सन्देश सभा सहित एरिया भेला सम्पन्न

भिवाडी, १३ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवाडीको आयोजनामा आठौं अखिल भारत सम्मेलन सन्देश सभा सम्पन्न भएको छ । कृष्टी राईको सञ्चालनमा आयोजना भएको उक्त कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष काजीराम श्रेष्ठले गर्नुभएको थियो ।

केन्द्रीय सदस्य बाबुराम बस्नेत प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रममा अन्य अतिथिहरुमा क्षेत्रीय सदस्य राम प्रसाद घिमिरे र किशोर राई, रक्तिम बिभागबाट रामबहादुर थापा, विद्यार्थी बिभागबाट सृष्टि राई हुनुहुन्थ्यो । ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारणा पछी उपस्थित जनसमुदायलाई नगर सदस्य अमृत के.सी.ले स्वागत मन्तव्य दिनुभएको थियो ।

उक्त सन्देश सभामा महिला बिभागकि अध्यक्ष कल्पना के.सी र यामी पन्थीले आ-आफ्नो धारणा राख्नु भएको थियो । क्षेत्रीय सदस्य क्रमशः रामप्रसाद घिमिरे र किशोर राई र रक्तिम बिभागबाट राम बहादुर थापा, त्यस्तै यु.आ.टि. एरिया समितिका सचिव नारायण तिवारी, नगर समितिबाट क्रमशः अर्जुन नेपाली, डि.बि राना र रमेश परियारले सो कार्यक्रममा बक्तब्य दिनुभएको थियो ।

प्रमुख अतिथि बाबुराम बस्नेतले संगठन भित्र बेलाबेलामा झिनामसिना समस्या आइरहने हुँदा त्यस्ता समस्याहरुसँग हटेर होईन डटेर सामना गर्नु पर्ने बताउनु भयो । संगठनको मूल बाटो बिराएर जानू भएका साथीहरूलाई पुनः मूल घरमा फर्कन अनुरोध गर्नु भएको थियो ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज एउटा विशाल र प्रवासी नेपालीहरुको अभिभावकिय संगठन भएको हुँदा पूर्वाग्रही राखेर संगठनलाई केही तत्वले बदनाम गर्न खोज्नेहरु बालुवामा पानी बिलाए जसरी बिलाउने र अन्यथा जनतहरुले त्यस्ता तत्वलाई नछाड्ने भन्दै तस्ता तत्वलाई बेलैमा सच्चिनु पर्नेमा जोड दिनु भएको थियो ।

सो कार्यक्रममा आठौं अखिल भारत सम्मेलनमा रक्तिम सांस्कृत नृत्य प्रस्तुत गर्नु हुने कलाकारहरु क्रमशः सृष्टि राई र रानी थापालाई प्रमुख अतिथी बाबुराम बस्नेत र रक्तिम बिभागका सदस्य राम बहादुर थापाले सम्मान स्वरुप सम्मान पत्र र पुरस्कार हस्तान्तरण गर्नु भएको थियो । उक्त सन्देश सभा कार्यक्रमको बिच बिचमा रक्तिमका कलाकारहरूले आफ्नो जोशीलो जनवादी गित र नृत्य प्रस्तुत गर्नु भएको थियो ।

त्यसै गरि सोहि दिन धारुहेडा एरिया समितिको गठन गरिएको छ । क्षेत्रीय सदस्य तथा नगर उपाध्यक्ष राम बहादुर थापाको विशेष पहलमा र केन्द्रीय सदस्य कृष्टी राईको उपस्तिथिमा नौ सदस्यीय धारुहेडा एरिया समिति गठन गरिएको छ । जसमा क्रमशः अध्यक्ष- धुर्ब थापा, सचिव- सबिता खत्री, कोषाध्यक्ष- रवि के.सी. र सदस्यहरुमा क्रमशः मनिष गुरुङ, नरेश जि.सी., शमशेर गैरे, पार्बती, सुशील र सञ्जय कुमाल रहनु भएको छ । वक्ताहरूले सो एरिया समितिको सफलताको लागि शुभकामना पनि दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार