निखिल रावत
वापि, २१ जुलाई । नेपाल घर आछाम जिल्ला चौरपाटि गाउँपालीका वडा नं २ घर भएका गोर बहादुर साउदका छोरा वर्ष ३१ का महेन्द्र साउद गुजरातको सुरतस्थित आडाजन एरिया स्थित हाउसिंग सोसायटीमा बिगत केहि बर्षदेखी वाचमेनको नौकरी गर्दै आएका थिए । उनको यही २० जुलाई २०२४ को राति ८ बजे तिर आडाजन एरियाको सडक किनारामा बेहोश अबस्था भेटिएका थिए । उनको यो अवस्था देखेपछि स्थानीयले अडाजन पुलिसलाई खबर गरे पछि पुलिस सुरत सिबिल हास्पिटलमा लगेर चेक जांच गर्दा डाक्टरले मृत्यु भैसकेको बताउनु भएको थियो ।
घटनाको बारेमा खबर पाउना साथ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिका अध्यक्ष वेद बहादुर कार्की लगायत मृतकका आफन्तहरूले स्थानीय पुलिस चौकी पुगि घटनाको सत्य तथ्य छानबीनको माग गरिएको छ । मृतक महेन्द्र साउँदको शव यति बेला पोस्ट मार्टमको लागि सुरत सिबिल हास्पिटलमा राखिएको छ ।