यी हुन् बागलुङमा राष्ट्रिय जनमोर्चाबाट प्रमुख उपप्रमुख उम्मेदवार

बागलुङ । बागलुङमा पाँच दलीय गठबन्धनले संयुक्त उम्मेदवारी दिएको छ । गठबन्धनको निर्णय अनुसार राष्ट्रिय जनमोर्चाले दुई पालिकामा प्रमुख र दुई वटामा उपप्रमुख पद पाएको छ भने १५ वटा वडामा अध्यक्ष पाएको छ ।

राजमो बागलुङका उपाध्यक्ष धर्म कुँवरका अनुसार जिल्लाको जैमिनी नगरपालिका र बरेङमा राजमोले नेतृत्व पाएको छ भने बडिगाड र काठेखोलामा उपाध्यक्ष पद पाएको छ ।

जैमिनी नगरपालिमामा राजमो नेता नरबहादुर पुनले प्रमुखमा उम्मेदवारी दिनुभएको छ । यस्तै, बरेङ गाउँपालिकामा कृष्णप्रसाद पौडेलले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।

यता, बडिगाड गाउँपालिकामा भीमसेन वन र काठेखोला गाउँपालिमा तेजबहादुर थापा (तिलक) ले उपाध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।

राजमोले ढोरपाटन नगरपालिमा ४, निसिखोला गाउँपालिमा २, बडिगाड गाउँपालिमा २, गलकोट नगरपालिकामा २, काठेखोला गाउँपालिकामा १, बागलुङ नगरपालिकामा १, जैमिनी नगरपालिकामा २ र बरेङ गाउँपालिकामा २ जना वडाअध्यक्ष पाएको छ ।

पाँच दलबीच भएको सहमतिअनुसार जिल्लाका १० पालिका मध्ये नेपाली कांग्रेसलाई ६, नेकपा (माओवादी केन्द्र) लाई २, राष्ट्रिय जनमोर्चालाई २ र एकीकृत समाजवादीले १ पालिका प्रमुख पाएका छन् ।

कांग्रेसले बागलुङ नगरपालिका र गलकोट नगरपालिकामा प्रमुख तथा काठेखोला गाउँपालिका, बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएको छ ।

माओवादी केन्द्रले ताराखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाको प्रमुख तथा बागलुङ नगरपालिका, गलकोट नगरपालिकामा उपप्रमुख र निसीखोला गाउँपालिका उपाध्यक्षमा उम्मेदवारी दिएको छ ।

माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले प्रमुख पाएका सबै पालिकामा नेपाली कांग्रेसले उपप्रमुख पाएको छ ।
जिल्ला समन्वय समितिको प्रमुखमा राष्ट्रिय जनमोर्चा र उपप्रमुख नेकपा एकीकृत समाजवादीले पाउने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार