मल्लरानीमा कृष्ण र ऐरावतीमा पनि कृष्णको विजयी

प्युठान । प्युठानको मल्लरानी गाउँपालिकामा राष्ट्रिय जनमोर्चा विजयी भएको छ ।

राजमोका उम्मेदवार कृष्ण वहादुर खड्का ३ हजार २३८ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका शिवराज रिजालले २ हजार ८०२ मत प्राप्त गर्नुभयो ।

गाउँपालिकामा राजमोको नेतृत्वको गठवन्धन विजयी भएको हो ।

त्यसैगरि ऐरावति गाउँपालिकामा उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद श्रेष्ठ ४ हजार ६४७ मतसहित विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार टिका बहादुर गुरुङले १ हजार ७२१ मत पाउनुभएको छ भने एमालेका कमला कुमारी ज्ञवालीले १ हजार ५४७ मत पाउनुएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार