बढौदरा, १४ अगस्त । गुजरातको बढौदरामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको नगर भेला सम्पन्न भएको छ । नारायण विकको अध्यक्षता र युवराज बिष्टको सञ्चालनबाट अगाडि बढेको सो भेलामा मूल प्रवाहका केन्द्रीय अध्यक्ष ठाकुर खनाल र पश्चिम भारत क्षेत्रीय अध्यक्ष बेद बहादुर कार्कीको विशेष उपस्थिति रहेको थियो ।
भेलाले नारायण विकको अध्यक्षतामा १५ पूर्ण, ५ वैकल्पिक र ५ सल्लाहकार गरि २५ सदस्यीय बढौदरा नगर सगठन समितिको पुनर्गठन गरिएको छ । जसमाः उपाध्यक्ष– लोकराज साह, सचिव– गोविन्द परियार, सहसचिव– चक्र नकाल, कोषाध्यक्ष– युवराज विक, सदस्यमाः अमर पुन, दिनेश सोनी, नवीन विक, सुरेश रावत, देवराज बुढा, सन्तोष बिस्ट, विकास सुनार, दिपक बिस्ट, सागर थापा, प्रेम दर्लामी, बैकल्पिक सदस्यमाः राजु दर्लामी, वकिल बुढा, सुनिल विक, जितेन्द्र परियार र एक स्थान रिक्त रहेको छ । त्यस्तै भेलाले चानस बिस्ट, राजेन्द्र विक, शरद बिस्ट, भरत शाह र एकस्थान रिक्त रहेको छ ।
नवनिर्वाचित समितिलाई केन्द्रीय अध्यक्ष ठाकुर खनाल र वेद बहादुर कार्कीले बधाई तथा शुभकामना दिनुभएको थियो ।