नारनौलमा परिचय पत्र विहिन नेपालीहरुलाई कोरोना बिरुद्ध भ्याक्सिन लगाइयो

नारनौल, ०४ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नारनौल नगर समितिको आयोजनामा आधार कार्ड नभएर भ्याक्सिन लगाउनबाट वन्चित भएका नेपालीहरुलाई भ्याक्सिन लगाइएको छ ।

प्रवाह अखिल भारत नेपाली एकता समाज नारनौल नगर समितिको पहल र नारनौलको सिविल हस्पिटलको सहयोगमा सो कार्य सम्पन्न गरिएको हो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्यपश्चिमोत्तर क्षेत्रीय समितिका सहसचिव इश्वरी आचार्यका अनुसार आज बिहान १० बजेदेखी दिउँसो १ बजेसम्म २५ जना आधार कार्ड नभएका र ३ जना आधार कार्ड भएर पनि भ्याक्सिन लगाउनबाट वन्चित भएका नेपालीहरुलाई भ्याक्सिन लगाइएको छ ।

अझै छुटेका नेपालीहरुले आउँदो सोमवारसम्म पनि भ्याक्सिन लगाउन पाउने व्यवस्था मिलाइएको कुरा दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नारनौल नगर समितिले जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार