहेको छ । अवसरवादीहरूले वैकल्पीक राजनीतिको एवं युवाहरूको नेतृत्वको नाममा भ्रम छरेर सत्ता हत्याउने प्रयासमा छन् । उनीहरू साम्राज्यवादीहरूको कठपुली मात्र हुन् । उनीहरूको राजनीतिक नियन्त्रण साम्राज्यवादको हातमा छ । देशको राष्ट्रियता, जनतन्त्र, जनजिवीकाको लागि जनताप्रति उत्तरदायी व्यवस्था नयाँ जनवादी व्यवस्था विना सम्भव छैन ।

देशको विषम परिस्थितीलाई ठोष परिस्थितीको ठोष विष्लेशण गरि सहि राजनैतिक निकास दिन कम्युनिष्ट पार्टीले नै भुमिका निर्वाह गर्न सक्छ र उसको जिम्मेवारी पनि हो । तर, “ठूला कम्युनिष्ट” पार्टी भनाउँदा (एमाले, माओवादी, समाजवादी)हरू सैद्धान्तिक विचलन र भ्रष्टीकरणको शिकार भैसकेका छन्, तिनीहरूबाट अपेक्षा गर्न सकिंदैन । अन्य वामपंथी समुहहरू पनि समस्याको सही सैद्धान्तिक विष्लेशण र त्यसको समाधानको बारेमा उनीहरूको राजनीति द्वोयषपूर्ण नै छ । उनीहरूले रणनैतिक सवाललाई उठाएता पनि तात्कालिन राजनैतिक सवालमा द्वन्दात्मक दृष्टीकोण अपनाउँन नसक्नाले क्रान्तिकारी भुमिका निर्वाह गर्न सकेका छैनन् । त्यसैले उनीहरूका गतिविधीहरूले जान वा अंजानमा प्रतिगामीहरूको पक्षलाई टेवा पु¥याई रहेका छन् । देशमा वामपंथी जनमत व्यापक भएको हँुदाहँुदै पनि दक्षिणपंथी, अवसरवादी, वामपंथी संकृणवादी, क्रान्तिकारी लफ्फाजीले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएको छ । यो अवस्थामा सबै खाले गलत राजनैतिक विचारको विरुद्ध द्वन्दात्मक दृष्टीकोण अपनाउँदै क्रान्तिकारी आन्दोलनमा अगाडि बढाउन जरुरी हुन्छ । यो अवस्थामा हामी प्रवासी नेपालीहरूले पनि प्रवासमा आफ्ना हकहित र सामाजिक उत्थानको लागि संघर्ष गर्दै आएका छौं । त्यसका साथै नेपालको राजनैतिक आन्दोलनलाई सही मार्गमा लैजान साम्राज्यवादी तथा प्रतिगमनकारी षडयन्त्र एवं सबैखाले अवसरवादी, पदलोलुपता, दक्षिणपंथी बिचारहरू विरूद्ध सैद्धान्तिक संघर्ष गर्दै क्रान्तीकारी आन्दोलनलाई जनताको बिचमा पु¥याई दरिलो संगठन निमार्ण गर्नुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार