कपिलवस्तु विजय नगर गाउँपालिकामा पुनर्मतदानको सम्भावना

कपिलवस्तु । कपिलवस्तुको विजय नगर गाउँपालिकामा मतगणनाको दौरानमा वार्ड नम्बर २ को मतगणनाको क्रममा १३२ मतपत्र गायब भएको पाइएको छ । मतदानमा परेको मतको अनुपातमा मतपेटिका भित्र १३२ मतपत्र कम भएको हुँदा मतगणना कार्य अवरोध आएको थियो ।

अवरोध हटाउन जिल्ला निर्वाचन अधिकृत (प्रजिअ), सहायक प्रजिअ र जिल्ला न्यायाधीश मतगणना स्थल पुगि अवरोध हटाउने प्रयास असफल भए पछि समाधान खोज्न जिल्ला निर्वाचन अधिकृत (प्रजिअ), सहायक प्रजिअ र जिल्ला न्यायाधीशको उपस्थितिमा सर्वदलिय बैठक आयोजना गरियो । बैठकमा सहभागी दलहरुले स्थानीय निर्वाचन अधिकृत एवं कर्मचारीको मिलोमतोमा व्यापक धाधली भएको र जनताको मताधिकारसँग खेलवाड गरेको हुँदा कानुनी कार्यवाहीको गर्नुका साथै पुरै गाउँपालिकामा पुनर्मतदानको माग गरेकाछ्न ।

बैठकमा सामेल एमाले भने पुनर्मतादानको विरोध गरेको छ । बैठकमा विजयनगर गाउँपालिकाको निर्वाचनमा सहभागी राजनैतिक दलहरुको सहभागी थियो । गाउँपालिका निर्वाचनमा नेकपा (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा (माओवादी केन्द्र) जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), राप्रपा, बहुजन शक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, नेकपा (विप्लव पक्ष), जनमत पार्टी, जनता प्रगतिशील पार्टीको उम्मेदवारी छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार