डोटी । राष्ट्रिय जनमोर्चा डोटीले स्थानीय तहको निर्वाचनका लागि जिल्लाका विभिन्न पालिका र वडामा उम्मेदवारी दिएको छ ।
एकल रुपमा निर्वाचनमा होमिएको राजमोले दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, केआईसिंह गाउँपालिका र जोरायल गाउँपालिकाका विभिन्न पदमा उम्मेदवारी दिएको हो । दिपायल सिलगढी नगरपालिकाको प्रमुखमा नरेश आलेले उम्मेदवारी दिनुभएको छ ।
यस्तै, शिखर नगरपालिकाको प्रमुखमा केशवराज जोशीले उम्मेदवारी दिनुभएको छ भने सोही नगरपालिकाको वडा नं ६ मा चन्द्रकान्त जोशी र वडा नं ११ मा नरेन्द्र विष्टको उम्मेदवारी रहेको राजमो डोटीले जनाएको छ ।
यसैगरी केआईसिंह गाउँपालिकाको वडा नं ४ मा राजमो जिल्ला अध्यक्ष डबल बोगटीले उम्मेदवारी दिनुभएको छ । बोगटी सो वडाको बलियो उम्मेदवार रहेको स्थानीय बताउँछन् ।
यस्तै, जोरायल गाउँपालिकाको अध्यक्षमा रमेश वस्तीले उम्मेदवारी दिनुभएको छ । गाउँपालिकाको वडा नं ३ मा मानबहादुर खड्का र ४ मा तारा भट्टको उम्मेदवारी रहेको छ ।
प्रतिगमनविरुद्ध गठबन्धनमा रहेका दलहरुसँग नियमित संवाद भइरहेको र कतिपय स्थानमा तालमेलको सम्भावना अझै रहेको राजमो डोटीले जनाएको छ । तालमेल नभएको खण्डमा पनि राजमो एक्लै निर्वाचनमा भिड्ने र राम्रो नतिजा ल्याउनेमा जिल्लाका नेताहरु विश्वस्त देखिन्छन् ।