भारतस्थित प्रवासी नेपालीहरुको समस्यासँग एकाकार भै समस्याको हलगर्ने योजनामा सहभागि बनौं : केसी

  • छैटौं क्षेत्रीय सम्मेलन आगामी जुलाई १६-१७, २०२२ का दिन हैदराबादको मूसापेटस्थित पाटिदार भबनमा हुने
  • हैदरावाद, २० मार्च । अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष तथा मूल प्रवाहका निवर्तमान अध्यक्ष दुर्गा बहादुर केसीले भारतस्थित प्रवासी नेपालीहरुको समस्यासँग एकाकार भै समस्याको हलगर्ने योजनामा सहभागि बन्नका लागि आव्हान गर्नुभएको छ । केसीले सो धारणा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समितिको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै राख्नुभएको हो ।

    हैदराबादको मल्लपुरस्थित अम्बेड्कर कम्युनिटी हलमा सम्पन्न उक्त भेलाको उद्घाटन अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष दुर्गा बहादुर केसीले मैनबत्ती बालेर कर्ताल ध्वनीको साथमा गर्नुभएको थियो । उहाँले उद्घाटन गर्दै मूल प्रवाहको आठौं सम्मेलन पश्चात् कतिपय महत्वपूणर् निणर्यहरु भएको बताउनु भयो ।

    ‘आजको यो मध्य दक्षिण क्षेत्रीय भेला पनि एक हो, यसले आगामी दिनमा सङ्गठनको बिस्तार गर्न के कस्ता योजनाहरु बनाउने, कसरी कामको स्प्रीट बढाउने र अघि बढ्ने भन्ने बिषयमा निणर्य गर्नेछ ।’ केसीले बताउनु भयो- ‘यसका साथै सङ्गठनको अनुशासनमा बस्न नसक्नेहरुले समाजको बिकास गर्न पनि नसक्ने र भारतस्थित नेपालीहरुको समस्यासँग एकाकार भै समस्याको हलगर्ने पनि सक्दैनन् ।’

    संगठन परिचालनको लागि सबैभन्दा ठूलो औजार अनुशासन भएको केसीले बताउनु भयो । केसीले निकट भविष्यमा देशमा सम्पन्न हुन लागिरहेको स्थानीय निकायको निर्बाचनमा पनि भारत लगायत विश्वका विभिन्न देशहरुमा रहेका नेपालीहरु पनि निर्बाचन सम्पन्न पार्नको लागि नेपाल जानुपर्ने र राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरुलाई विजय बनाउने कार्यमा पनि लाग्न आव्हान गर्नुभएको थियो । त्यस्तै उक्त कार्यक्रममा विशिष्ट अथिति मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष प्रेम पौडेलले सङ्गठनको विरोध गर्दै हिड्ने तत्वहरुको कुनै परिणाम मुखी गन्तव्य नभएकोले पश्चातापमा परेर छट्पटीरहेको बताउनु भयो । ‘कथित भेला गरेर गोरखपुरमा ३३ जना उभिएर ६२ जनाको कथित समानान्तर समिति बनाउनेहरु मूल प्रवाहको आठौं सम्मेलन ऐतिहासिक रुपमा सम्पन्न भैसकेपछी अत्तालिएका छन्, बेचैनी भएका छन् । पौडेलले बताउनु भयो- ‘उनीहरुको कथित क्रान्तिकारी मुकुण्डो उघारिसकेको छ, अब भ्रमजालमा कोहि पनि पर्नेवाला छैनन् ।’

    कार्यक्रममा केन्द्रीय सदस्य फुलबिना पौडेल, भिम बहादुर थापा र कृष्ण बहादुर थापाको पनि आथित्यता रहेको थियो । कार्यक्रमको अध्यक्षता रामप्रसाद पौडेल, सञ्चालन तिलक राना, वीर शहिदहरुप्रती एक मिनेट मौनधारण गरिएको थियो । स्वागत रुपलाल जिएम र कलाकारहरुले गरेका थिए ।

    उद्घाटन कार्यक्रमको समापन पश्चात् दोस्रो शेषनको कार्यक्रम शंकर नेपालीको सञ्चालनबाट अघि बढेको थियो । धनबहादुर शाही, गुमा राना र पुष्पा पौडेल रहेको तीन सदस्यीय अध्यक्ष मण्डलले कार्यक्रम अघि बढाएको थियो । विभिन्न नगरहरुबाट रिपोर्टिङ प्रस्तुत गरिएको थियो ।

    जसानुसार उत्तर नगर समितिबाट मोहनलाल शर्मा, मध्य नगर समितिबाट राजु दुलाल, दक्षिण नगर समितिबाट वीर बहादुर विक, नागपुर नगरबाट रुपलाल जिएमले आ-आफ्नो नगरहरुको रिपोर्ट पेस गर्नुभएको थियो । आएका रिपोर्टहरुमाथी क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलले स्पष्टीकरण दिनुभएको थियो । तत पश्चात् क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलले भेलाका एजेण्डाहरु प्रस्तुत गर्नुभएको थियो । जसमाः मध्य दक्षिण क्षेत्रीय समितिको छैटौं क्षेत्रीय सम्मेलन, प्रकाशन र स्थानीय निकायको निर्बाचन विषयहरु रहेका थिए । भेलाले छैटौं क्षेत्रीय सम्मेलन आगामी जुलाई १६-१७, २०२२ का दिन हैदराबादको मूसापेटस्थित पाटिदार भबनमा सम्पन्न गर्नेगरी रामप्रसाद पौडेलको संयोजकत्वमा १७ सदस्यीय मूल ब्यबस्थापन समितिको गठन गरेको छ । जसमाः रुपलाल जिएम (नागपुर), कृष्ण बहादुर थापा, (दक्षिण) घनश्याम शर्मा (उत्तर), तिलक राना (मध्य), के रतन सिंह, वीर बहादुर विक (दक्षिण), शंकर नेपाली, सुर्यबहादुर थापा (हैदरावाद उत्तर), थान बहादुर छेत्री (मध्य), पुस्पा पौडेल, लाल बहादुर थापा, (उत्तर), राजु दुलाल, गङा कडायत, कृष्ण कुमारी बिक (मध्य), राजकुमार रायमाझी (एल्लुर) र माया थापा (उत्तर) रहनुभएको छ ।

    त्यसैगरी भेलाले तिलक रानाको संयोजकत्वमा १९९ सदस्यीय सम्मेलन प्रचार प्रसार उप समिति निर्माण गरेको छ । पुष्पा पौडेलको संयोजत्वमा अतिथि सत्कार तथा ब्यबस्थापन, घनश्याम शर्माको संयोजकत्वमा आर्थिक उपसमिति, वीर बहादुर विकको संयोजकत्वमा मेश ब्यबस्थापन, रतन सिंह विकको संयोजकत्वमा मिडिया सेल, झलक पुनको संयोजकत्वमा साँस्कृतिक उप समिति र थान बहादुर छेत्रीको संयोजकत्वमा स्वयम् सेवक उपसमिति निर्माण गरिएको छ ।

    यसरी मध्य दक्षिण क्षेत्रको छैटौं क्षेत्रीय सम्मेलन ऐतिहासिक रुपमा सम्पन्न पार्नको लागि विभिन्न प्रभावकारी योजना सहित भेला सम्पन्न भएको छ ।

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार