कम्यूनिष्ट सिद्धान्त, कम्यूनिष्ट आदर्श र पद्धतिबाट चल्ने पार्टी नेकपा (मसाल) हो । मसालले अख्तियार गरेको नीति र सिद्धान्तमा आधारित पार्टी संगठनको विकास संरचनाले नै सच्चा कम्युनिष्ट पार्टीको प्रतिनिधित्व गर्ने मात्रै होइन, नेतृत्व समेत गर्ने हो । सोही कार्य नेकपा (मसाल)ले नेपालमा गर्दै आएको छ । विगतको समयमा मसालको केही नजिक रहेर काम गरेका व्यक्तिहरु जो अहिले मसाल छैनन् तर उनीहरुलाई मसाल ‘फोविया’ले निकै पिरोलीरहन्छ । मसाल कसैले निभाउन खोजेर निभ्ने वाला छैन । जबसम्म निभ्ने छैन, तबसम्म यो धर्तिमा रहेका सम्पूणर् मानव जातिलाई समान रुपमा काम गर्न, खान र बस्ने वासको व्यवस्था हुने छैन । या भनौं मानिसले मानिस माथि गर्ने शोषण, दमन, अन्याय, अत्याचार, हिंसा र विभेदको जबसम्म समाप्त हुनेछैन । मसाल निभ्ने होइन, झनभन्दा झन दन्किदै जानेछ ।
सत्य तितो हुन्छ, सबैलाई रुचदैन र पच्दैन पनि । सत्य जसले रुचाउँछ या सत्यको पक्षपाती जो हुन्छ, उही ने अन्तिम घडिसम्म टिक्ने हो । संगठनमा कसैले भनेको जस्तो, सोंचेको जस्तो, अनुमान गरेको जस्तो माहोल र परिस्थिति हुँदैन । संगठन त केवल पद्धती, प्रक्रियाहरुलाई ठोस स्थितिको ठोस विस्लेषणका आधारमा व्याख्या गर्दै योजना र कार्यक्रम बनाउँदै अघि बढ्छ । यसमा कतिपयलाई चित्त नबुझ्न सक्छ । त्यो हुन पायो, किनकी यो जगतमा हरेक चीज र घट्ने घटनाहरु सतप्रतिशत राम्रैराम्रा हुँदैनन् । देश काल र परिस्थिति अनुसार तिनीहरुको गुण र दोष अनि आवश्यकता र अपरिहार्यतालाई बुझ्नु पर्दछ । त्यही नै सच्चा माक्र्सवादी-लेनिनवादी चिन्तन प्रणाली हो । या भनौं ठोस परिस्थितिको ठोस् विश्लेषण हो । यसैका आधारमा सच्चा कम्यूनिष्ट पार्टीले कुनै पनि घटना र त्यसबाट सृजित परिणाम बारे विश्लेषण गर्न सक्छ, आफ्नो धारणा बनाउन सक्छ ।
सर्वप्रथम कसैका लागि पनि आप्mनो देश प्रथम हो । देश सार्वभौमसत्ता सम्पन्न, सुरक्षित र एकतावद्ध रुपमा रह्यो भने मात्र अरु राजनैतिक पार्टी खोल्ने, चलाउने कुराको सान्दर्भिकता रहन्छ । त्यसैले देशको राष्ट्रियता, अखण्डता र स्वाभिमानलाई गुम्न नदिनको लागि देशका सम्पूणर् जनता राजनैतिक पार्टीहरु एक ठाउँमा आएर उभिनु पर्दछ । तर एक ठाउँमा आई उभिनुको अर्थ पार्टीहरु मिले उनीहरुको बीचमा कुनै राजनैतिक, सैद्धान्तिक, दार्शनिक भिन्नता पनि केही छैन भन्ने कुरा सोंच्नु चिजलाई द्वन्दात्मक तरिकाले बुझ्न नसक्नु हो । जसलाई अधिभूतवाद भनिन्छ । अधिभूतवादी चिन्तन प्रणालीले मानिसको सोंच विचारलाई साँघुरो बनाई दिन्छ । कुनै पनि चिजलाई बुझ्नको लागि त्यो चिजको सम्बन्धित रुप आवश्यक पर्दैन, केवल एउटा कोणबाट हेरे बुझे पुग्ने धारणा राख्दछ । जस्तो कि केपी ओलीले संसद विघटन गरे, कानुन विपरित उनले आफ्नो सनकको भरमा एकक्षण मै दूई तिहाईको बहुमत सरकार र संसदबाट च्यूत हुनु भनेको एउटा कोणबाट हेर्दा त्यो कार्य केवल केपी ओलीले मात्रै गरेका हुन् जस्तो देखिन्छ, तर त्यो रुप पक्षमा मात्र सही हो ।
यसको सार पक्ष भनेको नेपालमा बढ्दो बामपन्थी जनमतबाट अत्तालिएर खासगरि हिन्दू साम्प्रदायीक लगायतका शक्तिहरुको साथै प्रतिगामी शक्तिहरु जसले यो ६ दशक लामो आन्दोलन पछि प्राप्त भएको गणतन्त्र, धर्मनिरपेक्षता र त्यसभित्र बनेको संविधानलाई ध्वस्त पार्ने र देशमा निरंकुशता कायम गर्नेतर्फ लागिरहेको अवस्थामा के केपी ओलीले गरेको संसद विघटन विघटन गरेका थिए ? या प्राप्त भएका अधिकारहरुलाई पनि विघटित गराई निरंकुशतातर्फ धकेल्नु थियो ? यो विषय नै घटनाको समष्टिगत रुप थियो । तर यहाँ कतिपय पक्षले विघटित भएपछि ताजा जनादेशमा जान किन डराएको ? भनेर वास्तविकतालाई पर्दा लगाउने प्रयास नगरिएको होइन । यस्तो अवस्थामा वामपन्थीहरु मिलेर अघि बढ्नु र वामपन्थी एकतालाई बलियो पार्ने संभावना न्यून बन्दै गयो र पूँजीवादी संरचनाभित्र स्थापित भएकाहरु अधिकार र उपलब्धिहरुको रक्षा गर्दै अघि बढ्नु पर्ने वाध्यात्मक अवश्यकता सृजना भयो । फलस्वरुप त्यो कार्य पूरा गर्नको लागि पाँच दलिए सयंन्त्रको निर्माण गर्ने सहमति बन्यो र अघि बढ्यो ।
यसबाट कतिपय साथीहरुलाई कतै पार्टीले नराम्रो गर्यो कि ! भन्ने जिज्ञासा लाग्नु स्वभाविक नै हो । त्यो जिज्ञासालाई पनि देशको राजनैतिक घटनाहरुले लगभग पुष्टि गर्दै आइसकेको छ, भन्ने कुरा राप्रपा, सिके राउत, जनता दल, परिवार दल लगायतका अन्य प्रतिगामी संघ संस्थाहरु र व्यक्तिहरुसँग पनि एमालेको चुनावी तालमेलले पनि अब एमालेको अभिष्ट कोबाट र कसरी कुन रुपमा पुरा गर्न खोजिएको रहेछ भन्ने कुरा छर्लङ्ग हुँदै जान थालेको छ । तर यहाँ यो वास्तविक र यथार्थलाई पर्दाभित्र लुकाउन मसालको वैचारिक र दार्शनिक अनि सैद्धान्तिक पक्षबाट डराई भ्रम फैलाउँदै आइरहेका मसाल ‘फोविया’ भएकाहरुको कमि छैन । त्यसरी त मसाल ‘फोविया’ नयाँ होइन । स्थापना कालदेखि नै यसप्रकारका प्रवृत्तिहरु देखिंदै आइरहेका थिए ।
खासगरि दरभंगा प्लेनमबाट पास भएको संविधानसभाको चुनावको प्रस्ताव केन्द्रीय समितिको बैठकले बदर गरिदियो । इतिहाँसमा सबभन्दा ठूलो विडम्बना भनौं या बेइमानी अथवा अनहोनी । भेलाको निणर्य, बैठकले उल्टाउने सक्ने !! संविधानसभाको निर्वाचन हुनु पर्दछ भनेर आफ्नो प्रस्ताव पास भए पनि दक्षिणपंथी भन्न बाँकि राखेनन् विरोध गर्नेहरुले । विस २०१७ सालदेखि विकसित भएको ‘फोविया’ मोहनविक्रम सिंह हुँदै मसालको गठन भए पश्चात मसाल ‘फोविया’ सबैमा देखिंदै आएको छ । खासगरि मसाल इतर तर आफूलाई कम्यूनिष्ट हौं भन्नेहरु सबैलाई मसाल ‘फोविया’ ले सताउँदै आएको छ । फोविया भनेको मानसिकन विमार हो । डर, भय र त्राससँग आफू बाँचिरहनु, विचार बनाउनु या अति आत्मविश्वासी भएको भ्रममा पर्नु, सबै कुरा आफूले मात्रै जानेको छु भन्ने आधारमा भ्रममा परि बढि प्रतिक्रियामा उत्रनु जस्ता क्रियाकलाप ‘फोविया’ भएको व्यक्तिले गर्ने क्रियाकलापहरु हुन् । विस २०४२ सालमा मसालबाट मोटो मशाल हुँदै गर्दा राजनैतिक प्रस्ताव सबै मोहनविक्रम सिंहका पास हुने, नेतृत्व चाहीं अरु कतैबाट हुने !? हो यहींबाट मसाल ‘फोविया’ शुरु भएको थियो । मसालको धारणा विना, मसालको कार्यक्रम र योजना विना आफूले केही गर्न नसक्ने तर मसाललाई गालिगलौज र बदनाम गर्न नछाड्ने ?
मसाल अब दक्षिणपन्थी भयो, क्रान्ति गर्न सक्दैन, अब क्रान्ति गर्ने अभिभारा हाम्रो काँधमा आएको छ भनेर ठूला-ठूला क्रान्तिका कुरा गर्नेहरु यद्यपी झापालीहरु समेतको हविगत के भयो ? छर्लङ्गै देखिदै आएको छ । क्रान्ति भनेको एक प्रकारको युग परिवर्तन हो । जस्तो कि, राणा कालमा राणा शासनको युग थियो, पञ्चायतमा पञ्चायती युग थियो । (यहाँ युगको अर्थ अवस्थाको अर्थमा प्रयोग गरिएको छ) कम्यूनिष्टहरु आफ्नो पार्टीको युग ल्याउन चाहन्छन् । जसका लागि कम्यूनिष्ट पार्टीलाई आवश्यक पर्ने जति सम्पूणर् सामाग्रीहरुको सदुपयोग गर्नु पर्दछ । जस्तो कि पहिलो त सहि नीति, सहि राजनीति, सहि कार्यक्रम र योजना, फलामे अनुशासन, कम्यूनिष्ट नैतिकता र आचरण, सहित सिद्धान्त र द्वन्द्वात्मक भौतिकवादी दर्शन जस्ता विषय वस्तुको साथसाथै व्यापक रुपमा संगठनको विस्तार, क्रान्तिका लागि भरपर्दो जनाधार, कम्यूनिष्ट आदर्श र नैतिकता अनि फलामे अनुशासनले लैस मिलिटेन्ट जनसेना, क्रान्ति अब नगरि हुँदैन भन्ने प्रकारको जनस्तरसम्मको विकसित धारणा र आवश्यकता, क्रान्ति गरि सकेपछि त्यो क्रान्तिबाट प्राप्त भएको उपलब्धिलाई बचाउने माहोल जो कि राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति या भनौं बस्तुगत र आत्मगत परिस्थितिको तयारी आदिको तयारी भैसकेपछि नै बल्ल क्रान्तिमा होमिन सकिन्छ ।
यही नै ठोस स्थितिको ठोस विष्लेशण गर्ने तरिका हो । तर यहाँ प्रायः के देखिंदै आइरहेको छ भने केही समय मसालमा आवद्ध भै संगठनमा काम गर्यो भने उ ओभर कन्फिडेन्समा परिणत हुन्छ । ऊ भ्रममा पर्छ अनि सपना देख्छ, ओहो म यति जान्ने बुझ्ने मानिसलाई मोहनविक्रम सिंहले यस्तो गर्ने, उस्तो गर्ने, मसालले यस्तो गर्ने, उस्तो गर्ने ? भन्ने मसाल ‘फोविया’ले सताउन थाल्छ । अनि उ कुनै नीति सिद्धान्त अनुरुप आफ्ना धारणा बनाउने भन्दा पनि मसालको नाम लिनै पर्ने तर नकारात्मक कोणबाट । हमेशा नकारात्मक सोंच र धारणा राख्दै जाँदा उसको चिन्तन प्रणाली साँघुरो बन्दै जान्छ । सारा प्रकृति विश्व र मानव समाजको समग्र अध्ययन गर्ने भन्दा पनि उसले केवल मसाल अनि मोहन विक्रम सिंहको अध्ययन गर्न खोज्छ, त्यसपछि उसभित्र उत्पन्न भएका असन्तुष्टि, भावावेश, आवेग, कुण्ठा र रागहरु अलाप्न थाल्दछ । जसले उसको क्षमता, तरिका र कार्यसैलीलाई पनि त्यही रुपमा विकास या विनास गर्दै जान्छ, त्यो भनेको संकृणवाद नै हो ।
संकृणवादको कार्यक्षेत्र अत्यन्तै साँघुरो, अस्थिर र गैरजिम्मेवारी तथा विरोध नै हो । विरोध गर्न केही गर्नै पर्दैन तर, विरोध गर्नुपर्ने कारण पत्ता लगाउन र त्यसको हल गर्न गाह्रो हुन्छ । हल निकास वा समाधान गर्न कमी कम्जोरी पत्ता लगाएर समाधान गर्न र देश तथा जनताको हितमा काम गर्ने कुरा विरोध गरेजस्तो गरेर सम्भव छैन । यो व्यवहारिक रुप मै गरेर देखाउने काम हो । व्यवहारिक रुपमा गरेर देखाउन या पुरा गर्न नपर्ने भएपछि जे बोले पनि, जे भनि पनि केही फरक पर्दैन । त्यो भनेको गैरजिम्मेवारीपन हो । गैरजिम्मेवारीपन समाजभित्रको एक अस्थिर र उत्तरदायित्व वहन गर्न नपर्ने, वा नसक्ने प्रवृत्ती हो । यसले केवल बढाई चढाई गर्न सिपालु हुन्छ । कहाँ कसरी कस्को बारेमा विरोध गर्दा आफूलाई आनन्द आउँछ, अत्मसन्तुष्टि मिल्छ र कुनै तप्काबाट स्यावासी पनि पाइन्छ भन्ने प्रवृत्ती हावी हुन्छ, जसले कुनै जिम्मेवारी पुरा गर्नु आवश्यक ठान्दैन, संगठनको पद्धती अनुसार चल्नु पर्ने कुरालाई आवश्यक ठान्दैन । उ केवल स्वतन्त्र रुपमा जहाँसुकै, जहिलेसुकै संगठनको बारेमा विरोध गर्ने जिम्मेवारी नै इतिहाँसले उसको काँधमा सुम्पेको छ भन्ने प्रकारले आफूलाई बुझेको हुन्छ, त्यो अराजकतावादी हो । अराजकताको मुख्य प्रेरणाको दार्शनिक श्रोत भनेको संकृणवाद नै हो ।
मसालको नीति, सिद्धान्त, पद्धती ठिक नलाग्न सक्छ, तर यसको अर्थ त्यो ठिक नलागेपछि संधै मसाल ‘फोविया’ बनेर हिड्ने कि मसालले भन्दा राम्रो गरेर देखाउने ? यदि इमान्दारीता र जिम्मेवारी हो भने त राम्रोगरि देखाउनु पथ्र्यो, त्यसो गर्न सकिरहका छैनन् । मसालको आठौं महाधिवेशनले दक्षिणपन्थी लाइन समात्यो भनेर विरोध गर्ने मित्रहरुले क्रान्तिकारी लाइन ल्याएर जनताको बीचमा राखेर जनतालाई गोलबन्द गर्ने जिम्मेवारी पूरा गर्न किन सक्दैनन् ? किन सक्दैनन् भने त्यो केवल भन्नका लागि मात्र थियो । केवल विरोध गर्नु मात्र थियो । विरोध गर्नु नै सर्वज्ञानी, सर्वेसर्वा र क्रान्तिकारी मनोविज्ञान थियो, त्यो केवल मसाल ‘फोविया’ नै थियो । विगत चौथो महाधिवेशन पछि आठौं महाधिवेशनसम्मका सम्पुर्ण घट्नाक्रम र अभिव्यक्तिहरुको ऐतिहाँसिक अध्ययन गर्यौं भने मसाल ‘फोविया’ले कम्यूनिष्ट आन्दोलनमा लागेका व्यक्तिहरुलाई यति साह्रै पनि निकृष्ट रुपमा गिराएर संकृणवादी भएका रहन्छन् भन्ने छर्ललंगै बुझ्न सकिन्छ ।
त्यसकारण निष्कर्षमा के कुरामा ठोकुवा गर्न सकिन्छ भने मसाल भनेको कसैका गालि गलौज र तिरस्कारको हावाले निभ्ने राँको होइन । यो अविचलित रुपमा सर्वहारा वर्गको राज्यसत्ता स्थापनार्थ खटिएको सच्चा कम्यूनिष्ट पार्टी हो । द्वन्द्वात्मक भौतिकवादको आलोकबाट सांगठनिक गतिविधिलाई विकास र विस्तार गर्दै जनपक्षिय र जनसरोकारका तत्कालिन आवश्यकताहरु पूरा गर्न जनतासँगसँगै हातमा हात र काँधमा काँध मिलाउँदै अघि बढ्नु पर्दछ भन्ने कार्यनीति अख्तियार गर्ने क्रममा कतिपय परिस्थितिजन्य रुपमा व्यवहारिक कमिकमजोरीहरु पनि रहन सक्छन्, ती अपवादका विषयहरु हुन् । तर तिनै अपवादका केही झिनामसिना विषयवस्तुहरुलाई उछालेर पार्टीको विरोध गर्नु पार्टीलाई फूटाउन, तहसनहस पार्न प्रयास गर्नु त्यो पार्टीलाई निष्कृय पार्न जोड दिनु नै हो । यस्ता प्रकारका झुटा जालझेल र पार्टी विरोधी तत्वहरुलाई वैचारिक रुपमा, राजनैतिक रुपमा पार्टीका सम्पुर्ण स्तरका कार्यकर्ताहरुले पर्दाफास गर्दै जानु अहिलेको आवश्यकता हो ।