सिलवासामा 137औं अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवस सम्पन्न

सिलवासा, 1 मई 2026,  मूल प्रवाह अखिल भारत नेपाली एकता समाज वापी पश्चिम, वापी पूर्ब,दमन र सिलवासा नगर समितीको संयुक्त आयोजानामा दमनदिव नगर हवेलीको राजधानी सिलवासामा सम्पन्न भएको छ ।

137औं मई दिवशको अवसरमा वापी औद्योगिक शहर सिलवासा, दमनमा कार्यारत नेपाली मजदुरहरू सिलवास पार्कमा जुटेर मई दिवशका सहिदहरूको सम्मानमा नारा वाजी गरेका थिए । साथै मजदुर आन्दोलनको अवस्था र देशको वर्तमान अवस्थाबारे चर्चा गरिएको थियो । कैयौं संगठनहरूले मजदुर दिवशलाई पनि छुट्टीको दिन त्यसलाई मनोरंजनात्मक कार्यक्रम गरेर मजदुरहरूलाई उनीहरूको दायीत्वबाट अलग्याने गलत विचारको समेत भण्डाफोड गरेका थिए । कार्यक्रममा केेन्द्रिय सदस्य रमकला काउछा, क्षेत्रीय सचिवालय सदस्य प्रविन सिंह काउछा । क्षेत्रीय सदस्य तथा वापी पूर्वका अध्यक्ष गन बहादुर, सिलवासाका मान बहादुर, महिला नेतृ सिता थापा, मिना विश्वकर्मा लगायतको उपथ्सिथती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार